नेभिगेशन
मुख्य समाचार

सांसद खतिवडाको प्रश्न : संसद भवनभित्र ड्रोन खस्दा किन जानकारी दिइएन?

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद भवन नजिकै ठूलो ड्रोन खसेको दाबी गर्दै सोबारे संसदलाई स्पष्ट जानकारी गराउन माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै खतिवडाले असार २३ गते राति ९ बजेदेखि ९ः३० बजेसम्म संसदको बायाँपट्टी ठूलो ड्रोन खसेको समाचार आएको बताए। उनले सो घटनाबारे आशंका व्यक्त गर्दै प्रश्न गरे, "कहाँबाट आएको थियो? केका लागि आएको थियो? संसदमा आएर खस्दासम्म थाहा पायो कि पाएन?"

CG

उनले यस्तो संवेदनशील विषयमा राज्य संयन्त्र मौन रहनु गम्भीर लापरबाही भएको भन्दै तत्काल संसदलाई जानकारी गराउन माग गरे। "अहिले विश्वमा आतंकवादी गतिविधि बढ्दो छ। यस्तो अवस्थामा संसद क्षेत्रभित्रै ड्रोन आइपुग्नु सामान्य कुरा होइन। के यो निगरानीको उद्देश्यले आएको हो? के सूचना संकलन भएको हो?," खतिवडाले प्रश्न उठाए।

उनले सुरक्षा संवेदनशीलता अत्यन्तै उच्च हुने क्षेत्रमै यस्तो घटना हुनु र त्यसबारे सांसदलाई नै जानकारी नहुनु दुःखद भएको बताए। खतिवडाले सरकारसँग माग गरे, “यस्तो गम्भीर विषयमा के भयो, कसरी भयो, संसदलाई यथाशीघ्र जानकारी दिइयोस्।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै