नेभिगेशन
समाज

रास्वपा र राप्रपाद्वारा आज पनि संसद बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेवित्तिकै दुबै दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरुले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै निरन्तर सदनमा विरोध गरिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद मनिष झालाई बोल्नका लागि २ मिनेटको समय दिएका थिए । झाले यो सरकार अझै कति गिर्छ भनेर हेर्न बाँकी रहेको भन्दै सरकार नढलोस् भनेर कामना गरे । सो क्रममा उनले भिजिट भिसा प्रकरणमा आफूहरुको आन्दोलन जारी रहेको बताए । त्यस्तै उनले कुलिङ पिरियडमा कांग्रेसको नेतृत्वमा छानबिन समिति बन्ने विषयमा आपत्ति जनाए ।  

Ncell
Extreme Energy

‘जुन दलसँग सम्बन्धित नेतामा औँला उठेको थियो, त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने कुरा एक वर्ष अघि चलेको थियो यो सदनमा । तर आज त्यो अभ्यास बिर्सदै हुनुहुन्छ ।’ झा ले भने, ‘जुन व्यक्तिमाथि औँला उठेको छ, त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर हप्तौँसम्म तपाईँहरुले बिभिन्न किसिमको प्रपञ्च गर्नुभएको थियो । आज त्यो पनि बिर्सनुभएछ ।’ 

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपक बहादुर सिंहलाई बोल्ने समय दिए । सिंहले अन्य प्रकरणका छानबिन गर्न बनेको संसदीय छानबिन समितिजस्तै भिजिट भिसा प्रकरणमा पनि समिति बन्नुपर्ने माग राखे ।

उनले भने, ‘सहकारी ठगी प्रकरणको पनि संसदीय छानबिन समिति बन्यो। निजामती विधेयकको जुन पिरियड काण्डको पनि संसदीय छानबिन समिति बन्न गइरहेको छ। आज ४१ दिनभन्दा बढी भइसकेको छ सदन अवरुद्ध भएको । यसरी जबरजस्ती दुई तिहाइको दम्बबाट सदन चलाउनु भएन भन्ने राप्रपाको माग छ । सबैभन्दा ठूलो काण्ड भिजिट भिसामा तलदेखि माथिसम्मका, प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीहरू मुसिएका छन् । त्यसको दुर्गन्ध आइरहेको छ । संसारभरि नेपालीहरूको बदनामी भइरहेको यत्रो जल्दो बल्दो भिजिट भिसामा किन छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुभएन ’

त्यस्तै उनले उक्त प्रकरणमा छानबिन गर्नका लागि संसदीय छानबिन बन्नुपर्ने र नबनेसम्म आफूहरुले संसद बहिस्कारलाई निरन्तरता दिने बताए । 

त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले बैठक बहिष्कार गरी सदनबाट बाहिर निस्किएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...