नेभिगेशन
समाज

रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइयो : सर्वोच्चका पूर्व न्यायाधीश बलराम केसी

'हस्ताक्षर अभियानले अदालत प्रभावित हुँदैन'

काठमाडौँ । पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि बदनियतपूर्ण ढङ्गले मुद्दा चलाइएको बताए । बिहीबार रास्वपा केन्द्रीय कार्यालय घण्टी घरमा पुगेर लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर गरेका उनले लामिछाने र रास्वपालाई सिध्याउन प्रतिशोध साँधिएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हस्ताक्षरपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले रविमाथि चलेको मुद्दामै आफूले केही खेल देखेको बताए । उनले रविमाथि बद्नियपूर्ण मुद्दा चलाइएको आधार समेत बताए । ‘यसमा जुन किसिमले मुद्दा चल्यो नि, त्यसमा म केही खेल देख्छु।’, उनले भने, ‘जब सहकारीबाट ठगिएँ भनेर जाहेरी दिने मध्येहरूमा कतिपयले मेरो नाम त नक्कली तरिकाले हालिएको छ। मेरो त दरखास्त गएको होइन भनेर बोलिरहेका छन्। उनीहरूले त्यसो भनेपछि सरकार, अभियोजनकर्ताले वा प्रहरीले हामी चुकेका पो छौँ कि क्या हो भनेर सोच्नुपर्थ्यो । हामी चुकेको कारणले गर्दा कुनै निर्दोष मान्छेले मुद्दा खेपिरहेको त छैन भनेर सोच्नुपर्थ्यो । अहिलेको केसमा पुलिसले पुनर्संरचना वा ख्याल गर्नुपर्थ्यो। त्यो भएको पाइएन ।’

Ncell
Extreme Energy

balaram-kc-2-1752147704.jpg
त्यस्तै उनले रास्वपा अल्टरनेटिभ पार्टी भएका कारण भाग खोसिने डरले रास्वपा माथि प्रहार भइरहेको बताए । 

‘दुई वटाले मोनो पोली गरेर खाइरहेको ठाउँमा तेस्रो आयो भने भाग त खोसिने भयो। त्यस कारण गर्ने के त ? नआइज त भन्नुभएन। निर्वाचन आयोगलाई त्यसको पार्टी दर्ता बन्द गर्देऊ भन्न भएन । एउटा पोटेन्सियल, एउटा राइभल हुन्छ नि सम्भावित भाग खोस्ने, दमन गर्ने । सरकारको त्यो हुनसक्छ। प्रतिशोध अब यही होला भनिरहेको छु म।’

त्यस्तै सञ्चारकर्मीले उनलाई रास्वपाले चलाएको हस्ताक्षर अभियानले अदालत प्रभावित हुन्छ कि हुँदैन भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफमा पूर्व न्यायाधीश केसीले कुनै पनि समूहले चलाएको अभियानले अदालत प्रभावित नहुने र हुन नसक्ने बताए । ‘यो अभियानले न्यायालय प्रभावित हुँदैन। अदालतमा जे मुद्दा, कागज गएको छ नि, त्यतिमा सीमित रहन्छ। त्यसरी प्रभावित भयो भने त अदालतले कामै गर्न सक्दैनन् नि। भोलि एक ग्रुप, अर्को ग्रुपले कुनै अभियान चलायो भने पनि त्यसले अदालत प्रभावित हुँदैन । हुनु पनि हुँदैन ।’, केसीले भने । 

balaram-kc-1752147746.jpg
त्यस्तै उनले निर्दोष मान्छे १ मिनेट पनि जेल पर्न नहुने बताए । 

रास्वपाले असार ७ गतेबाट देशव्यापी रूपमा हस्ताक्षर अभियान चलाएको छ । रवि लामिछानेमाथि राज्यले गरेको नियोजित आक्रमणविरुद्ध देश–विदेशमा रहेका नेपाली नागरिकको ऐक्यबद्धता प्रदर्शन गर्न, रवि लामिछाने विरुद्ध साँधिएको राजनीतिक प्रतिशोध र राज्यले उनीमाथि गरेको सङ्गठित अपराधको तथ्यगत चिरफार गर्न, राजनीतिक पूर्वाग्रहका आधारमा गरिने अन्यायपूर्ण कारबाही, धरपकड वा चरित्रहत्याको सशक्त प्रतिवादका लागि जनमनोबल निर्माण गर्न र रवि लामिछानेविरुद्धको मुद्दा–मामिला नयाँ राजनीतिक शक्तिलाई निरुत्साहित गर्ने संस्थागत षड्यन्त्रको सुरुआत हो भन्ने सन्देश जनस्तरमा पु¥याउन हस्ताक्षर अभियान चलाएको रास्वपाले जनाएको छ । 

सो अभियानमा देश विदेशबाट नागरिकहरूले उल्लासजनक सहभागी जनाएको रास्वपाले जनाएको छ । त्यस्तै उक्त अभियानमा विभिन्न दलका नेता, कलाकारहरू समेत सहभागी भएका छन् । उक्त अभियानमा आजै चर्चित अभिनेत्री मनीषा कोइरालाले पनि रविविरुद्ध राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

आगाको सानै फिलिङ्गाले गावैँ सखाप बनाइ दिनसक्छ । चैत याममा त चुरोटको ठुटाले पनि सिंगै वन सखाप बनाइदिएको हामीले प्रशस्तै देखेका छौं । झगडाको चरित्र र स्वभाव पनि...
रास्वपाले बनायो सचिवालय, कोको परे?

रास्वपाले बनायो सचिवालय, कोको परे?

सचिवालयमा पार्टी सभापतिसहित ७ जना छन् । जसमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी छन् ।
सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

सुनसरीमा आज दिनभर केके भयो ? (तस्बिरहरू)

आज दिनभर नयाँ झडपका कुनै पनि गतिविधि नभए पनि जिल्लाको अवस्था पूर्ण रूपमा सामान्य भइसकेको छैन । सुरक्षा व्यवस्था कडा पारिएसँगै झुम्का, महेन्द्रचोक, इनरुवा र लौही लगायतका प्रमुख...
प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच एक घण्टा वार्तामा के भयो छलफल ?

मुख्य विषय विपक्षीले जारी राखेको विरोध थियो । ‘विपक्षीले निरन्तर अवरोध गरिरहेका छन्, यसमा तपाईंको योजना के छ ? भनेर सोधेँ’ सभामुख अर्यालले भने । सभामुखको यो प्रश्नमा...