नेभिगेशन
समाज
रवि लामिछाने

कारागारमा रवि असुरक्षित भएपछि जेलरलेनै नेतालाई बोलाएर जिम्मा लगाएका थिए, रविले जेल नभत्काउन भनेका थिए: आयोग अध्यक्ष कार्की

काठमाडौँ । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट परिवारको जिम्मा लगाइएको रवि लामिछानेको विषयमा जेन-जी आन्दोलन छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले मुख खोलेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राइम टाइम टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा आयोग अध्यक्ष कार्कीले नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले सुरक्षाको कारण नै परिवार र रास्वपाका नेताहरूलाई फोन गरेर बोलाएर जिम्मा लगाएको बताएका हुन् । 

Ncell
Extreme Energy

साथै कार्कीले रवि लामिछानेले पत्र विना बाहिर जाँदिन भनेपछि जेलर जोशीले नै पत्रमा हस्ताक्षर गरेको समेत खुलाएका छन् । यस्तै जेलरले दिएको बयानलाई आधार मान्दै कार्कीले रवि लामिछानेले जेल नभत्काउन, तोडफोड नगर्न समेत आग्रह गरेको जनाएका छन् । 

अन्तर्वातमा पत्रकार धमलाको रवि लामिछानेलाई पहिले बयानमा किन बोलाउन भयो भन्ने प्रश्नमा आयोगका अध्यक्ष कार्कीको जवाफ छः

"एक महिनासम्म प्रहरीले लिस्ट नै दिएन,हामीले बुझ्नका लागि । केही दिई नसकेपछि, जेलको कुरा आयो । अनि जेलको कुरा आएको हिसाबले जेलरलाई बोलाएर के भयो भनेर सोध्यौँ, जेलरले पूर्व गृहमन्त्री रवि लामिछानेलाई छाडेका कुराहरू,जेल विस्फोट भएका विभिन्न कुराहरू आए ।"

के रहेछ वास्तविकता, उहाँले के भन्नु भयो ?

"यस्तो हो,  रवि लामिछानेले म नेता भएकाले बाहिर जान्न भनेपछि, जेलर नै उहाँको सुरक्षाका लागि तपाई बाहिर जानुस् भनेपछि, जेलरले नै उहाँको पत्नीलाई,रास्वपाका नेताहरूलाई उहाँले भन्नु भएको रहेछ । जेलरले नै डा.स्वर्णिम वाग्लेलाई बोलाएको रहेछ । उहाँ(रवि लामिछाने)ले म जान्न, चिठ्ठी दिएपछि जान्छु भनेपछि उहाँलाई चिठ्ठी दिएछ, चिठ्ठी दिएको कुरामा अल्लि.. चिठ्ठीको विवाद आइराखेको छ अहिले म यही भन्न चाहन्न । जेलर चाहिँ मैले सही गर्‍या भन्नु हुन्छ, रवि लामिछानेले चिठी दिएपछि म गएको हुँ भन्नु हुन्छ ।त्यो चाहिँ विवादमा छ, त्यो कुरा मैले यहाँ खोल्न मिल्दैन । रवि लामिछानेले चाहिँ अझ जेलबाट कैदीहरूलाई छोड्नु हुँदैन, म राजनीतिक नेता हुँ, यस कारण पनि जेल भत्काउन हुँदैन भनेर मनिष झालाई बाहिर निस्किसकेपछि भिडमा गइसकेपछि ल भित्र गएर सम्झा भनेर पठाउनु भएको रहेछ । त्यो कुरा जेलरले पनि भन्छन्,सबैले भन्छन्, त्यहाँ बाहिरको भिडले जेल तोडेर निकाल्दियो, त्यहाँ कैदीहरूले पनि भन्छन्, भाइ नाइकेहरूले पनि भन्छन् हामीलाई बाध्यता बस बाहिर जा, तँलाई जलाइदिन्छु भनेपछि हामी गएका हौँ भनेर फर्केर आएकाले पनि भन्छन् । त्यहाँ विभिन्न कुरा छन् । त्यहाँ प्रहरीको कुरा नआएको पहिला बुझेको हो । " 

अन्तर्वाताको ३३ मिनेटपछि यो प्रसंग सुरु भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी वडा अधिवेशन सोमबार हुने भएको छ।