नेभिगेशन
मुख्य समाचार

तोसिमा कार्कीः सरकार मान्छे र जग्गा बेचबिखनमा लाग्यो, सदन सरकारको कठपुतली बन्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको औचित्य समाप्त भइसकेको टिप्पणी गरेकी छन्।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधान संशोधनको बाचा गरेर सरकारले मान्छे र सरकारी जग्गा बेचबिखनमा लागेको बताइन् । 

उनले भनिन्, ‘बाचा सुशासनको अनि जनताको लागि लड्नेहरूलाई कारागार अनि भ्रष्टाचारमा मुछिएकाहरूलाई स्याबासी। हामी भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलनमा छौँ। जसमाथि छानबिन हुनुपर्ने हो उसैको संयोजकत्वमा बनेको समिति बादरको पुच्छर लौरो न हतियारजस्तो भएकाले हामीले पहिलो दिनदेखि नै बहिस्कार गरिरहेका छौँ।’

दुई प्रतिपक्ष दलले निरन्तर विरोध गरेपनि निर्बाध चलाइरहेको भन्दै जनताले एकएक हिसाब राखिरहेको दाबी गरिन्। उनले सदन जनताको आवाज हो कि सरकारको कठपुतली ? भन्दै प्रश्न गरिन्। उनले आफूहरूको माग अनुसार छानबिन समिति नबनेसम्म आन्दोलन नछाड्ने बताएकी थिइन् । त्यसपछि रास्वपाका सांसदहरुले संसद बहिष्कार गरेर हिडेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

रास्वपाका ३४ केन्द्रीय सदस्यले तिरेनन् पार्टी लेबी, तोसिमा र गणेश कार्की ‘गरिब’

निर्वतनमा सांसद तोसिमा कार्कीले पनि पार्टीलाई लेबी तिर्न नसक्ने जनाएकी छिन् । कोषाध्यक्ष अधिकारीका अनुसार रास्वपामा पदाधिकारी,केन्द्री सदस्य तथा कुनै पनि तहका नेता कार्यकताले आर्थिक अवस्था उल्लेख गरी...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

गौंरीबहादुर कार्कीलाई आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गर्योः अध्यक्ष ओली

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाए ।
काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

काँग्रेस सस्थापन पक्षले भन्यो, ‘विशेष महाधिवशेनको कुनै औचित्य छैन’

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस १५ औं महाधिवेशन बृहत दबाबमूलक भेलामा बोल्दै उनीहरुले अहिले पार्टीलाई बलियो बनाएर देशमा देखिएका संकट समाधानका लागि ध्यान केन्द्रीत गर्नुपर्ने समयमा विशेष महाधिवशेन...

भर्खरै