नेभिगेशन
मुख्य समाचार

रास्वपाले चलाएको हस्ताक्षर अभियान रोक्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले रास्वपाले चलाउँदै आएको हस्ताक्षर अभियान रोक्न माग गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद सूर्य थापाले यस्तो माग गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानलाई उनले नाटकीय अभियान भएको बताए । उनले रास्वपाले हस्ताक्षर अभियान चलाएर राजनीति गरेको आरोप लगाए । 

त्यस्तै उनले १५ पेज लामो रवि लामिछानेको अपिललाई अपिल नभएर याचना भएको बताए । ‘प्रतिशोध भन्दै अहिले हस्ताक्षर जुन भईरहेको छ, त्यो खासमा राजनीतिको हो, राजनीतिक प्रोपोगान्डा हो, प्रचार हो र आफ्नो रोटी सेक्ने उपकरण हो’ थापाले भने । 

उनले सर्वोच्च अदालतबाट जुन आदेश भएको छ, त्यो हस्ताक्षरले बदल्न नसक्ने बताए । उनले अदालतले हस्ताक्षर हेरेर नभई तथ्य प्रमाण, बहस पैरवी हरेर फैसला गर्ने दावी गरे । ‘यो खुलेआम राजनीति हो । जिल्ला, उच्च र सर्वोच्च अदालतले सुनुवाई गरेका आदेश कसरी राजनीतिक प्रतिशोध हुन्छन् ?’ 

उनले रास्वापाले यसरी हस्ताक्षर अभियान चलाउन नपाउने समेत दावी गरे । ‘सर्वोच्चको आदेशको बर्खिलाप हुनेगरी भईरहेका क्रियाकलाप यसरी गर्न मिल्छ कि मिल्दैन ? मलाई लाग्छ यो किमार्थ मिल्दैन । शक्ति पृथकीकरणको संवैधानिक व्यवस्था विपरितको यस्तो कार्यले न्यायलयको गरिमामा समेत प्रश्न सिर्जना गर्ने काम गरेको छ । म यस्तो कार्य अविलम्ब रोक्न ध्यानाकर्षण गर्न चाहन्छु ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै