नेभिगेशन
समाज

नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नै नचलाउने निर्णय

काठमाडौँ । नाबालिग कलिला किशोरीलाई १०/१५ हजारको प्रलोभन देखाएर उनीहरुको डिम्ब निकालेर २० लाखसम्ममा बेच्ने फर्टिलिटी सेन्टरलाई मुद्दा नचलाउने निर्णय गर्दा सुशीला कार्की सरकारमाथि नै प्रश्न उठेको छ । प्रधानमन्त्री कार्कीले नियुक्त गरेकी देशकै प्रथम महिला महान्यायाधिवक्ताले आफ्नै सेयर रहेको र आफ्नै परिवारका सदस्य अध्यक्ष रहेको आरोपी कम्पनीलाई मुद्दा नचलाउने निर्णय गरेपछि महान्यायाधिवक्तासँगै प्रधानमन्त्रीसमेतमाथि प्रश्न उठेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो घटनाको विषय बुझ्न असारमा फर्कनुपर्छ । असार ३० काठमाडौँको बबरमहलका अवस्थित होप फर्टिलिटी एण्ड डाइग्नोष्टिक प्रा.लि.विरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा जाहेरी परेको थियो । उक्त जाहेरीमा जाहेरीकर्ताले उमेर नै नपुगेका २ किशोरीलाई पैसाको प्रलोभन देखाएर १० दिन लगातार सुइ लगाएर उनीहरुको शरीरबाट अपरेसन गरी डिम्ब निकालिएको बताएका थिए । 

Ncell
Extreme Energy

उक्त जाहेरीमा उल्लेख भएअनुसार उनीहरुलाई एजेन्टमार्फत प्रलोभानमा पारी होप फर्टिलिटी पुर्याइएको थियो । जाहेरीमा १७ वर्षका नाबालिग किशोरीको प्रलोभनमा पारेर डिम्ब झिकिएको भन्दै संलग्नलाई कारबाहीको माग गरिएको थियो । किशोरीको व्यवहार र स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेपछि परिवारल किशोरीको मोबाइल चेक गर्ने क्रममा एजेन्टसँगको च्याट देखिएपछि उनीहरुले यो विषयमा थाहा पाएका थिए । 

ति किशोरीहरुको आर्थिक अवस्था त्यति राम्रो छैन । उनीहरु अहिले काठमाडौँमा कक्षा १२ मा पढ्दै छन् । काँचो उमेरमा पैसाकै प्रलोभनका कारण उनले त्यस्तो डिजिसन लिएको हुनसक्ने एक किशोरीकी आमा बताउँछिन् । 
परिवारले जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि अश्मि अधिकारी, डा. स्वस्ती शर्मा, डा. मालिना चौधरी, अलिसा वली र जस्टिना प्रधानलाई पक्राउ गरेको थियो । पछि अदालतले उनीहरुलाई हाजिरी जमानीमा छोडेको थियो । 

एथेस्ट कानुन नभएको यो विषयमा प्रहरीले अनुसन्धान पुरा गरी बालबालिकासम्बन्धी ऐनको दफा ६६ अनुसार ७ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले कानुन नभएको भन्दै मुद्दा नचलाउने निर्णय गर्यो । जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा पठायो । उच्च सरकारी वकिलले जिल्लाकै निर्णयलाई सदर गर्यो र महान्यायाधिवक्ताको कार्यालयमा पठायो । महान्यायाधिवक्ताको कार्यालयले पनि असोज ३० गते मुद्दा नचलाउने निर्णयलाई नै सदर गर्यो । 

जाहेरीकर्तालाई कानुनी परामर्श गर्दै आएका अधिवक्ता विश्व भण्डारी यसरी मुद्दा नचलाउने निर्णय गर्दा जाहेरीकर्तालाई जानकारी गराउन पर्ने बताउँछन् । उनका अनुसार यो मुद्दामा मानव अंग बेचबिखन, संगठित अपराध र बालबालिका सम्बन्धी कसुर आकर्षित हुने दावी गर्छन् । 

मुद्दा चलाउने नचलाउने निर्णय गर्ने सरकारी वकिलको नेतृत्व गर्ने महान्यायाधीवक्ता पदमा रहेकी सविता भण्डारी उक्त होप फर्टिलिटीमा सेयर होल्डर रहेको तथ्य बाहिरिसकेको छ । अनलाइनखबर डट कमले उनको होप फर्टिलिटीमा महान्यायाधीवक्ता भण्डारीको ४६ हजार कित्ता सेयर रहेको डकुमेन्ट नै सार्वजनिक गरिदिएको छ । त्यस्तै होप फर्टिलिटीमा कार्यरत डा. प्रत्युसा बराल महान्यायाधीवक्ता भण्डारीकी छोरी हुन भने डा. स्वस्ती शर्मा उनकी सानीआमाकी छोरी हुन् । 

महान्यायाधीवक्ताको कार्यालयले किशोरीहरुले भरेको फर्ममा २१ वर्ष उल्लेख गरेको कारण मुद्दा नचलाउने निर्णय गरेको बताइएको छ । तर जाहेरीकर्ता प्रहरीमा जाहेरी दिदा नै १८ वर्ष पुरा नभएको जन्मदर्ताको प्रमाणपत्र पेश गरेका थिए । तर प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन दिएको कम्पनीलाई अदालतमा समेत नदिइ न्यायीक प्रक्रिया नै रोक्ने महान्यायाधीवक्ताको निर्णय सही नभएको भन्दै चर्को आलोचना भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।
ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर गुरुङको पार्थिव शरीर ल्याइयो नेपाल

ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर गुरुङको पार्थिव शरीर ल्याइयो नेपाल

पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर ‘युक्ता’ गुरुङको पार्थिव शरीर नेपाल ल्याइएको छ।

भर्खरै