नेभिगेशन
मुख्य समाचार

कुलिङ पिरियड प्रकरणको छानबिन गर्न गठन भयो विशेष संसदीय समिति, को को छन् सदस्य ?

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधान हेरफेर भएको प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन भएको छ । राज्य व्यवस्था समितिमा भएको सहमतिभन्दा फरक प्रतिवेदन संसदमा बुझाएको र प्रतिनिधिसभाबाट सोही पारित भएको प्रकरणमा छानबिन गर्न विशेष संसदीय समिति गठन भएको हो । 

सभामुख देवराज घिमिरेको प्रस्तावमा सोमबार प्रतिनिधि सभाबाट समिति गठनको निर्णय सर्वसम्मतिले पारित भएको हो। समितिलाई २१ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न समय दिइएको छ।

CG

‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ नाम दिइएको समितिमा नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन्।

यसअघि राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भएको विधेयकमा अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक वा कूटनीतिक पदमा नियुक्ति नदिने ‘कुलिङ पिरियड’को प्रावधान थियो। तर, प्रतिनिधि सभाबाट पारित हुँदै गर्दा उक्त व्यवस्था खुकुलो बनाइँदै ‘बाहेक’ शब्द समावेश गरेको पाइएको थियो । सो विषयमा चौतर्फी आलोचना भएपछि छानबिनको माग उठेको हो।

विशेष समितिले विधेयक हेरफेरमा संलग्न पक्ष पहिचान गरी कारबाही सिफारिस गर्नुका साथै यस्ता घटना दोहोरिन नदिनका लागि सुझाव दिन कार्यादेश पाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै