नेभिगेशन
मुख्य समाचार

विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप पाँच दिनको समय दिएको छ । 

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले समितिमा विधेयकमाथि यसअघि भएका सहमतिलाई कुनै असर नपर्ने गरि शिक्षकहरुसंग छलफल गरि टुङ्गोमा पुराउन सरकारलाई पाँच दिनको समय दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले विधेयकमा रहेका बिषयमा सहमति जुटाएर समितिमा जानकारी शिक्षामन्त्रीलाई पाँच दिनको समय दिनुभयो । शिक्षा मन्त्री रघुजी पन्तले भने समय नतोक्न आग्रह गरेका थिए । तर अनिश्चितकालसम्म बैठक स्थगीत गर्दा विधेयक अघि बढ्न नसक्ने देखिएकाले अन्तिम पटकका लागि पाँच दिनको समय दिएको सभापति थापाले बताए । 

CG

बैठकमा शिक्षामन्त्री पन्तले विधेयकमाथिको केहि बुँदामा शिक्षकहरुसंग छलफल गर्नुपर्ने भएकाले केहिदिनको समय माग गरे । उनले विधेयकमाथि सबैको सहमति भए राम्रो हुने भएकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गरे । 

त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले विद्यालय शिक्षा विधेयकमाथि छलफल गरेर सहमतिको वातावरण बनाउने बताए । उनले अब केहिदिनको समय लिएर विधेयक अघि बढाउन आग्रह गरे । 

समिति सदस्यहरुले सरकारका कारण विधेयक रोकिएको भन्दै आपत्ति जनाएका थिए । माओवादी सांसद रेखा शर्माले समितिमा सहमति भइसकेको बिषयमा फेरि अनावश्यक विवाद गर्न आवश्यक नरहेको बताइन् । उनले शिक्षा समितिमा कांग्रेस वा अन्य कुनै दलको ह्वीप नमान्ने धारणा राखेपछि कांग्रेस प्रमुख सचेतक घिमिरले आपत्ति जनाइन् । घिमिरेले आफ्नो अपमान भएको भन्दै बैठकबाट हिड्न खोजेपछि सभापति अम्बर बहादुर थापाले रोक्नुभएको थियो । 

त्यस्तै बैठकमा एमाले सांसद विद्या भट्टराईले शिक्षकहरुलाई सबैले सम्मान गर्नुपर्ने र सेवा सुविधाका बारेमा ऐनले बोल्नुपर्ने भएपनि अडान कायम गर्नु उचित नहुने बताइन् । 

त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले विधेयकमाथि पहुँचवाला शिक्षकहरुले राजनीति गर्न नहुने धारणा राखिन् । 

विधेयकका सन्दर्भमा शिक्षा मन्त्रालय र शिक्षकहरुबीच कुरा मिल्न नसक्दा समितिमा सवै बिषयमा सहमति जुट्दा समेत विधेयक अघि बढ्न सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै