नेभिगेशन
मुख्य समाचार

नरेन्द्रको परिवारलाई अन्याय हुन दिन्नँ: नगर प्रमुख श्रेष्ठ

उदयपुर । विद्यालयमै काम गर्दा दृष्टिविहीन भएका नरेन्द्र धमलाको परिवारलाई अन्याय हुन नदिने कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताएका छन् । केही दिन अघि मात्र सिधाकुरा डटकमले विद्यालयमै काम गर्दा दृष्टिविहीन भएपछि नरेन्द्रले रोजगारी गुमाएर परिवार नै अलपत्र परेको समाचार प्रकाशन गरेको थियो ।

घटनापछि परिवार पाल्ने जागिर खोसिएको बारे सिधाकुरामा समाचार प्रकाशित भएसँगै कटारीकै पूर्व उपप्रमुख भीमकुमारी राउतसहितको टोलीले कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ समक्ष मानवीय समवेदनालाई ध्यानमा राख्दै धमलाको परिवार लाई रोजगारी दिने वातावरण बनाउन अनुरोध गरेको थियो । उक्त अनुरोधपश्चात् नगरप्रमुख श्रेष्ठले धमलाको परिवारको रोजीरोटीको व्यवस्थापन गर्ने प्रतिबद्धता दिलाएका थिए । उनले भने, ‘धमलाको परिवारलाई दर्दनाक पीडा छ । यसमा नगरपालिकाले गर्ने सक्ने जति सहयोग गर्ने छ ।’

CG

कटारी नगरपालिका–२ कल्याणपुरका ४२ वर्षीय नरेन्द्र धमला स्थानीय स्तरमै रहेको माध्यमिक विद्यालय कल्याणपुरमा कार्यालय सहयोगी थिए । १९ वर्ष विद्यालयको कार्यालय सहयोगी बनेर सेवा गरेका धमलाको विद्यालयकै भवनमा पानी लगाउँदा पाइपले लागेर आँखाको ज्योति गुमेको थियो । आँखा गुमेपछि धमलाको जीवन अहिले अँध्यारोमय बनेको छ । 

धमलाको आँखाको ज्योति गुमेपछि उनले गर्दै आएको कार्यालय सहयोगीको काम उनकै श्रीमती मनीषा अधिकारीले सम्हाल्दै आएकी थिइन् । तर, विद्यालयमा ई हाजिरी राख्ने व्यवस्था सुरु भएपछि उनलाई समेत जागिरबाटै निकालेर नयाँ नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ । जसले धमलाको परिवार चल्ने रोजीरोटी गुमेको छ । 

धमलाको उपचारमा मासिक ३ देखि ४ हजार खर्च हुने गरेको परिवारले जनाएको छ । उक्त दुखद: अवस्थामा धमला परिवारलाई व्यक्तिगत र संस्थागत जसरी भए पनि सहयोग गर्ने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
जेनजी शहिद परिवारसँगकाे भेटघाटमा भक्कानिए रवि!

जेनजी शहिद परिवारसँगकाे भेटघाटमा भक्कानिए रवि!

काठमाडौंकाे बबरमहलस्थित सहिद परिवार कल्याण संस्थाकाे कार्यालय पुगेका थिए । सहिद परिवारले आफ्नो वेदना सुनाउन सुरु गरेलगत्तै रवि भक्कानिएका थिए । उनले आफूले भिरेकाे राताे मफ्लरले आँखा पुछेर...
निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल

“घोषणा भइसकेको निर्वाचन नै अहिलेको सहज विकल्प हो । जनता  निर्वाचनका लागि तयार भइरहेका छन्”संयोजक दाहालले भने, “निर्वाचन बिथोल्ने वा निर्वाचनको प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको...
रास्वपाद्वारा सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारसँग छलफल

रास्वपाद्वारा सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारसँग छलफल

रास्वपाका नेता एवं उम्मेदवार छनोट समितिका संयोजक विराजभक्त श्रेष्ठले आगामी निर्वाचनका लागि रास्वपाबाट योग्य उम्मेदवार छनोट गर्न सम्भावित व्यक्तिसँग छलफल  गरिएको जानकारी दिनुभयो ।  छनोट भएका उम्मेदवारलाई पार्टीको...
काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

काठमाडौँ आइपुगे रवि, विमानस्थलमा पञ्चेबाजासहित पुगे समर्थक

त्यहाँ शनिबार बिहान आयोजित स्वागत सभामा सहभागी भएका उनी काठमाडौँ फर्किएका हुन् । उनलाई स्वागत गर्न विमानस्थलमा पञ्चेबाजासहित नेता कार्यकर्ता र समर्थकहरू पुगेका थिए ।