नेभिगेशन
मुख्य समाचार

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका ९ मा दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।

लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं को बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । कपिलवस्तु र रुपन्देहीका अस्पतालमा उपचाररत घाइतेहरु मध्य तिन जनाको अवस्था गम्भिर रहेको छ भन अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

CG

गम्भीर अवस्थाका तिन जनालाई उपचारको लागि बुटवल रिफर गरिएको छ भने २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बुटवल रिफर गरिएकाहरूमा सल्यान बागचौर नगरपालिका वडा नंं १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान शारदा नगरपालिका वडा नं। १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ का ३५ वर्षीय श्रीधर अधिकारी रहेका छन्। उनीहरूलाई बिहान सवा ५ बजेतिर बुटवल रिफर गरिएको हो।

सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं। ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बु सोताङ गाउँपालिका वडा नं। ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान चिद्द कुमाउ गाउँपालिका वडा नं। २ बस्ने १९ वर्षीय अनिता चलाउने, दाङ घोराही उपमहानगरपालिका वडा नं। १८ बस्ने ५२ वर्षीय सचिला नेपाली, अर्घाखाँची सितगंगा नगरपालिका वडा नं। ८ बस्ने ६० वर्षीय टुक कुमारी श्रेष्ठ, सल्यान बागचौर नगरपालिका १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पा परिवर्तन गाउँपालिका वडा नं। ३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का रहेका छन्।

त्यस्तै अन्य घाइतेहरूमा दाङ राप्ती गाउँपालिका ४ बस्ने २८ वर्षीय रुपा चौधरी, रोल्पा गंगादेव गाउँपालिका वडा नं। ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वत मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यान छत्रेश्वरी गाउँपालिका १ बस्ने ४३ वर्षीय भीम बहादुर बि।क, सल्यान बागचौर नगरपालिका ४ बस्ने ४० वर्षीय इन्द्र बहादुर बि।क। दाङ तुलसीपुर उपमहानगरपालिका ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पा गंगा देव गाउँपालिका ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुरा आलीताल गाउँपालिका ४ का २२ वर्षीय विशाल बोहरा, दाङ दंगिशरण गाउँपालिका २ बस्ने २४ वर्षीय शर्मिला नेपाली, सल्यान छत्रेश्वरी गाउँपालिका ३ बस्ने ४२ वर्षीय रश्मि बोहरा र घोराही उपमहानगरपालिका ११ बस्ने ३९ वर्षीय वेद बहादुर वली रहेका छन्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...