नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीको स्पेन भ्रमणमाथिको विवादबारे सोबिताको कटाक्ष, ‘नेपाली भाषा बुझाइको समस्या मेरो हैन, जसको हो उसैले उपचार गरोस्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूले मंगलबार संसदमा उठाएको प्रधानमन्त्रीको स्पेन भ्रमणबारेको विषयमा प्रष्टीकरण दिएकी छिन् । गौतमले आफूले प्रधानमन्त्री गएको कार्यक्रममा केही मानिसहरू कार्यक्रमको बाहाना बनाएर गएर नफर्किएको बताएको तर त्यसलाई अपव्याख्या गरिएको बताएकी छिन् । 

उनले आफूले दिएको अभिव्यक्तिलाई लिएर सांसदहरुले बतासे, केटाकेटी लगायत शब्दावली प्रयोग गरेको र सो अवस्था उनीहरुको नेपाली भाषाको बुझाईमा कमजोरी भएका कारण आएको बताइन् । उनले भनिन्, ‘हिजो मैले संसदमा राखेको विषयवस्तु हटाउन माग भएको रहेछ, हामी गइसकेपछि थाहा भयो। प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएको रहेछ। केही माननीय ज्यूहरूले बतासे, केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ। सभामुख महोदय, रास्वपा जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएको कारण, म केही कुरा, आफ्ना कुरा, सम्माननीय सभामुख महोदयमार्फत, सबैको जानकारीको लागि र स्पष्टताको लागि, पुनः एक पटक राख्न चाहन्छु। सभामुख महोदय, मैले कतै पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्केनन् भनेको छैन। राम्रोसँग कान खोलेर सुन्नुहोस्। मैले हिजो बोलेको वाक्य पुनः दोहोर्याउन चाहन्छु । स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बाहाना बनाएर, सहभागी हुने बाहानामा गएर नफर्किएको भन्ने लगायतका समाचारहरू आइरहेका छन्। मैले भनेको वाक्य यति नै हो, सभामुख महोदय। प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्केनन् भन्नु र, प्रधानमन्त्रीसँग गएर फर्केनन् भन्नुमा निकै अन्तर छ। मेरो भनाइ रेकर्डबाट किन हटाउने, सभामुख महोदय ? सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्ने त होइन होला नि, सभामुख महोदय। मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने, त्यो मेरो समस्या होइन, जसको समस्या हो, उसैको उपचार गरियोस्, सम्माननीय सभामुख महोदयमार्फत निवेदन गर्न चाहन्छु।’

CG

त्यस्तै उनले आफूले बोलेको कुराको आफैँले जिम्मेवारी लिने र नेपालबाट सयौँ मानिस सहभागी हुन गएको र केही नफर्किएको पनि साँचो रहेको बताइन् । उनले भनिन्, ‘मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु। यो सत्य हो, प्रधानमन्त्री ज्यूको आधिकारिक प्रतिनिधि मण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो, तर यो पनि सत्य हो कि, प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौँ नेपाली कार्यक्रमको बाहाना मा गएर फर्किएका छैनन् र उतै बसेका छन्। प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै ठुलो कार्यक्रम हो। दशौँ हजार मानिसहरू सहभागी हुने कार्यक्रम हो, सयौँ एनजिओहरूको साइड इभेन्ट्सहरू पनि हुन्छन्। नेपालबाट सयौँ मानिस सहभागी हुन गएको पनि साँचो हो, केही नफर्किएको पनि साँचो हो...।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै