नेभिगेशन
समाज

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर–६ स्थित नेकपा एमाले, जिल्ला पार्टी कार्यालयको भवनका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आव २०८१/८२ मा विनियोजित ३० लाख रुपैयाँ रकम निकासा नहुँदा विवाद चुलिएको छ । विनियोजित भएको घरजग्गा नेकपा एमाले सिन्धुलीको नाममा मालपोत कार्यालय सिन्धुलीमा कित्ता नम्बर–३४२ मा १ कट्ठा ३ पाई २०६५ चैत्र २७ गते दर्ता कायम भएको देखिन्छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Malpot-1751979467.jpg
 

Ncell
Extreme Energy

शहीद ऋषि देवकोटा आजादको नाममा कमलामाई नगरपालिका वडा नम्बर–९, भिमानमा आजाद स्मृति प्रतिष्ठान रहेको छ । तर कमलामाई नगरपालिका–६ मा पार्टी कार्यालयमा आजाद स्मृति भवन उल्लेख गरिएको बोर्ड राखिएको भए पनि यो नाममा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता अनुमति केही नदेखिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन् । 

तत्कालीन जिल्ला अध्यक्ष प्रदीप कटुवालको कार्यकालमा भवन निर्माण, मर्मत लगायतका कार्य गर्न लिजमा दिएको दाबी गरिएको भए पनि प्रतिष्ठानको आधिकारिक खातामा रकम नआई पार्टी पदाधिकारी रहेको उपभोक्ता समूहको नाममा रकम आउने गरेको सिधाकुरासँग प्रतिष्ठानका अध्यक्ष रमेश देवकोटाले बताएका छन् । आजाद स्मृति भवनका लागि पार्टीका वर्तमान जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ नै उपभोक्ता समितिका अध्यक्ष पनि रहेका छन् ।  

रकम निकासा रोकिएको सन्दर्भमा पार्टीले आजाद स्मृति भवनका नाममा लिजमा दिएको र यस अघि पनि पटक पटक रकम विनियोजन भएकाले यसको निरन्तरता हुनु पर्ने पार्टीका तत्कालीन जिल्ला अध्यक्ष प्रदीप कटुवालको बताएका छन् । भवनको नाममा यस अघि पनि विभिन्न सरकारी निकायबाट रकम निकासा हुँदै आएको थियो । 

Rangrokan-aghiko-bhawan-1751979497.jpg
रङरोगन अघिको कनपा–६ स्थित पार्टी कार्यालय भवन
Party-Karyalaya-1751979523.jpg
 आजाद स्मृति भवन दाबी गरिएको कनपा–६ स्थित पार्टी कार्यालय भवन

भवन निर्माण, मर्मत, रङ रोगनका लागि यस अघि पनि बजेट विनियोजन भए पनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था कतै दर्ता अनुमति नदेखिएपछि रकम निकासा रोकिएको सहरी विकास तथा भवन कार्यालय, सिन्धुलीका प्रमुख दुर्गाप्रसाद घिमिरेले बताएका छन् । 
Karyala-1751979556.jpg

कार्यालय प्रमुख घिमिरेका अनुसार कमलामाई नगरपालिकाले गत असार २० गते भोग चलन, स्वामित्व समेत पार्टीकै नाममा रहेको प्रमाणित गरेपछि रकम निकासा रोक्नुपरेको उनको दाबी छ । 

Sahari-bikas-karyala-1751979617.jpg

आन्तरिक रूपमा गरिएको कागजातकै आधारमा रकम निकासा गर्दा पार्टीको नाममा निकासा भएको देखिने, नगरपालिकाको वडा नम्बर–६ स्थित पार्टी कार्यालयमा रहेको आजाद स्मृति भवन नामको संस्था कुनै पनि सरकारी निकायमा दर्ता कायम नदेखिएपछि रकम निकासा गर्न कठिनाइ भएको उनको भनाई छ । 

Nagar-karyalaya-1751979654.jpg
यस विषयमा भौतिक पूर्वाधार विकास मन्त्रालयका भवन महाशाखा प्रमुख भुपेन्द्रकुमार यादवले दलकै नाममा दर्ता, भोग चलन भएको अवस्थामा रकम निकासा गर्न नमिल्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

चोटमा मानिसले भगवानलाई त सराप्छ भने, यो सरकार के हो ? रास्वपा के हो ?– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा आफन्त गुमाएका तथा बेपत्ता भएका नागरिकले राज्यप्रति आक्रोश पोख्नु स्वाभाविक भएको बताएका छन्।
रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

रुँदै गरेका नागरिकलाई होच्याउने कुनै अन्धसमर्थक रास्वपालाई चाहिँदैन– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकलाई होच्याउने, सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका...
संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

संसदमा सभापति रवि लामिछानेले के भने ? (पूर्ण पाठ)

यति ठूलो संकट र ठूलो क्षति बेहोर्दा पनि प्रभावित क्षेत्रका नागरिकहरूले एकअर्काको हात समातेर, एकअर्कालाई सम्हालेर उभिनुभयो । आफैं रोइरहेको मानिसले छिमेकीको आँसु पुछ्यो, आफ्नै परिवार गुमाएको मानिसले...
यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

यो पटक पनि यही भग्नावशेषबाट हामी फेरि उठ्नेछौँ र सबै पीडित र प्रभावितका आँसु पुछ्नेछौँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालले जलवायु संकट र त्यसबाट भइरहेको क्षतिबारे विश्व समुदायलाई तथ्यसहित बुझाउन प्रभावकारी जलवायु कूटनीति अघि बढाउनुपर्ने बताएका छन्।

भर्खरै