नेभिगेशन
समाज

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, ‘जीबी राईसँग सरकारले कति अर्बमा डिल गर्यो ?’

‘प्रतिपक्षमा हुँदा पक्रिन्छु भन्ने गृहमन्त्री कुन दुलोमा लुक्नुभयो ?’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी ठगीमा फरार जीबी राईँसँग सरकारले डिल गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै शाहीले प्रतिपक्षमा हुँदा राईँलाई पक्रिन्छु भन्ने गृहमन्त्री कुन दुलोमा पस्नुभयो भन्ने प्रश्न गरेका छ्न् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झन्डै ७३ लाख ८१ हजार सर्वसाधारणको पैसा ठगी गर्ने व्यक्तिलाई सरकारले संरक्षण गरेको उनको आरोप छ । उनले भने ‘यो जीबी राई चाहिँ कहाँ छन् हो आजभोलि ? जीबी राई कहाँ छन् ? आज झन्डै ७३ लाख ८१ हजार सर्वसाधारणको पैसा ठगी भएको छ सहकारीमा। जीबी राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो ?, यो खोज्ने कार्य जारी गर्नुपर्यो। हिजो प्रतिपक्षमा हुँदाखेरि त जीबी राई पक्रिएर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ ?’

Ncell
Extreme Energy

त्यस्तै उनले नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के छ भन्दै जीबी राईलाई सरकारले लुकाएर राखेको उनले बताए । ‘जीबी राई चाहियो यहाँ ! कहाँ लुकाएर राख्नुभएको छ जीबी राईलाई ? यसरी देश र जनताको पैसा खाने ? कहाँ छन्, कुन ठाउँ छन्, कता छन् ? नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानूनी आधार छन् ?’, शाहीले प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...
रास्वपाले बनायो सचिवालय, कोको परे?

रास्वपाले बनायो सचिवालय, कोको परे?

सचिवालयमा पार्टी सभापतिसहित ७ जना छन् । जसमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी छन् ।
सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

आज दिनभर नयाँ झडपका कुनै पनि गतिविधि नभए पनि जिल्लाको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । सुरक्षा व्यवस्था कडा पारिएसँगै झुम्का, महेन्द्रचोक, इनरुवा र लौही लगायतका प्रमुख...
प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

मुख्य विषय विपक्षीले जारी राखेको विरोध थियो । ‘विपक्षीले निरन्तर अवरोध गरिरहेका छन्, यसमा तपाईंको योजना के छ ? भनेर सोधेँ’ सभामुख अर्यालले भने । सभामुखको यो प्रश्नमा...