नेभिगेशन
मुख्य समाचार

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो । 

शुक्रबार काठमाडौं प्लाजामा बसेको ४०औं कार्यपालिका बैठकमा मेयर बालेन शाहले नगरसभा तथा कार्यपालिका बैठकको समय तय गरेका हुन्। बैठकमा २४ वटा एजेण्डा भए पनि शाहले केवल नगरसभा सम्बन्धी एउटा एजेण्डा मात्र प्रस्तुत गरे।

CG

उक्त एजेण्डाअन्तर्गत असार २९ गते (आइतबार) दिउँसो २ बजेका लागि नगरसभा बोलाइएको छ। त्यसअघिको बिहान ९ बजे कार्यपालिका बैठक बस्नेछ। मेयर शाहले सभा मिति र समय घोषणा गरेलगत्तै बैठक सकिएको हो । 

यसअघि शुक्रबार नै बसेको राजश्व परामर्श समिति र बजेट सीमा निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०८२८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा तय गरेको छ। आगामी नगरसभामा यही बजेट सार्वजनिक गरिने महानगरले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो...
आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

आवश्यक भएकालाई तत्कालै राहदानी उपलब्ध गराइने

विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ ।
कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ ।
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...