नेभिगेशन
समाज

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

'हस्ताक्षर अभियानले अदालत प्रभावित हुँदैन'

काठमाडौँ । पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइएको बताए । बिहीबार रास्वपा केन्द्रीय कार्यालय घण्टी घरमा पुगेर लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर गरेका उनले लामिछाने र रास्वपालाई सिध्याउन प्रतिशोध साँधिएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हस्ताक्षरपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले रविमाथि चलेको मुद्दामै आफूले केही खेल देखेको बताए । उनले रविमाथि बद्नियपूर्ण मुद्दा चलाइएको आधार समेत बताए । ‘यसमा जुन किसिमले मुद्दा चल्यो नि, त्यसमा म केही खेल देख्छु।’, उनले भने, ‘जब सहकारीबाट ठगिएँ भनेर जाहेरी दिने मध्येहरूमा कतिपयले मेरो नाम त नक्कली तरिकाले हालिएको छ। मेरो त दरखास्त गएको होइन भनेर बोलिरहेका छन्। उनीहरूले त्यसो भनेपछि सरकार, अभियोजनकर्ताले वा प्रहरीले हामी चुकेका पो छौँ कि क्या हो भनेर सोच्नुपर्थ्यो । हामी चुकेको कारणले गर्दा कुनै निर्दोष मान्छेले मुद्दा खेपिरहेको त छैन भनेर सोच्नुपर्थ्यो । अहिलेको केसमा पुलिसले पुनर्संरचना वा ख्याल गर्नुपर्थ्यो। त्यो भएको पाइएन ।’

Ncell
Extreme Energy

balaram-kc-2-1752147704.jpg
त्यस्तै उनले रास्वपा अल्टरनेटिभ पार्टी भएका कारण भाग खोसिने डरले रास्वपा माथि प्रहार भइरहेको बताए । 

‘दुई वटाले मोनो पोली गरेर खाइरहेको ठाउँमा तेस्रो आयो भने भाग त खोसिने भयो। त्यस कारण गर्ने के त ? नआइज त भन्नुभएन। निर्वाचन आयोगलाई त्यसको पार्टी दर्ता बन्द गर्देऊ भन्न भएन । एउटा पोटेन्सियल, एउटा राइभल हुन्छ नि सम्भावित भाग खोस्ने, दमन गर्ने । सरकारको त्यो हुनसक्छ। प्रतिशोध अब यही होला भनिरहेको छु म।’

त्यस्तै सञ्चारकर्मीले उनलाई रास्वपाले चलाएको हस्ताक्षर अभियानले अदालत प्रभावित हुन्छ कि हुँदैन भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफमा पूर्व न्यायाधीश केसीले कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने र हुन नसक्ने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो भने त अदालतले कामै गर्न सक्दैनन् नि। भोलि एक ग्रुप, अर्को ग्रुपले कुनै अभियान चलायो भने पनि त्यसले अदालत प्रभावित हुँदैन । हुनु पनि हुँदैन ।’, केसीले भने । 

balaram-kc-1752147746.jpg
त्यस्तै उनले निर्दोष मान्छे १ मिनेट पनि जेल पर्न नहुने बताए । 

रास्वपाले असार ७ गतेबाट देशव्यापी रूपमा हस्ताक्षर अभियान चलाएको छ । रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, रवि लामिछाने विरुद्ध साँधिएको राजनीतिक प्रतिशोध र राज्यले उनीमाथि गरेको सङ्गठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पु¥याउन हस्ताक्षर अभियान चलाएको रास्वपाले जनाएको छ । 

सो अभियानमा देश विदेशबाट नागरिकहरूले उल्लासजनक सहभागी जनाएको रास्वपाले जनाएको छ । त्यस्तै उक्त अभियानमा विभिन्न दलका नेता, कलाकारहरू समेत सहभागी भएका छन् । उक्त अभियानमा आजै चर्चित अभिनेत्री मनीषा कोइरालाले पनि रविविरुद्ध राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै