नेभिगेशन
समाज

केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणः विश्वविद्यालय प्रशासनको गम्भिर लापरवाही, कारवाही सिफारिस

काठमाडौँ ।  भारतको ओडिशास्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको दुई नेपाली छात्राको मृत्यु प्रकरणबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) भारतले गठन गरेको सो समितिले विश्वविद्यालयको चरम प्रशासनिक लापरवाही, यौन दुव्र्यवहार उजुरीको बेवास्ता, र गैरकानुनी मिलापत्रजस्ता गम्भीर विषय औंल्याएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८१ फागुन ४ गते विश्वविद्यालयको छात्रावासमा २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उनले कलेज प्रशासनमा आफूमाथि मानसिक यातना र ब्ल्याकमेल भइरहेको भन्दै दुईपटक उजुरी दिएकी थिइन् । तर, उजुरीलाई गम्भीरतापूर्वक नलिइएपछि उनले आत्महत्याको बाटो रोज्नुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Ncell
Extreme Energy

यस घटनापछि नेपाली विद्यार्थीहरूले क्याम्पसमा न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । तर, कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले उनीहरूलाई निर्घात कुटपिट गरेका थिए र छात्रावास छाड्न दबाब दिएको थियो । यसले तनावपूर्ण अवस्था सिर्जना गरेको थियो ।

विवाद शान्त नभइसकेकै बेला १८ वैशाखमा अर्की नेपाली छात्रा प्रिसा शाह पनि मृत अवस्थामा फेला परेपछि पुनः विश्वविद्यालयमा आन्दोलन चर्किएको थियो ।

छानबिन समितिले आफ्नो प्रतिवेदनमा विश्वविद्यालयका वरिष्ठ कर्मचारीहरूलाई फौजदारी सजायको लागि जिम्मेवार ठहर गर्दै विभिन्न गम्भीर त्रुटिहरू औंल्याएको छ । उजुरीहरूमा कुनै कानुनी प्रक्रिया पालना नगरेको, छात्रावासको सुविधा स्तरहीन रहेको, अनुमतिभन्दा बढी विद्यार्थी भर्ना गरिएको, र सांस्कृतिक संवेदनशीलताको बेवास्ता गरिएको जस्ता विषय उल्लेख गरिएको छ ।

समाचार संस्था टाइम्स अफ इन्डियाले प्रकाशित रिपोर्ट अनुसार, ूविश्वविद्यालयले कानुनभन्दा प्रतिष्ठालाई प्राथमिकता दिएकोू भन्दै पीडितले दिएको प्रमाणसहितको उजुरीलाई बेवास्ता गरी दोषी विद्यार्थीलाई संरक्षण गरिएको बताइएको छ । ूयस्तो मिलापत्रले आत्महत्याको अवस्था सिर्जना गर्‍यो जुन रोकिन सक्थ्यो,ू प्रतिवेदनमा उल्लेख छ ।

समितिले विश्वविद्यालयको विस्तार स्थगन गर्ने, दोषी कर्मचारीहरूलाई विभागीय कारबाही गर्ने लगायतका कडा सिफारिसहरू गरेको छ । केही सुरक्षागार्डहरूलाई पक्राउ गरिएको थियो भने एक भारतीय युवक पनि पक्राउ परेका थिए ।

यो घटनाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । नेपाल सरकारले समेत यस विषयमा कूटनीतिक पहल गरिसकेको छ ।

छात्रा लम्साल र शाहको मृत्यु मात्र दुःखद घटना नभएर विदेशी विद्यार्थीहरूका लागि शिक्षण संस्थाको जिम्मेवारी र उत्तरदायित्वको गम्भीर चुनौती हो भन्ने प्रतिवेदनले स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

रसुवागढी र तातोपानी बन्द भएपछि मुख्य मार्ग बन्दै कोरला नाका

तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।