नेभिगेशन
समाज

सोबितालाई एमाले सांसद बरालको चुनौती, ‘भाषाको र परिभाषाको ज्ञान सिकाउन तयार छौैँ, हेक्का पुर्याएर बोल्नुहोला’

प्रधानमन्त्रीको स्पेन भ्रमणले देशको गौरव बढाएको दाबी

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई प्रधानमन्त्री स्पेन भ्रमणबारे उठाएको विषयलाई लिएर चुनौती दिएकी छिन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले गौतमलाई आफूहरु भाषाको ज्ञान र परिभाषाको ज्ञान सिकाउन तयार रहेको र हेक्का पुर्याएर बोल्न चुनौती दिएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबारको बैठकमा रास्वपा सांसद गौतमले आफूले प्रधानमन्त्रीको भ्रमणबारे गरेको टिप्पणीलाई अपव्याख्या गर्नु नेपाली भाषाको कमजोरी भएको कटाक्ष गरेकी थिइन् । सो भनाईलाई प्रतिवाद गर्दै सांसद बरालले आफूहरु गौतमलाई भाषा र परिभाषा सिकाउन सक्षम रहेको बताएकी हुन् । ‘यो संसद हल्ला फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने, र आफू बाहिरिने, कुनै कुरा धैर्यतापूर्वक सुन्न पनि नसक्ने ठाउँ होइन। फेरि पनि म दोहोर्‍याएर भन्न चाहन्छुः तथ्यको आधारमा कुरा गरौं। देशको प्रधानमन्त्री दल विशेषसँग मात्र होइन, राष्ट्रको एउटा कार्यकारी प्रमुखका हैसियतले गएको हुन्छ। र, पटकपटक टिप्पणी गर्नुभएका माननीय ज्यूलाई प्रश्न गर्न चाहन्छु। भाषाको ज्ञान र परिभाषाको ज्ञान तपाईँलाई सिकाउन पर्‍यो भने हामी तयार छौं, तर बोल्दाखेरि हेक्का पुर्‍याएर बोल्नका लागि चुनौती पनि दिन चाहन्छु।’, बरालले भनिन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले प्रधानमन्त्रीको स्पेन भ्रमणले राष्ट्रको गौरव बढाएका कारण अरुलाई छटपटी भएको टिप्पणी गरेकी छिन् । सिंगो नेपाली जनताले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई गौरवले हेरिरहेको उनको दाबी छ । उनले भनिन्, ‘देशको राष्ट्रप्रमुखले एउटा कार्यक्रममा गएर राष्ट्रको गौरव बढाएर आइरहँदा उहाँहरूलाई किन यो छटपटी भयो ? म प्रश्न गर्न चाहन्छु। तपाईँहरूको राष्ट्र प्रेम हामीले पटकपटक घटनाक्रम र तथ्य तथ्याङ्कबाट देखिसकेका छौं । तर नेकपा एमाले मात्र होइन, हाम्रो संसदीय दल मात्र होइन, सिंगो नेपाली जनताले राष्ट्रप्रतिको यो गौरवलाई, राष्ट्रप्रतिको गौरवसँग जोडिएको प्रधानमन्त्रीज्यूको भ्रमणबाट भएका उपलब्धिहरूलाई गौरवपूर्ण क्षणका रूपमा स्थापित गरिरहँदा यति धेरै छटपटी यो सदनमा आएर किन भएको हो? यो प्रश्नको जवाफ सम्माननीय सभामुखमार्फत म यो सदनमा माग्न चाहन्छु, र आगामी दिनमा यस्ता गल्तीहरू नघटाउनका लागि चुनौती पनि दिन चाहन्छु।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै