नेभिगेशन
समाज

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफइन्स्योरेन्स

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले "नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड – NBPA 2024" प्राप्त गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक सुरक्षा, पारदर्शिता, वित्तीय सुशासन र रणनीतिक दीर्घकालीन योजना प्रस्तुत गर्दै २०७९/८० आर्थिक वर्षको बार्षिक प्रतिवेदनका लागि यो सम्मान प्रदान गरेकाे हो।

Ncell
Extreme Energy

अवार्ड प्रदान समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत तथा रणनीतिक प्रमुख सहितको टोली उपस्थित थियो। कार्यक्रममा कम्पनीको वित्तीय पारदर्शिता, दीर्घकालीन योजना, आन्तरिक व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन प्रणाली तथा सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताको उच्च प्रशंसा गरिएको थियो।

यो अवार्ड पाउने नेपाल लाइफ पहिलो बीमा कम्पनी बनेको दाबी गरिएकाे छ जसले Global Reporting Initiative (GRI) को मान्यता अनुरूप बनाइएको प्रतिवेदनमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेको हो।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो अवार्ड प्राप्त गर्दा गौरवान्वित भएको साथै यस बाट अझ राम्रो गर्दै जानुपर्ने जिम्मेवारी थपिएको बताए । नेपाली जीवन बीमा उद्योगको करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले सदैव वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका  अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा सहयोग गर्नुहुने अन्य सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
किम्रुङ खोला  थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

किम्रुङ खोला थुनियो पहिरोले, मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला पहिरोले थुनिएपछि मोदी खोला आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

विपत्तिबाट सहाराविहीन नागरिकको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन्।
बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय निस्किए स्थलगत अवलोकनमा

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत अवलोकन गरेका छन् ।