नेभिगेशन
मुख्य समाचार

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, ‘जीबी राईसँग सरकारले कति अर्बमा डिल गर्यो ?’

‘प्रतिपक्षमा हुँदा पक्रिन्छु भन्ने गृहमन्त्री कुन दुलोमा लुक्नुभयो ?’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगीमा फरार जीबी राईँसँग सरकारले डिल गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै शाहीले प्रतिपक्षमा हुँदा राईँलाई पक्रिन्छु भन्ने गृहमन्त्री कुन दुलोमा पस्नुभयो भन्ने प्रश्न गरेका छ्न् । 

झन्डै ७३ लाख ८१ हजार सर्वसाधारणको पैसा ठगी गर्ने व्यक्तिलाई सरकारले संरक्षण गरेको उनको आरोप छ । उनले भने ‘यो जीबी राई चाहिँ कहाँ छन् हो आजभोलि ? जीबी राई कहाँ छन् ? आज झन्डै ७३ लाख ८१ हजार सर्वसाधारणको पैसा ठगी भएको छ सहकारीमा। जीबी राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो ?, यो खोज्ने कार्य जारी गर्नुपर्यो। हिजो प्रतिपक्षमा हुँदाखेरि त जीबी राई पक्रिएर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ ?’

CG

त्यस्तै उनले नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के छ भन्दै जीबी राईलाई सरकारले लुकाएर राखेको उनले बताए । ‘जीबी राई चाहियो यहाँ ! कहाँ लुकाएर राख्नुभएको छ जीबी राईलाई ? यसरी देश र जनताको पैसा खाने ? कहाँ छन्, कुन ठाउँ छन्, कता छन् ? नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानूनी आधार छन् ?’, शाहीले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै