नेभिगेशन
मुख्य समाचार

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफइन्स्योरेन्स

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले "नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड – NBPA 2024" प्राप्त गरेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक सुरक्षा, पारदर्शिता, वित्तीय सुशासन र रणनीतिक दीर्घकालीन योजना प्रस्तुत गर्दै २०७९/८० आर्थिक वर्षको बार्षिक प्रतिवेदनका लागि यो सम्मान प्रदान गरेकाे हो।

CG

अवार्ड प्रदान समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत तथा रणनीतिक प्रमुख सहितको टोली उपस्थित थियो। कार्यक्रममा कम्पनीको वित्तीय पारदर्शिता, दीर्घकालीन योजना, आन्तरिक व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन प्रणाली तथा सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताको उच्च प्रशंसा गरिएको थियो।

यो अवार्ड पाउने नेपाल लाइफ पहिलो बीमा कम्पनी बनेको दाबी गरिएकाे छ जसले Global Reporting Initiative (GRI) को मान्यता अनुरूप बनाइएको प्रतिवेदनमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेको हो।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो अवार्ड प्राप्त गर्दा गौरवान्वित भएको साथै यस बाट अझ राम्रो गर्दै जानुपर्ने जिम्मेवारी थपिएको बताए । नेपाली जीवन बीमा उद्योगको करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले सदैव वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका  अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा सहयोग गर्नुहुने अन्य सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

संघीयता खारेजीको एजेण्डासहित राष्ट्रिय जनमोर्चाद्वारा चूनावी घोषणापत्र सार्वजनिक

बुधबार बुटबलमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी लगाएतका नेताहरुले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ सार्वजनिक गरेका हुन् ।
बालेनको मौन आँधी

बालेनको मौन आँधी

जे होस्, अहिले चर्चा बालेनकै छ । महानगरबाट राजीनामा दिएको दिन देखि उनी एकदिन पनि क्यामेराको फ्रेम भन्दा बाहिरि छैनन् । राजनीतिमा खासै चासो नभएका नागरिक समेत अहिले...
समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्नेः मन्त्री इङ्नाम

समस्याग्रस्त सहकारीको छिटो छिनोफानो हुनुपर्नेः मन्त्री इङ्नाम

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको प्रथम वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री इङ्नामले केहि सहकारीले गैरकानुनी काम गरेर बचतकर्ता र ऋणिहरुलाई समेत समस्यामा पारेको भन्दै समस्याग्रस्त सहकारीको छिटो...
पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

पारिश्रमिक नदिएको विषयमा नागरिक दैनिकको कार्यालयमा महासंघद्वारा तालाबन्दी

श्रमिकहरुको पारिश्रमिकका विषयमा नेपाल पत्रकार महासंघ र नेपाल रिपब्लिक मिडिया लिमिटेडबीच २०८२।०४।२२ गते भएको सम्झौता कार्यान्वयनका लागि पटकपटक वार्ता, संवाद र सहमतिको पहल महासंघले गर्दा पनि सो सञ्चार...