नेभिगेशन
मुख्य समाचार
रवि लामिछाने

कारागारमा रवि असुरक्षित भएपछि जेलरलेनै नेतालाई बोलाएर जिम्मा लगाएका थिए, रविले जेल नभत्काउन भनेका थिए: आयोग अध्यक्ष कार्की

काठमाडौँ । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट परिवारको जिम्मा लगाइएको रवि लामिछानेको विषयमा जेन-जी आन्दोलन छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले मुख खोलेका छन् । 

प्राइम टाइम टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा आयोग अध्यक्ष कार्कीले नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले सुरक्षाको कारण नै परिवार र रास्वपाका नेताहरूलाई फोन गरेर बोलाएर जिम्मा लगाएको बताएका हुन् । 

CG

साथै कार्कीले रवि लामिछानेले पत्र विना बाहिर जाँदिन भनेपछि जेलर जोशीले नै पत्रमा हस्ताक्षर गरेको समेत खुलाएका छन् । यस्तै जेलरले दिएको बयानलाई आधार मान्दै कार्कीले रवि लामिछानेले जेल नभत्काउन, तोडफोड नगर्न समेत आग्रह गरेको जनाएका छन् । 

अन्तर्वातमा पत्रकार धमलाको रवि लामिछानेलाई पहिले बयानमा किन बोलाउन भयो भन्ने प्रश्नमा आयोगका अध्यक्ष कार्कीको जवाफ छः

"एक महिनासम्म प्रहरीले लिस्ट नै दिएन,हामीले बुझ्नका लागि । केही दिई नसकेपछि, जेलको कुरा आयो । अनि जेलको कुरा आएको हिसाबले जेलरलाई बोलाएर के भयो भनेर सोध्यौँ, जेलरले पूर्व गृहमन्त्री रवि लामिछानेलाई छाडेका कुराहरू,जेल विस्फोट भएका विभिन्न कुराहरू आए ।"

के रहेछ वास्तविकता, उहाँले के भन्नु भयो ?

"यस्तो हो,  रवि लामिछानेले म नेता भएकाले बाहिर जान्न भनेपछि, जेलर नै उहाँको सुरक्षाका लागि तपाई बाहिर जानुस् भनेपछि, जेलरले नै उहाँको पत्नीलाई,रास्वपाका नेताहरूलाई उहाँले भन्नु भएको रहेछ । जेलरले नै डा.स्वर्णिम वाग्लेलाई बोलाएको रहेछ । उहाँ(रवि लामिछाने)ले म जान्न, चिठ्ठी दिएपछि जान्छु भनेपछि उहाँलाई चिठ्ठी दिएछ, चिठ्ठी दिएको कुरामा अल्लि.. चिठ्ठीको विवाद आइराखेको छ अहिले म यही भन्न चाहन्न । जेलर चाहिँ मैले सही गर्‍या भन्नु हुन्छ, रवि लामिछानेले चिठी दिएपछि म गएको हुँ भन्नु हुन्छ ।त्यो चाहिँ विवादमा छ, त्यो कुरा मैले यहाँ खोल्न मिल्दैन । रवि लामिछानेले चाहिँ अझ जेलबाट कैदीहरूलाई छोड्नु हुँदैन, म राजनीतिक नेता हुँ, यस कारण पनि जेल भत्काउन हुँदैन भनेर मनिष झालाई बाहिर निस्किसकेपछि भिडमा गइसकेपछि ल भित्र गएर सम्झा भनेर पठाउनु भएको रहेछ । त्यो कुरा जेलरले पनि भन्छन्,सबैले भन्छन्, त्यहाँ बाहिरको भिडले जेल तोडेर निकाल्दियो, त्यहाँ कैदीहरूले पनि भन्छन्, भाइ नाइकेहरूले पनि भन्छन् हामीलाई बाध्यता बस बाहिर जा, तँलाई जलाइदिन्छु भनेपछि हामी गएका हौँ भनेर फर्केर आएकाले पनि भन्छन् । त्यहाँ विभिन्न कुरा छन् । त्यहाँ प्रहरीको कुरा नआएको पहिला बुझेको हो । " 

अन्तर्वाताको ३३ मिनेटपछि यो प्रसंग सुरु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...