नेभिगेशन
समाज

जेनजी आन्दोलनका घाइते भन्छन्ः घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

काठमाडौँ । गत २३ भदौमा जेन–जी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमा थिइन्। माइतीघरबाट सुरु भएको प्रदर्शन कोटेश्वरसम्म आउला, प्रदर्शन भड्किएला र त्यसको घानमा आफू परिएला भन्ने उनको मनमा थोरै पनि आशंका थिएन। तर, भइदियो त्यस्तै।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ। एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उनी हेर्न बाहिर निस्किइन्। हेर्दाहेर्दै प्रदर्शन चर्किंदै गयो। कताकताबाट आएको पेट्रोलसहितको आगो उनको शरीरमा सल्कियो। उनलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्‍याइयो। त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज ९केएमसी० लगियो। त्यसयता उनी त्यही अस्पतालमा उपचाररत छिन्।

Ncell
Extreme Energy

केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नं २४४ मा उपचाररत गीता को शरीरको १८ प्रतिशत भाग जलेको छ। कम्मरमुनि र दायाँ हातमा बढी असर छ।

अस्पतालको शय्यामा सुतिरहनुपर्दा उनमा पीडा थपिएको छ। घाउ चहर्‍याउँदा उनी घरीघरी चिच्याउँछिन्।

सबैभन्दा नरमाइलो त उनलाई दशैंमा भएको थियो। अस्पतालको बेडमै रहँदा दशैंको रौनक आयो, गयो। तिहारअघि त डिस्चार्ज हुन्छु कि भन्ने थियो। तर उनलाई चिकित्सकले निगरानीमै राखेको छ।

‘बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ। सबैमा उत्साह र रौनक छ, तर म दशैंतिहार नै अस्पतालको शय्यामा बिताउन बाध्य भएँ,” उनी भन्छिन्।

यस्तो बेला उनलाई विगतका दशैं र तिहारको झझल्को नआउने होइन। हरेक वर्ष उनी तिहारमा घर–पसल सजाउँछिन्। तिहारले बेग्लै खुसीयाली दिन्थ्यो। यसपालि भने उनको घर सजिएन।

‘मनमा उत्साह नै नभएपछि घर सजाउनुको के अर्थ भयो र,’ निराश हुँदै उनले भनिन्, ‘डेढ महिना पुग्न लागिसक्यो। अस्तपालको बेडमै बस्दाबस्दा म थाकिसकेकी छु।’

उनी अस्पतालमा भएपछि छोरा राहुलले पसल रेखदेख गरिरहेका छन्। ‘छोरा विदेश जाने तयारीमा थियो। म नै अस्पताल भर्ना भएपछि अब उसको के हुने हो टुङ्गो छैन,’ उनले सुनाइन्।

केएमसीकै हाई केयर युनिटमा छन्, काभ्रेका २७ वर्षीय कमल घिमिरे। उनका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँछन्। आमाबुबालाई सघाउँदै आएका कमल सदाझैं २३ भदौमा दूध पुर्‍याउन बानेश्वर गएका थिए।

घर फर्किने बेलासम्म काठमाडौंको अवस्था असामान्य बनिसकेको थियो। बानेश्वर क्षेत्र तनावग्रस्त थियो। पानीको फोहरा, अश्रुग्यास मात्र होइन गोलीसमेत चल्न थालिसकेको थियो। उनी यो माहोल हेर्न बानेश्वरमा एकछिन के रोकिएका थिए, छातीमा गोली लाग्यो।

काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा ठूलो असर पुर्‍याएको छ। केही समय त कमलको बोली नै ननिस्किने भएको थियो अहिले भने बोल्न थालेका छन्।

‘सरकारले स्वास्थ्य उपचार निस्शुल्क गरे पनि औषधी र खानाको पैसा तिर्नुपरिरहेको छ। जसका कारण परिवारलाई खर्च धान्न गाह्रो भइसकेको छ,’ कुरुवा बस्दै आएका काका प्राणनाथले भने, ‘छातीको दायाँ भागमा ठूलो घाउ छ। डाक्टरले पुरिन निकै समय लाग्छ भनेका छन्।’

गोली लागेपछि शारीरिक पीडा त छँदै छ, तर यहीबीच आइपरेका महत्वपूर्ण चाडपर्व कमलले खुब ‘मिस’ गरेका छन्। ‘दशैंमा त मैले नै जसोतसो टीका लगाइदिएँ,’ काका प्राणनाथ भन्छन्, ‘यो तिहार भने उसको खल्लो हुने भो। अस्पतालमा भाइटीका गर्न सजिलो छैन।’ कमलकी एक बहिनी छिन्।

पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले घाउ कहिले निको हुने टुङ्गो नहुँदा दिक्दार कमलका काकाले भने, ‘यत्रा चाडबाड आए, म पनि अस्पतालमै बस्नुपर्ने बाध्यता आइलाग्यो। तिहारमै पनि अस्पतालकै बास भयो। डाक्टरले छोरो निको भयो, अब घर जानु भनेका दिन कति खुसी लाग्ने थियो।’

चाडबाडका बीच अस्पतालको बेडमै रहनुपर्दा घाइतेलाई घरपरिवार आफन्तको यादले बढी सताएको छ।

जेन–जी आन्दोलनका घाइतेहरू काठमाडौंका अरु अस्पतालमा पनि छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जना, त्रिवि शिक्षण अस्पतालमा तीन जना, बी एन्ड बी अस्पतालमा १ जना र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना गरी देशभर ११ जना घाइते उपचाररत छन्। आन्दोनलमा घाइते भई उपचारका लागि दुई हजार पाँच सय ७१ जना अस्पताल पुगेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोरसहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाडी र यात्रुको खोजी गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका...
बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

बैतडीमा बस दुर्घटनाः घाइतेको सङ्ख्या २० पुग्यो

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले...
दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर...
कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

कर्णालीमा गाडी खसेको २४ घण्टामा पनि पत्ता लागेन यात्रु संख्या, प्रशासन दिन्छ फरक फरक विवरण

सुर्खेत बसपार्कबाट गाडी छुटेपछि बांगेसिमलस्थित प्रहरी चेकपोष्ट छ, त्यसलगत्तै बड्डीचौर आइपुग्छ । त्यहाँपनि सुरक्षा जाँच हुन्छ । त्यसपछि डुंगेश्वरमा अर्को चेकपोष्ट छ, त्यहाँ पनि सुरक्षा जाँछ हुन्छ । ...