नेभिगेशन
समाज

उज्यालो पर्वमा अँध्यारो: विपिनको शव घरमा

कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बिहीन छन्। दिउँसैदेखि उनीहरु मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन। तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन्। भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Bipin-Joshi_NPL_PCT-(5)-1761015976.JPG

भीमदत्त—३, कञ्जनपुरस्थित एउटा एकतले घरमा दिउँसैदेखि मान्छे आउने जाने मात्र गरिरहेछन्। ती कोही भैली खेल्न आएका होइनन्। वातावरण पूरै सन्नाटा छ।
हो, चौधरीमार्ग—६० स्थित यो घरको व्यथा फरक छ। वरपरका धेरै घरहरुभन्दा भिन्न। फ्लाई दुबई युएईको सरकारले सञ्चालन गरेको वायुसेवा कम्पनी हो। यसले काठमाडौंका लागि दैनिक ८ वटा उडान गर्छ। सधैँ झैँ सोमबार लक्ष्मीपूजाको दिन पनि फ्लाई दुबईको फ्लाइट नम्बर ५३९ काठमाडौं अवतरण गर्‍यो। दिउँसो २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइटले धेरै नेपाली स्वदेश फर्कायो। जहाजले ल्याएकामध्ये एक जना थिए— विपिन जोशी। तर होइन। उनको कथा फरक छ।

Ncell
Extreme Energy

Bipin-Joshi_NPL_PCT-(14)-1761015981.JPG

फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५३९ काठमाडौं अवतरण गर्दा भिमदत्त—३ स्थित जोशी परिवारमा पीडा अझ थपियो। त्यो उडानले विपिन जोशीको शव स्वदेश फर्काएको थियो। 
नेपाली सेनाको स्काइ ट्रकले साँझ ६:१० बजे शवलाई काठमाडौंदेखि धनगढी विमानस्थल ल्याइपुर्‍यायो। त्यहाँदेखि महेन्द्रनगरसम्मको दूरी सवारी साधनलाई एक घण्टाको हो। सेनाले समन्वय गरेको शव सोमबार राति ७:५० म भीमदत्त—३ स्थित घरैमा पुग्दा त्यहाँको अवस्था दर्दनाक देखियो।
आफ्नै आर्शीवाद शिरोपर गरेर इजरायल गएको छोरा कफिनमा फर्किंदा आमा पदमाको भक्कानो फुट्यो। उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्। डाकोछोडेर रुँदारुँदा उनी अर्धचेत भइन्। उनलाई पानी छम्किएर शान्त गराउनु परेको थियो।
छोराको शव आफ्नै आँगनमा आइपुग्दा बुवा महानान्द भक्कानिए। बहिनी पुष्पा भावविह्ल बनिन्। भीमदत्त नगरपालिका—३ स्थित बिचपुरी मल्किार्जुन टोलमा सन्नटाटा छायो।Bipin-Joshi_NPL_PCT-(18)-1761015986.JPG

विपिनको अन्त्येष्टि आज मंगलबार महाकाली नदीको घाटमा हुदैछ। सन् २०२३ मा कृषिविज्ञान अध्ययनका लागि इजरायल गएका उनी हमासको आक्रमणमा घाइते भएका थिए। किब्बुज, आलुमिमा भएको आक्रमण पछि अपहरणमा परेका उनको मृत्यु भइसकेको भनेर इजरायल सरकारले सन् २०२५ अक्टोबर १५ मा पुष्टि गरेको थियो।

Bipin-Joshi_NPL_PCT-(21)-1761015987.JPG

Bipin-Joshi_NPL_PCT-(15)-1761015984.JPG

Bipin-Joshi_NPL_PCT-(10)-1761015979.JPG

Bipin-Joshi_NPL_PCT-(8)-1761015978.JPG

Bipin-Joshi_NPL_PCT-(7)-1761015976.JPG

Bipin-Joshi_NPL_PCT-(11)-1761015981.JPG

Bipin-Joshi_NPL_PCT-(14)-1761015981.JPG

शब्द/तस्वीर: प्रकाश चन्द्र तिमिल्सेना, कंचनपुर 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।