नेभिगेशन
मुख्य समाचार

रसुवा बाढी पीडितलाई तीन महिनाको तलब दिने सांसद पूर्णबहादुर तामाङको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले रसुवागढी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्ना तीन महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै तामाङले उक्त घोषणा गरेका हुन्। उनले बाढीले ठूलो भौतिक र मानवीय क्षति पुर्‍याएको जनाउँदै पुनःनिर्माण, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले तलब जम्मा गर्न लागेको बताए।

CG

‘सरकारबाट पाउने तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउन प्रधानमन्त्री कार्यालयलाई पत्र पठाइसकेको छु,’ तामाङले समितिमा जानकारी गराउँदै भने, ‘यसले केही राहत पुर्‍याओस् भन्ने मेरो सानो प्रयास हो।’ 

पूर्व उर्जाराज्यमन्त्रीसमेत रहेका तामाङले रसुवागढीमा आएको बाढीलाई गम्भीररूपमा लिँदै प्रभावित क्षेत्रमा सरकारलाई तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणमा लाग्न आग्रह गरे।

मङ्गलवार बिहान आएको बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल, भन्सार कार्यालय, रसुवागढी जलविद्युत आयोजनालगायत संरचनामा ठूलो क्षति पुर्‍याएको छ। घटनामा चिनियाँ नागरिक र सुरक्षाकर्मीसमेत गरी करिब डेढ दर्जन मानिस बेपत्ता छन्।

सांसद तामाङले घटनाको प्रभावको मूल्याङ्कन गर्दै राहतका लागि थप स्रोत र संयन्त्र परिचालन गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको विहार स्कुल एक्जामिनेशन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ...
पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र  सिडियो रिजालको स्थानहद फुकुवा

पूर्व गृह सचिव दुवाडी, आईजिपी खापुङ र सिडियो रिजालको स्थानहद फुकुवा

आयोगले एक विज्ञप्ति जारी गर्दै पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल र पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको स्थानहद फुकुवा गरिएको आयोगले जनाएको छ।
राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

राष्ट्रपतिको पहलमा पहिलो पटक प्रधानमन्त्री कार्कीसँगदेउवा, ओली र प्रचण्डको भेट

जसमा पहिलो पटक प्रधानमन्त्री कार्की पनि सहभागी भएकी छिन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीले अहिलेसम्म देउवा, ओली र प्रचण्डसँग भेट गरेकी थिइनन्। यस...

भर्खरै