नेभिगेशन
समाज

सांसद खतिवडाको प्रश्न : संसद भवनभित्र ड्रोन खस्दा किन जानकारी दिइएन?

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद भवन नजिकै ठूलो ड्रोन खसेको दाबी गर्दै सोबारे संसदलाई स्पष्ट जानकारी गराउन माग गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै खतिवडाले असार २३ गते राति ९ बजेदेखि ९ः३० बजेसम्म संसदको बायाँपट्टी ठूलो ड्रोन खसेको समाचार आएको बताए। उनले सो घटनाबारे आशंका व्यक्त गर्दै प्रश्न गरे, "कहाँबाट आएको थियो? केका लागि आएको थियो? संसदमा आएर खस्दासम्म थाहा पायो कि पाएन?"

Ncell
Extreme Energy

उनले यस्तो संवेदनशील विषयमा राज्य संयन्त्र मौन रहनु गम्भीर लापरबाही भएको भन्दै तत्काल संसदलाई जानकारी गराउन माग गरे। "अहिले विश्वमा आतंकवादी गतिविधि बढ्दो छ। यस्तो अवस्थामा संसद क्षेत्रभित्रै ड्रोन आइपुग्नु सामान्य कुरा होइन। के यो निगरानीको उद्देश्यले आएको हो? के सूचना संकलन भएको हो?," खतिवडाले प्रश्न उठाए।

उनले सुरक्षा संवेदनशीलता अत्यन्तै उच्च हुने क्षेत्रमै यस्तो घटना हुनु र त्यसबारे सांसदलाई नै जानकारी नहुनु दुःखद भएको बताए। खतिवडाले सरकारसँग माग गरे, “यस्तो गम्भीर विषयमा के भयो, कसरी भयो, संसदलाई यथाशीघ्र जानकारी दिइयोस्।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै