नेभिगेशन
समाज

नरेन्द्रको परिवारलाई अन्याय हुन दिन्नँ: नगर प्रमुख श्रेष्ठ

उदयपुर । विद्यालयमै काम गर्दा दृष्टिविहीन भएका नरेन्द्र धमलाको परिवारलाई अन्याय हुन नदिने कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताएका छन् । केही दिन अघि मात्र सिधाकुरा डटकमले विद्यालयमै काम गर्दा दृष्टिविहीन भएपछि नरेन्द्रले रोजगारी गुमाएर परिवार नै अलपत्र परेको समाचार प्रकाशन गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनापछि परिवार पाल्ने जागिर खोसिएको बारे सिधाकुरामा समाचार प्रकाशित भएसँगै कटारीकै पूर्व उपप्रमुख भीमकुमारी राउतसहितको टोलीले कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ समक्ष मानवीय समवेदनालाई ध्यानमा राख्दै धमलाको परिवार लाई रोजगारी दिने वातावरण बनाउन अनुरोध गरेको थियो । उक्त अनुरोधपश्चात् नगरप्रमुख श्रेष्ठले धमलाको परिवारको रोजीरोटीको व्यवस्थापन गर्ने प्रतिबद्धता दिलाएका थिए । उनले भने, ‘धमलाको परिवारलाई दर्दनाक पीडा छ । यसमा नगरपालिकाले गर्ने सक्ने जति सहयोग गर्ने छ ।’

Ncell
Extreme Energy

कटारी नगरपालिका–२ कल्याणपुरका ४२ वर्षीय नरेन्द्र धमला स्थानीय स्तरमै रहेको माध्यमिक विद्यालय कल्याणपुरमा कार्यालय सहयोगी थिए । १९ वर्ष विद्यालयको कार्यालय सहयोगी बनेर सेवा गरेका धमलाको विद्यालयकै भवनमा पानी लगाउँदा पाइपले लागेर आँखाको ज्योति गुमेको थियो । आँखा गुमेपछि धमलाको जीवन अहिले अँध्यारोमय बनेको छ । 

धमलाको आँखाको ज्योति गुमेपछि उनले गर्दै आएको कार्यालय सहयोगीको काम उनकै श्रीमती मनीषा अधिकारीले सम्हाल्दै आएकी थिइन् । तर, विद्यालयमा ई हाजिरी राख्ने व्यवस्था सुरु भएपछि उनलाई समेत जागिरबाटै निकालेर नयाँ नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ । जसले धमलाको परिवार चल्ने रोजीरोटी गुमेको छ । 

धमलाको उपचारमा मासिक ३ देखि ४ हजार खर्च हुने गरेको परिवारले जनाएको छ । उक्त दुखद: अवस्थामा धमला परिवारलाई व्यक्तिगत र संस्थागत जसरी भए पनि सहयोग गर्ने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।