नेभिगेशन
मुख्य समाचार

उज्यालो पर्वमा अँध्यारो: विपिनको शव घरमा

कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बिहीन छन्। दिउँसैदेखि उनीहरु मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन। तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन्। भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन।

Bipin-Joshi_NPL_PCT-(5)-1761015976.JPG

भीमदत्त—३, कञ्जनपुरस्थित एउटा एकतले घरमा दिउँसैदेखि मान्छे आउने जाने मात्र गरिरहेछन्। ती कोही भैली खेल्न आएका होइनन्। वातावरण पूरै सन्नाटा छ।
हो, चौधरीमार्ग—६० स्थित यो घरको व्यथा फरक छ। वरपरका धेरै घरहरुभन्दा भिन्न। फ्लाई दुबई युएईको सरकारले सञ्चालन गरेको वायुसेवा कम्पनी हो। यसले काठमाडौंका लागि दैनिक ८ वटा उडान गर्छ। सधैँ झैँ सोमबार लक्ष्मीपूजाको दिन पनि फ्लाई दुबईको फ्लाइट नम्बर ५३९ काठमाडौं अवतरण गर्‍यो। दिउँसो २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइटले धेरै नेपाली स्वदेश फर्कायो। जहाजले ल्याएकामध्ये एक जना थिए— विपिन जोशी। तर होइन। उनको कथा फरक छ।

CG

Bipin-Joshi_NPL_PCT-(14)-1761015981.JPG

फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५३९ काठमाडौं अवतरण गर्दा भिमदत्त—३ स्थित जोशी परिवारमा पीडा अझ थपियो। त्यो उडानले विपिन जोशीको शव स्वदेश फर्काएको थियो। 
नेपाली सेनाको स्काइ ट्रकले साँझ ६:१० बजे शवलाई काठमाडौंदेखि धनगढी विमानस्थल ल्याइपुर्‍यायो। त्यहाँदेखि महेन्द्रनगरसम्मको दूरी सवारी साधनलाई एक घण्टाको हो। सेनाले समन्वय गरेको शव सोमबार राति ७:५० म भीमदत्त—३ स्थित घरैमा पुग्दा त्यहाँको अवस्था दर्दनाक देखियो।
आफ्नै आर्शीवाद शिरोपर गरेर इजरायल गएको छोरा कफिनमा फर्किंदा आमा पदमाको भक्कानो फुट्यो। उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्। डाकोछोडेर रुँदारुँदा उनी अर्धचेत भइन्। उनलाई पानी छम्किएर शान्त गराउनु परेको थियो।
छोराको शव आफ्नै आँगनमा आइपुग्दा बुवा महानान्द भक्कानिए। बहिनी पुष्पा भावविह्ल बनिन्। भीमदत्त नगरपालिका—३ स्थित बिचपुरी मल्किार्जुन टोलमा सन्नटाटा छायो।Bipin-Joshi_NPL_PCT-(18)-1761015986.JPG

विपिनको अन्त्येष्टि आज मंगलबार महाकाली नदीको घाटमा हुदैछ। सन् २०२३ मा कृषिविज्ञान अध्ययनका लागि इजरायल गएका उनी हमासको आक्रमणमा घाइते भएका थिए। किब्बुज, आलुमिमा भएको आक्रमण पछि अपहरणमा परेका उनको मृत्यु भइसकेको भनेर इजरायल सरकारले सन् २०२५ अक्टोबर १५ मा पुष्टि गरेको थियो।

Bipin-Joshi_NPL_PCT-(21)-1761015987.JPG

Bipin-Joshi_NPL_PCT-(15)-1761015984.JPG

Bipin-Joshi_NPL_PCT-(10)-1761015979.JPG

Bipin-Joshi_NPL_PCT-(8)-1761015978.JPG

Bipin-Joshi_NPL_PCT-(7)-1761015976.JPG

Bipin-Joshi_NPL_PCT-(11)-1761015981.JPG

Bipin-Joshi_NPL_PCT-(14)-1761015981.JPG

शब्द/तस्वीर: प्रकाश चन्द्र तिमिल्सेना, कंचनपुर 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आइतबार महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि काठमाडौँमा प्रदर्शन गरेका हुन ।
वनस्थलीमा जारी रास्वपाको केन्द्रीय समिति बैठक(तस्बिरहरु)

वनस्थलीमा जारी रास्वपाको केन्द्रीय समिति बैठक(तस्बिरहरु)

आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयलमा केहिबेर पहिले बैठक सुरुभएको हो । आइतबारको बैठकमा आगामी निर्वाचन र पार्टी समायोजनका विषयमा बैठक केन्द्रीत भएको जनाइएको छ ।
रास्वपा बैठक बस्दैः घण्टी घरमा सागर ढकालदेखि सुधन गुरुङसम्म(तस्बिरहरु)

रास्वपा बैठक बस्दैः घण्टी घरमा सागर ढकालदेखि सुधन गुरुङसम्म(तस्बिरहरु)

बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरु घण्टी घर वनस्थली पुग्ने क्रम चलिरहेको छ । सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन् ।
यस्तो देखियो निर्माणाधिन भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

यस्तो देखियो निर्माणाधिन भरतपुरस्थित गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

आयोजनाका इन्जिनियर सन्तोष आचार्यका अनुसार अहिले पिलर र प्यारापिटको काम भइरहेको छ । आगामी चैतसम्म स्ट्रक्चर निर्माणको काम सक्ने लक्ष्य रहेको छ । त्यसपछि फिनिसिङ र ग्राउण्डको काम...