नेभिगेशन
समाज

प्रधानमन्त्रीको स्पेन भ्रमणमाथिको विवादबारे सोबिताको कटाक्ष, ‘नेपाली भाषा बुझाइको समस्या मेरो हैन, जसको हो उसैले उपचार गरोस्’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूले मंगलबार संसदमा उठाएको प्रधानमन्त्रीको स्पेन भ्रमणबारेको विषयमा प्रष्टीकरण दिएकी छिन् । गौतमले आफूले प्रधानमन्त्री गएको कार्यक्रममा केही मानिसहरू कार्यक्रमको बाहाना बनाएर गएर नफर्किएको बताएको तर त्यसलाई अपव्याख्या गरिएको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफूले दिएको अभिव्यक्तिलाई लिएर सांसदहरुले बतासे, केटाकेटी लगायत शब्दावली प्रयोग गरेको र सो अवस्था उनीहरुको नेपाली भाषाको बुझाईमा कमजोरी भएका कारण आएको बताइन् । उनले भनिन्, ‘हिजो मैले संसदमा राखेको विषयवस्तु हटाउन माग भएको रहेछ, हामी गइसकेपछि थाहा भयो। प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएको रहेछ। केही माननीय ज्यूहरूले बतासे, केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ। सभामुख महोदय, रास्वपा जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएको कारण, म केही कुरा, आफ्ना कुरा, सम्माननीय सभामुख महोदयमार्फत, सबैको जानकारीको लागि र स्पष्टताको लागि, पुनः एक पटक राख्न चाहन्छु। सभामुख महोदय, मैले कतै पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्केनन् भनेको छैन। राम्रोसँग कान खोलेर सुन्नुहोस्। मैले हिजो बोलेको वाक्य पुनः दोहोर्याउन चाहन्छु । स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बाहाना बनाएर, सहभागी हुने बाहानामा गएर नफर्किएको भन्ने लगायतका समाचारहरू आइरहेका छन्। मैले भनेको वाक्य यति नै हो, सभामुख महोदय। प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्केनन् भन्नु र, प्रधानमन्त्रीसँग गएर फर्केनन् भन्नुमा निकै अन्तर छ। मेरो भनाइ रेकर्डबाट किन हटाउने, सभामुख महोदय ? सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्ने त होइन होला नि, सभामुख महोदय। मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने, त्यो मेरो समस्या होइन, जसको समस्या हो, उसैको उपचार गरियोस्, सम्माननीय सभामुख महोदयमार्फत निवेदन गर्न चाहन्छु।’

Ncell
Extreme Energy

त्यस्तै उनले आफूले बोलेको कुराको आफैँले जिम्मेवारी लिने र नेपालबाट सयौँ मानिस सहभागी हुन गएको र केही नफर्किएको पनि साँचो रहेको बताइन् । उनले भनिन्, ‘मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु। यो सत्य हो, प्रधानमन्त्री ज्यूको आधिकारिक प्रतिनिधि मण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो, तर यो पनि सत्य हो कि, प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौँ नेपाली कार्यक्रमको बाहाना मा गएर फर्किएका छैनन् र उतै बसेका छन्। प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै ठुलो कार्यक्रम हो। दशौँ हजार मानिसहरू सहभागी हुने कार्यक्रम हो, सयौँ एनजिओहरूको साइड इभेन्ट्सहरू पनि हुन्छन्। नेपालबाट सयौँ मानिस सहभागी हुन गएको पनि साँचो हो, केही नफर्किएको पनि साँचो हो...।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै