नेभिगेशन
समाज

रास्वपाले चलाएको हस्ताक्षर अभियान रोक्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले रास्वपाले चलाउँदै आएको हस्ताक्षर अभियान रोक्न माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद सूर्य थापाले यस्तो माग गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानलाई उनले नाटकीय अभियान भएको बताए । उनले रास्वपाले हस्ताक्षर अभियान चलाएर राजनीति गरेको आरोप लगाए । 

Ncell
Extreme Energy

त्यस्तै उनले १५ पेज लामो रवि लामिछानेको अपिललाई अपिल नभएर याचना भएको बताए । ‘प्रतिशोध भन्दै अहिले हस्ताक्षर जुन भईरहेको छ, त्यो खासमा राजनीतिको हो, राजनीतिक प्रोपोगान्डा हो, प्रचार हो र आफ्नो रोटी सेक्ने उपकरण हो’ थापाले भने । 

उनले सर्वोच्च अदालतबाट जुन आदेश भएको छ, त्यो हस्ताक्षरले बदल्न नसक्ने बताए । उनले अदालतले हस्ताक्षर हेरेर नभई तथ्य प्रमाण, बहस पैरवी हरेर फैसला गर्ने दावी गरे । ‘यो खुलेआम राजनीति हो । जिल्ला, उच्च र सर्वोच्च अदालतले सुनुवाई गरेका आदेश कसरी राजनीतिक प्रतिशोध हुन्छन् ?’ 

उनले रास्वापाले यसरी हस्ताक्षर अभियान चलाउन नपाउने समेत दावी गरे । ‘सर्वोच्चको आदेशको बर्खिलाप हुनेगरी भईरहेका क्रियाकलाप यसरी गर्न मिल्छ कि मिल्दैन ? मलाई लाग्छ यो किमार्थ मिल्दैन । शक्ति पृथकीकरणको संवैधानिक व्यवस्था विपरितको यस्तो कार्यले न्यायलयको गरिमामा समेत प्रश्न सिर्जना गर्ने काम गरेको छ । म यस्तो कार्य अविलम्ब रोक्न ध्यानाकर्षण गर्न चाहन्छु ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

यी हुन रास्वपा केन्द्रीय समितिका ११ निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले ११ वटा निर्णय गरेको छ ।
मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मन्त्रीसँगको छलफलपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन

मंगलबार दिउँसो प्रदर्शनको नेतृत्व गरेका सहकारी पीडितहरुलाई मन्त्री रावलले मन्त्रालयमै भेट गरेकी थिइन् । मन्त्री रावलले आफूले काम गर्दा गर्दै उनीहरुले अनावश्यक दवाव दिनु उचित नभएको बताएकी थिइन्...
विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

विधानबारे प्रश्न उठाएपछि रवि लामिछानेको जबाफ– अर्को पाँच वर्ष पनि त्याग गर्न तयार छु

महाधिवेशनबाट पारित भएभन्दा भिन्न विधान छापिएको र संसदीय दल नेतालाई सभापतिले निर्देशन दिने प्रस्ताव राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गणेश कार्की र डा तोसिमा कार्कीले प्रश्न...
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...