नेभिगेशन
समाज

रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले रसुवागढी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्ना तीन महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै तामाङले उक्त घोषणा गरेका हुन्। उनले बाढीले ठूलो भौतिक र मानवीय क्षति पुर्‍याएको जनाउँदै पुनःनिर्माण, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले तलब जम्मा गर्न लागेको बताए।

Ncell
Extreme Energy

‘सरकारबाट पाउने तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउन प्रधानमन्त्री कार्यालयलाई पत्र पठाइसकेको छु,’ तामाङले समितिमा जानकारी गराउँदै भने, ‘यसले केही राहत पुर्‍याओस् भन्ने मेरो सानो प्रयास हो।’ 

पूर्व उर्जाराज्यमन्त्रीसमेत रहेका तामाङले रसुवागढीमा आएको बाढीलाई गम्भीररूपमा लिँदै प्रभावित क्षेत्रमा सरकारलाई तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा लाग्न आग्रह गरे।

मङ्गलवार बिहान आएको बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल, भन्सार कार्यालय, रसुवागढी जलविद्युत आयोजनालगायत संरचनामा ठूलो क्षति पुर्‍याएको छ। घटनामा चिनियाँ नागरिक र सुरक्षाकर्मीसमेत गरी करिब डेढ दर्जन मानिस बेपत्ता छन्।

सांसद तामाङले घटनाको प्रभावको मूल्याङ्कन गर्दै राहतका लागि थप स्रोत र संयन्त्र परिचालन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै