नेभिगेशन
सिधाकुरा विशेष

नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने होप फर्टिलिटीलाई मुद्दा नै नचलाउने निर्णय

काठमाडौँ । नाबालिग कलिला किशोरीलाई १०/१५ हजारको प्रलोभन देखाएर उनीहरुको डिम्ब निकालेर २० लाखसम्ममा बेच्ने फर्टिलिटी सेन्टरलाई मुद्दा नचलाउने निर्णय गर्दा सुशीला कार्की सरकारमाथि नै प्रश्न उठेको छ । प्रधानमन्त्री कार्कीले नियुक्त गरेकी देशकै प्रथम महिला महान्यायाधिवक्ताले आफ्नै सेयर रहेको र आफ्नै परिवारका सदस्य अध्यक्ष रहेको आरोपी कम्पनीलाई मुद्दा नचलाउने निर्णय गरेपछि महान्यायाधिवक्तासँगै प्रधानमन्त्रीसमेतमाथि प्रश्न उठेको हो । 

यो घटनाको विषय बुझ्न असारमा फर्कनुपर्छ । असार ३० काठमाडौँको बबरमहलका अवस्थित होप फर्टिलिटी एण्ड डाइग्नोष्टिक प्रा.लि.विरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा जाहेरी परेको थियो । उक्त जाहेरीमा जाहेरीकर्ताले उमेर नै नपुगेका २ किशोरीलाई पैसाको प्रलोभन देखाएर १० दिन लगातार सुइ लगाएर उनीहरुको शरीरबाट अपरेसन गरी डिम्ब निकालिएको बताएका थिए । 

CG

उक्त जाहेरीमा उल्लेख भएअनुसार उनीहरुलाई एजेन्टमार्फत प्रलोभानमा पारी होप फर्टिलिटी पुर्याइएको थियो । जाहेरीमा १७ वर्षका नाबालिग किशोरीको प्रलोभनमा पारेर डिम्ब झिकिएको भन्दै संलग्नलाई कारबाहीको माग गरिएको थियो । किशोरीको व्यवहार र स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेपछि परिवारल किशोरीको मोबाइल चेक गर्ने क्रममा एजेन्टसँगको च्याट देखिएपछि उनीहरुले यो विषयमा थाहा पाएका थिए । 

ति किशोरीहरुको आर्थिक अवस्था त्यति राम्रो छैन । उनीहरु अहिले काठमाडौँमा कक्षा १२ मा पढ्दै छन् । काँचो उमेरमा पैसाकै प्रलोभनका कारण उनले त्यस्तो डिजिसन लिएको हुनसक्ने एक किशोरीकी आमा बताउँछिन् । 
परिवारले जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि अश्मि अधिकारी, डा. स्वस्ती शर्मा, डा. मालिना चौधरी, अलिसा वली र जस्टिना प्रधानलाई पक्राउ गरेको थियो । पछि अदालतले उनीहरुलाई हाजिरी जमानीमा छोडेको थियो । 

एथेस्ट कानुन नभएको यो विषयमा प्रहरीले अनुसन्धान पुरा गरी बालबालिकासम्बन्धी ऐनको दफा ६६ अनुसार ७ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले कानुन नभएको भन्दै मुद्दा नचलाउने निर्णय गर्यो । जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयमा पठायो । उच्च सरकारी वकिलले जिल्लाकै निर्णयलाई सदर गर्यो र महान्यायाधिवक्ताको कार्यालयमा पठायो । महान्यायाधिवक्ताको कार्यालयले पनि असोज ३० गते मुद्दा नचलाउने निर्णयलाई नै सदर गर्यो । 

जाहेरीकर्तालाई कानुनी परामर्श गर्दै आएका अधिवक्ता विश्व भण्डारी यसरी मुद्दा नचलाउने निर्णय गर्दा जाहेरीकर्तालाई जानकारी गराउन पर्ने बताउँछन् । उनका अनुसार यो मुद्दामा मानव अंग बेचबिखन, संगठित अपराध र बालबालिका सम्बन्धी कसुर आकर्षित हुने दावी गर्छन् । 

मुद्दा चलाउने नचलाउने निर्णय गर्ने सरकारी वकिलको नेतृत्व गर्ने महान्यायाधीवक्ता पदमा रहेकी सविता भण्डारी उक्त होप फर्टिलिटीमा सेयर होल्डर रहेको तथ्य बाहिरिसकेको छ । अनलाइनखबर डट कमले उनको होप फर्टिलिटीमा महान्यायाधीवक्ता भण्डारीको ४६ हजार कित्ता सेयर रहेको डकुमेन्ट नै सार्वजनिक गरिदिएको छ । त्यस्तै होप फर्टिलिटीमा कार्यरत डा. प्रत्युसा बराल महान्यायाधीवक्ता भण्डारीकी छोरी हुन भने डा. स्वस्ती शर्मा उनकी सानीआमाकी छोरी हुन् । 

महान्यायाधीवक्ताको कार्यालयले किशोरीहरुले भरेको फर्ममा २१ वर्ष उल्लेख गरेको कारण मुद्दा नचलाउने निर्णय गरेको बताइएको छ । तर जाहेरीकर्ता प्रहरीमा जाहेरी दिदा नै १८ वर्ष पुरा नभएको जन्मदर्ताको प्रमाणपत्र पेश गरेका थिए । तर प्रहरीले अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन दिएको कम्पनीलाई अदालतमा समेत नदिइ न्यायीक प्रक्रिया नै रोक्ने महान्यायाधीवक्ताको निर्णय सही नभएको भन्दै चर्को आलोचना भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
बालेनमाथि महेश बस्नेतको असहिष्णु टिप्पणीले मधेशमा चिन्ता, एमाले नेता अरविन्दकै कडा विरोध

बालेनमाथि महेश बस्नेतको असहिष्णु टिप्पणीले मधेशमा चिन्ता, एमाले नेता अरविन्दकै कडा विरोध

नको प्रश्नपछि तल रहेका एमाले कार्यकर्ताहरूले कुकुरको छाउरो भन्दै ताली पिटेका थिए । महेश हाँसेका थिए। महेशको बालेन लक्षित उक्त टिप्पणी मधेशका जनतालाई खिसिट्युरी गर्ने र भाषिक र...
गुल्मीमा मलामी जिप दुर्घटनाः एकको मृत्यु आठ घाइते

गुल्मीमा मलामी जिप दुर्घटनाः एकको मृत्यु आठ घाइते

दुर्घटनामा पाल्पा रिब्दिकोट गाउँपालिका–१ का २६ वर्षीय टिकाराम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो पाल्पाको जोगिथुमबाट मलामी बोकेर घाटतर्फ गइरहेको लु १ च ६९८५ नम्बरको...
यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

यी हुन् उजुरी परेका पाँच प्रतिनिधिसभा उम्मेदवार

उजुरी पर्ने उम्मेदवारहरुमा  भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार राजीव खत्री र  नेपाल जनसेवा पार्टीबाट उम्मेदवार बनेकी जानुका पाठक विरूद्ध उजुरी...
विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

विधायन व्यवस्थापन समितिद्वारा पर्यटन विधेयक पारित

समिति सभापति तुलसा कुमारी दहालले माघ ९ गते बस्ने राष्ट्रिसभामा पेश गर्नेगरि पर्यटन विधेयक पारित गरिएको जानकारी दिइन । नयाँ ऐनमा पर्वतारोहण सङ्घको अधिकार कटौती नगरेको तर अन्तराष्ट्रिय...