नेभिगेशन
मुख्य समाचार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेवित्तिकै दुबै दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्नका लागि २ मिनेटको समय दिएका थिए । झाले यो सरकार अझै कति गिर्छ भनेर हेर्न बाँकी रहेको भन्दै सरकार नढलोस् भनेर कामना गरे । सो क्रममा उनले भिजिट भिसा प्रकरणमा आफूहरुको आन्दोलन जारी रहेको बताए । त्यस्तै उनले कुलिङ पिरियडमा कांग्रेसको नेतृत्वमा छानबिन समिति बन्ने विषयमा आपत्ति जनाए ।  

CG

‘जुन दलसँग सम्बन्धित नेतामा औँला उठेको थियो, त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने कुरा एक वर्ष अघि चलेको थियो यो सदनमा । तर आज त्यो अभ्यास बिर्सदै हुनुहुन्छ ।’ झा ले भने, ‘जुन व्यक्तिमाथि औँला उठेको छ, त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर हप्तौँसम्म तपाईँहरुले बिभिन्न किसिमको प्रपञ्च गर्नुभएको थियो । आज त्यो पनि बिर्सनुभएछ ।’ 

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपक बहादुर सिंहलाई बोल्ने समय दिए । सिंहले अन्य प्रकरणका छानबिन गर्न बनेको संसदीय छानबिन समितिजस्तै भिजिट भिसा प्रकरणमा पनि समिति बन्नुपर्ने माग राखे ।

उनले भने, ‘सहकारी ठगी प्रकरणको पनि संसदीय छानबिन समिति बन्यो। निजामती विधेयकको जुन पिरियड काण्डको पनि संसदीय छानबिन समिति बन्न गइरहेको छ। आज ४१ दिनभन्दा बढी भइसकेको छ सदन अवरुद्ध भएको । यसरी जबरजस्ती दुई तिहाइको दम्बबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । सबैभन्दा ठूलो काण्ड भिजिट भिसामा तलदेखि माथिसम्मका, प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीहरू मुसिएका छन् । त्यसको दुर्गन्ध आइरहेको छ । संसारभरि नेपालीहरूको बदनामी भइरहेको यत्रो जल्दो बल्दो भिजिट भिसामा किन छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुभएन ’

त्यस्तै उनले उक्त प्रकरणमा छानबिन गर्नका लागि संसदीय छानबिन बन्नुपर्ने र नबनेसम्म आफूहरुले संसद बहिस्कारलाई निरन्तरता दिने बताए । 

त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरी सदनबाट बाहिर निस्किएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै