नेभिगेशन
मुख्य समाचार

सोबितालाई एमाले सांसद बरालको चुनौती, ‘भाषाको र परिभाषाको ज्ञान सिकाउन तयार छौैँ, हेक्का पुर्याएर बोल्नुहोला’

प्रधानमन्त्रीको स्पेन भ्रमणले देशको गौरव बढाएको दाबी

काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई प्रधानमन्त्री स्पेन भ्रमणबारे उठाएको विषयलाई लिएर चुनौती दिएकी छिन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले गौतमलाई आफूहरु भाषाको ज्ञान र परिभाषाको ज्ञान सिकाउन तयार रहेको र हेक्का पुर्याएर बोल्न चुनौती दिएकी हुन् । 

बुधबारको बैठकमा रास्वपा सांसद गौतमले आफूले प्रधानमन्त्रीको भ्रमणबारे गरेको टिप्पणीलाई अपव्याख्या गर्नु नेपाली भाषाको कमजोरी भएको कटाक्ष गरेकी थिइन् । सो भनाईलाई प्रतिवाद गर्दै सांसद बरालले आफूहरु गौतमलाई भाषा र परिभाषा सिकाउन सक्षम रहेको बताएकी हुन् । ‘यो संसद हल्ला फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने, र आफू बाहिरिने, कुनै कुरा धैर्यतापूर्वक सुन्न पनि नसक्ने ठाउँ होइन। फेरि पनि म दोहोर्‍याएर भन्न चाहन्छुः तथ्यको आधारमा कुरा गरौं। देशको प्रधानमन्त्री दल विशेषसँग मात्र होइन, राष्ट्रको एउटा कार्यकारी प्रमुखका हैसियतले गएको हुन्छ। र, पटकपटक टिप्पणी गर्नुभएका माननीय ज्यूलाई प्रश्न गर्न चाहन्छु। भाषाको ज्ञान र परिभाषाको ज्ञान तपाईँलाई सिकाउन पर्‍यो भने हामी तयार छौं, तर बोल्दाखेरि हेक्का पुर्‍याएर बोल्नका लागि चुनौती पनि दिन चाहन्छु।’, बरालले भनिन् । 

CG

त्यस्तै उनले प्रधानमन्त्रीको स्पेन भ्रमणले राष्ट्रको गौरव बढाएका कारण अरुलाई छटपटी भएको टिप्पणी गरेकी छिन् । सिंगो नेपाली जनताले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई गौरवले हेरिरहेको उनको दाबी छ । उनले भनिन्, ‘देशको राष्ट्रप्रमुखले एउटा कार्यक्रममा गएर राष्ट्रको गौरव बढाएर आइरहँदा उहाँहरूलाई किन यो छटपटी भयो ? म प्रश्न गर्न चाहन्छु। तपाईँहरूको राष्ट्र प्रेम हामीले पटकपटक घटनाक्रम र तथ्य तथ्याङ्कबाट देखिसकेका छौं । तर नेकपा एमाले मात्र होइन, हाम्रो संसदीय दल मात्र होइन, सिंगो नेपाली जनताले राष्ट्रप्रतिको यो गौरवलाई, राष्ट्रप्रतिको गौरवसँग जोडिएको प्रधानमन्त्रीज्यूको भ्रमणबाट भएका उपलब्धिहरूलाई गौरवपूर्ण क्षणका रूपमा स्थापित गरिरहँदा यति धेरै छटपटी यो सदनमा आएर किन भएको हो? यो प्रश्नको जवाफ सम्माननीय सभामुखमार्फत म यो सदनमा माग्न चाहन्छु, र आगामी दिनमा यस्ता गल्तीहरू नघटाउनका लागि चुनौती पनि दिन चाहन्छु।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै