नेभिगेशन
मुख्य समाचार

जन्मदिनमा पूर्वराजाको सन्देश, ‘यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो’

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार आफ्नो ७९औँ जन्मदिनको अवसरमा निर्मल निवास पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् । 

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले बर्खाको समय भएका कारण संयम अपनाउन र सुरक्षित रहन नागरिकलाई अपिल गरेका छन् । उनले भने, ‘अहिलेको समय वर्षाको समय हो । बर्खाको समयमा बाढी पहिरो डुबान सबै हुन्छ । पानीजन्य बिमारीहरू पनि हुन्छन् । त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहनुस् र विचार गरेर बस्नुस् भन्ने मेरो आग्रह छ ।’

CG

पूर्वराजा शाहले अहिलेको समय नेपाल  र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए । त्यस्तै उनले नेपालमा जन्मिएर मात्रै नेपाली नहुने र नेपाली हामीभित्रै भए मात्रै नेपाली भइने उनको धारणा छ । ‘आज जो जहाँबाट आउनुभएको छ उहाँहरू सबैलाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो।’, उनले थपे, ‘हेर्नुहोस् हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपाली हामीभित्र हुनुपर्छ अनि हामी नेपाली हुन्छौँ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै