नेभिगेशन
समाज

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

काठमाडौँ । उमेरले १५ वर्ष लागे उनी । बालबालिकाको नैसर्गिक अधिकारले भन्छ, शिक्षा, स्वास्थ्य, खेलकुद र अभिभावको माया ममतामा संरक्षण पाउनु मौलिक अधिकार हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रोल्पाको त्रिवेणी गाउँपालिका ५ जुगारका विजय विकका लागि यी सबै बालअधिकार कथाजस्तै भएका छन् । उनी कक्षा ४ मा पढ्दापढ्दै विद्यालय जान सकेनन् । चौध वर्षसम्म उनले आफ्नो नामबाहेक अरु केही लेख्न जाँन्दैनथ्ये । किताब पढ्न र अक्षर चिन्न सक्दैनथ्ये । 

Ncell
Extreme Energy

विजय छिमेकी र आफन्तीले रक्सी, चुरोट जे किन्न पठाए पनि जान्छन् र किनेर ल्याइदिन्छन् । रक्सी र चुरोट किन्दाकिन्दै उनले आफू कुलतमा फसेको बताउँछन् । “छिमेकी तथा आफ्न्तले बाबु रक्सी, चुरोट किनेर ल्याइदेन भन्नुहुन्छ”, उनी भन्छन्, “किन्दाकिन्दै सुरुमा अलिअलि चाखेँ, अहिले खाने बानी भइसक्यो ।” 

विजयको घर र बुबाको पहिचान छैन । उनी मामाघरमा हजुरआमासँग बस्दै आएका छन् । उनकी आमा नौसरा विकका अनुसार विजयको जन्म डाँगी थरका एक जना युवासँग प्रेम सम्बन्धपछि विजयको जन्म भएको हो । 

नौसराले भनिन् “आफू गर्भवती भएको जानकारी केटाका पक्षलाई दिएर सन्तान स्वीकर गर्न अनुरोध गर्दा अस्वीकार गरेपछि घटना अदालती मुद्दामामिलासम्म पुगेको थियो ।” 

लगातार चार वर्ष मुद्दा लडेपछि जग्गाजमिन बेचेर घरबासमा मात्रै सीमित हुनुपरेको हजुरआमा (मामाघर) की गोमती विकले बताइन् । उनका अनुसार छोरीको विवाहभन्दा पनि गर्भमा रहेको सन्तानको अधिकारका लागि धेरै मुद्दा लड्दालड्दै सम्पत्ति सकिएको हो । 

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई विजय कसको हो भन्ने थाहा छ भन्दै उहाँले समाज चुप भएर बसिदिएकाले छोरी र नातीले न्याय नपाएका बताइन् ।

समाजको तिरस्कार र बुबाको नाम नखुलेको बालकलाई होच्याउने, हेप्ने व्यवहारका कारण विजयले वेवारीसेजस्तै जीवन बिताइरहेको हजुरआमा गोमतीले उल्लेख गरिन् । उनले पनि विजयको बुबा डाँगी थरको भएको दाबी गरिन् ।

आमा नौसराले भनिन्, “छोराले पटकपटक मेरो बुबा को हो ? भनी सोध्दा जवाफ दिन नसक्ने हुन्छु । उसलाई सम्झाउन ‘तेरो बुबा डाँगी थर’ का हुन् भन्छु । सोही कारणले पनि विजयको थर डाँगी लेखेर स्कुलमा भर्ना गरेका थियौँ ।”

“स्थानीय जनजागृती माविमा कक्षा ३ सम्म उनी ‘विजय डाँगी’ थरमा चिनिए । त्यतिबेला उनलाई थर लेखेकै भरमा स्कुलदेखि समाजका व्यक्तिले डाँगी किन लेखेको ? भन्दै होच्याउन थाले । डाँगी लेखेर मनोवैज्ञानिक रूपमा उनलाई डर र त्रास देखाउन थालेपछि विजयलाई जानकारी नगराई स्कुलले विक थर लेखिदिएको हो”, हजुरआमा गोमतीले भनिन् । नातीले तीन कक्षासम्म मात्र पढेको बताउँदै उसले लेख्दै आएको डाँगी थर परिवर्तन भएर विक भएपछि स्कुल जान नमानेको उनको भनाइ छ।

“मैले स्कुलमा सरलाई लेखिआएको थर लेख्दिनु भनेँ तर, कसैले मानेनन् । अहिले नाती गाउँघरमा बरालिँदै समय बिताइरहेको छ । घरमा टोलाउँछ, कहिले रुन्छ र कराउँछ”, उनले दुखेसो पोखिन् ।

एकल महिला गोमतीले आफूले पाएको भक्ताबाट खर्चमा नाती पाल्दै आएकी छिन् । गाउँघरमा डाँगी थरको छोरो भएकाले ज्यान जोखिममा भएको उनको भनाइ छ । “कसैले केही गरिदिने हुन की ? त्रासमै बित्छ दिन”, उनले भनिन् ।

स्कुलमा थर परिवर्तन भएपछि विजय मनोवैज्ञानिक रूपमा विक्षिप्त भएको हजुरआमा गोमतीले बताइन् । “थर फेरिएपछि स्कुल जानै मन लाग्दैन । सबैले तेरो बुबा छैन भन्दै होच्याउछन् । पढ्न मन लाग्दैन । कसैले चोर भन्दै गाली गर्छन्”, विजयले भने, “स्कुल नगए गाली सुन्नु पर्दैन त्यसैले जानै मन लाग्दैन ।” 

उनलाई स्कुल पढ्ने मन छ । तर, घरको वातावरण नहुँदा अलपत्र परेका छन् । वडाबाट बनेको जन्मदर्तामा बुबाको नाम ‘थाहा नभएको’ उल्लेख छ भने आमाको थर (विक)बाट लेखिएको छ । विजयको पढाइलेखाइसँगै दैनिक खर्च जुटाउने स्थिति नभएपछि आमा नौसरा भारतमा मजदुरीमा छिन् भने हजुरआमाले पाल्ने स्थिति छैन ।

आमा नौसरा र हजुरआमाले विजय डाँगी लेख्न अनुरोध गर्दा पनि वडाले स्वीकार नगरेको गोमती बताउँछिन् ।  वडा सचिव चन्द्रप्रसादको हस्ताक्षर रहेको विजयको जन्मदर्तामा बाबु थाहा नभएको लेखिएको छ । 

स्थानीय सरकारको विभिन्न कर्तव्यमध्ये आफ्नो वडामा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्यसँगै शारीरिक र मानसिक स्वास्थ्यको हेरचार गर्नुपर्ने हो । तर, वडा कार्यलय र विद्यालयसमेतले विजयलाई पढ्नेलेख्ने अनुकूल वातावरण मिलाउन सकेको छैन । फलस्वरु विजय विद्यालय विहीन भएका हुन् । 

त्रिवेणी–५ का वडाअध्यक्ष कृष्ण केसीका अनुसार विजयकी आमाले नौसराले उनको बुबा डाँगी थरको भएको भन्दै केटा पक्षसँग मुद्दामामिला गरेकी थिइन् । डाँगी थर लेख्न भनेर उनकी आमा र हजुरआमाले जोड गर्दै आएका उनले स्वीकार गरे । 
यद्यपी विवाह दर्ताको प्रमाण नभएकाले जन्मदर्तामा भने डाँगीको ठाउँमा आमाको नामबाट विक लेख्न बाध्य भएको उनको भनाई छ ।

वडाध्यक्ष केसीले बच्चाले आफ्नो इच्छाएको थर लेख्न पाउने अधिकार रहेको बताउँदै विद्यालयद्वारा थर परिवर्तन गरिनु गलत भएको स्वीकार गरे । उनले भने, “स्कुलले थर फेर्न मिल्दैन, म के भएको रहेछ स्कुलसँग छलफल गर्नेछु ।”

जनजागृत माविका प्रधानाध्यापक जीवराज भण्डारीले विजयको थर एक कक्षादेखि डाँगी लेख्दै आएको स्वीकार गरे । पछि डाँगी थर किन लेखेको भनेर बाहिरी दबाब आएपछि विक लेख्न सल्लाह मात्रै दिएको उनले बताए । यद्यपी प्रधानाध्यापक भण्डारीले विद्यालयमा विजय स्कुल आउन छोड्नुको कारण भने आफूलाई थाहा नभएको उल्लेख गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...