नेभिगेशन
समाज

प्रधानमन्त्रीसँग स्पेन गएकाहरु फर्किएनन् भन्ने छ, छानबिन होस्ः रास्वपा

रास्वपाले गर्याे आज पनि बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका नेपालीमध्ये केही नफर्किएको भन्ने समाचारमाथि आफूहरुको ध्यानाकर्षण भएको बताएको छ । मंगलबार प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद सोबिता गौतमले भिजिट भिसामा नेपालीहरु बेच्ने प्रवृत्ति फरकफरक रहेको बताउँदै प्रधानमन्त्रीको भ्रमणमाथि प्रश्न उठाएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफूहरुले कोही व्यक्ति विशेष आरोप लगाएको नभई सो विषय गम्भीर रहेको बताउँदै त्यसमाथि पनि छानबिन हुनुपर्ने आशय व्यक्त गरिन् । ‘यो कार्य त्रिभुवन विमानस्थलभित्र मात्रै होइन सभामुख महोदय, विभिन्न कार्यक्रमको बहानामा नेपालीहरूलाई लोभ प्रलोभनमा पारी लैजाने गिरोहसँग पनि जोडिएको विषय हो।’उनले भनिन्, ‘स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यमा सहभागी हुने बहाना गरेर नफर्किएको भन्ने लगायतका समाचारहरू पनि आइरहेका छन्। सभामुख महोदय, यो व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय अत्यन्तै गम्भीर विषय हो।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूहरुले भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर संसदमा आवाज उठाउँदा सरकार भने टालटुले समिति बनाएर पन्छिने गरेको बताइन् । ‘सरकारले नेपाली जनताको जिउधन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि जोडिएको यस्तो गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै, आफूभन्दा कनिष्ठ कर्मचारीहरू सम्मिलित एउटा सामान्य टालटुले प्रशासनिक समिति बनाएको विषयमा हाम्रो खेद छ, हाम्रो आपत्ति छ, र हामी यस कार्यको विरोध गर्दछौं ।’, गौतमले भनिन् । 

त्यस्तै उनले नागरिक बेच्नु, कसैको गलत कार्यका कारणले देशको छवि घट्नु सामान्य विषय नभएका कारण उक्त प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनुन्जेलसम्म आफूहरु संसद बहिस्कार गरिरहने बताइन् । उनले भनिन्, ‘हाम्रो माग हिजो पनि र आज पनि एउटै छ। नागरिक बेच्नु, कसैको गलत कार्यका कारणले देशको छवि खट्नु सामान्य विषय होइन। उच्चस्तरीय छानबिन समिति अनिवार्य बन्नुपर्छ। हाम्रो माग सम्बोधन गर्ने चौडा छाती सरकारसँग रहेनछ सभामुख महोदय । यसकारणले हामी विरोधस्वरूप आज पनि यो संसद बहिष्कार गर्दछौं।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ठमेलमा अश्लील हर्कत गर्दै हिड्ने ९ जना विदेशी नागरिक पक्राउ

ठमेलमा अश्लील हर्कत गर्दै हिड्ने ९ जना विदेशी नागरिक पक्राउ

प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
रवि लामिछानेले भने:‘चाँडै प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिनुहुन्छ ’

रवि लामिछानेले भने:‘चाँडै प्रधानमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिनुहुन्छ ’

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन्।
बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री डा.वाग्ले मागे पूर्व ८ अर्थमन्त्रीसँग सुझाव

बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री डा.वाग्ले मागे पूर्व ८ अर्थमन्त्रीसँग सुझाव

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.वाग्लेले ८ जना पूर्व अर्थमन्त्रीहरुसँग नयाँ बजेटका सन्र्दभमा सुझाव लिएका हुन्।