नेभिगेशन
मुख्य समाचार

भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरको प्रकार पत्ता लगाउने उपकरण सञ्चालनमा

चितवन ।  चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ ।
 
यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
 
अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ । उनले भनिन्, “बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ । अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ ।”
 
यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायत समस्या थिए । अब भने छिटो, सटिक र वैज्ञानिक आधारमा रिपोर्ट प्राप्त गर्न सकिने भएको छ ।
 
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो, जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ । उनले भने, “यसले लक्षित थेरापी र सम्पूर्ण उपचार योजनामा वैज्ञानिकता र विश्वसनीयता थप्नेछ ।” यो सेवा सुरु भएपछि अब नेपालमै ‘टप टेन कमन क्यान्सर’ जस्तै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट र आन्द्राका क्यान्सरको सटिक परीक्षण सम्भव भएको छ ।
 
उनका अनुसार यो मेसिन क्यान्सरको प्रकार पत्ता लगाउन प्रयोग गरिन्छ । विशेषगरी टिस्यु (मासुको नमूना)मा कुन प्रोटिनहरू उपस्थित छन् भन्ने कुरा पत्ता लगाउन यसले सहयोग पुर्याउँछ । यो मेसिनले टिस्यु स्लाइडहरूमा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी) परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको हो भन्ने कुरा थाहा हुन्छ र यसले छिटो, सटिक र भरपर्दो नतिजा दिन्छ ।
 
क्यान्सरको केवल पुष्टि भएरमात्र पुग्दैन, कस्तो क्यान्सर हो भनेर थाहा पाएपछि मात्र कुन थेरापी दिने भनेर निर्णय गर्न सकिन्छ जस्तैः केमोथेरापी दिने कि रेडिएसन, कुन औषधि प्रयोग गर्ने, रोगको आक्रमकता कति हो भनेर जानकारी हुन्छ । अस्पताल आफैँले मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको डा पौडेलले जानकारी दिए ।
 
अस्पतालका उपनिर्देशक डा उमेश नेपालले यो प्रविधिले बिरामीलाई छिटो उपचार सुरु गर्न सहयोग पुग्ने र बिरामी र आफन्तको मानसिक र आर्थिक बोझ पनि कम हुने बताए । उनले भने, “यस किसिमको प्रविधिको थालनीले अस्पताललाई प्रविधिमैत्री राष्ट्रिय क्यान्सर उपचार केन्द्रका रूपमा सुदृढ बनाउनेछ ।”
 
अस्पतालले आगामी दिनमा थप यस्ता आधुनिक प्रविधि थप्दै क्यान्सर उपचार तथा अनुसन्धान सेवा अझ प्रभावकारी बनाउने योजना अघि सारेको निर्देशक डा पौडेलले बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

वाग्लेले पद पाउन वा हत्याउनका लागि उनले छेडखानी र राजनीतिक बेइमानी गरेनन् । वाग्ले नेता बन्ने रहर र लहडले राजनीतिमा आएका व्यक्ति होइनन् भन्ने उनको विगतले देखाउँछ ।...
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...