नेभिगेशन
समाज

३४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६१ अङ्कले बढेर दुई हजार ७९४ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ३० कम्पनीको चार करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर ९९ हजार ५०५ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब तीन करोड ४८ लाख ३९ हजार ८८० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह तीन दशमलव ८६ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ५९, वित्त शून्य दशमलव ७५, होटल तथा पर्यटन शून्य दशमलव ५९, जलविद्युत् एक दशमलव २८ र लगानी शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । 

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३९, लघुवित्त एक दशमलव ८५, म्युचुअल फण्ड एक दशमलव ५८, निर्जीवन बिमा एक दशमलव ८५ र अन्य समूह शून्य दशमलव ३३ प्रतिशतले बढेको छ ।

आजको कारोबारका एक सय ९३ कम्पनीको शेयर मूल्य बढ्दा ५५ वटाको घटेको छ । केबिएल डिबेञ्चर–२०९० र थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ८७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

बुधबार ३२१ कम्पनीका ८४ लाख चार हजार ६१६ कित्ता शेयर ६६ हजार ८२४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८४ करोड ८५ लाख ८६ हजार ४११ दशमलव ६७...
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

बुधबार नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर दुई हजार ६०७ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । बुधबार ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता...
नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

मंगलबार ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

आज ३३३ कम्पनीको एक करोड २१ लाख ८५ हजार ३८८ कित्ता शेयर ५४ हजार ८९२ पटक खरिदबिक्री हुँदा रु छ अर्ब पाँच करोड २२ लाख २६ हजार ९०३...