नेभिगेशन
सबै कुरा

जाजरकोटका १२ हजार भूकम्प पीडितले पाल समेत पाएनन्, नेताहरू 'डिजास्टर टुरिजम'मा रमाए

जाजरकोट। जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भूकम्पबाट ३४ हजार घरधुरी प्रभावित भएका छन् । जस मध्ये ९ हजार ७ सय ९४ घर पूर्णरुपमा ढलेका छन् भने २४ हजार ७ सय ७ घरमा बस्न सक्ने अवस्था छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर अहिलेसम्म जम्मा २२ हजार १ सय ३१ वटा मात्रै पाल वितरण भएको छ । भने जम्मा १७ हजार ब्ल्याङकेट वितरण भएको छ । प्रशासनकै अनुसार ३४ हजार घरधुरीका लागि तत्कालै पाल तथा बल्याङ्केट पुर्याउनु पर्ने भएपनि अझै १२ हजार परिवारले पाल समेत पाएका छैनन् ।

Ncell
Extreme Energy

सबै भन्दा धेरै क्षति पुगेको जाजरकोटको भेरी नगरपालिका भित्रै पीडितहरुले पाल समेत नपाएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । घर्तीले नगरपालिकाले नै ३ हजार पाल खरिद गर्न खोज्दा समेत नपाएको गुनासो गरे ।

घर्ती भन्छन् भेरी नगरपालिकाकै भित्रै पीडितहरू खुल्लाठाँउमा कठ्याङ्ग्रिएका छन्, उनीहरूको जीवन रक्षाका लागि एक सरो पाल समेत पुर्याउन नसकेको अवस्था छ । घर्तीले निराश हुँदै भने केन्द्रमा फोन गर्यो, ट्रकका ट्रक सामान गएको छ भन्छन्, सुर्खेतमा फोन गर्यो हेलिकप्टरले सामान लगेको छ भन्छन्, समाचार भारत देखि चीनले समेत राहत दिएको फोटो देखेको छु, तर पीडितहरू बारीमा एक सरो कपडामा रात काटिरहेका छन् ।

प्रमुख घर्तीका अनुसार स्थानीय तहलाई राहत वितरणमा विश्वास नगरी जिल्ला विपत व्यवस्थापन समितिलाई बढी सक्रिय बनाइएको छ, केन्द्र सरकार मातहत रहने प्रशासन तथा सुरक्षा निकायको मात्रै भर पर्दा भूकम्प गएको एक सातासम्म पनि पीडितलाई राहात पुर्याउन सकिएको छैन । बल्ल बल्ल पुगेको पाल समेत सानो र पातला भएका कारण पाल टाँगेर सुत्ने मिल्ने छैनन् ।

स्थानीय दिलबहादुर राहतले भने दुई दिन लडेर एउटा पाल र एउटा ब्ल्याङकेट पाइयो, टांग्ने बेलामा हेर्दा दुई मिटरको मात्रै रहेछ, बल्याङ्केट भनिएपनि एक जनाले ओड्दा पनि न्यानो हुँदै निकै पातलो रहेछ । दिलबहादुरले गुनासो गरे राहतको सामान दिएर फोटो खिचे, समाचारमा राहत लिदै गरेको मेरै फोटो भाइरल भएको छ तर न ओत लाग्न मिल्छ, न न्यानो हुन्छ ।

यता भूकम्पको क्षतिको अवलोकन गर्न भन्दै सबै नेता जाजरकोट पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल देखि केन्द्रका मन्त्री मात्रै होइन प्रदेशका मन्त्रीहरू पनि हेलिकप्टरमा जाजरकोट आउजाउ गरिरहेका छन् ।

स्थानीय रविन्द्र कुमाईले सिधाकुरासँग गुनासो गरे, सबै नेता आउँछन्, भत्किएको घर हेर्दै हामीसँग फोटो खिच्छन् अनि पहल गर्छौ भन्दै फर्कीन्छन् । हामी हेलिकप्टर उडेको हेरेर बसिरहेका छौँ । नलगाडका स्थानीय नगेन्द्र खड्का अनुसार भत्किएका घर र कष्टकर जीवन बाँचिरहेकालाई सहयोग गर्न भन्दा बढी हेरेर फोटो खिच्ने आउनेहरू धेरै छन् । आएका नेताहरूलाई गुहार्दा र घटनाको बेलिबिस्तार लगाउँदा लगाउँदै उनिहरु आजित भएका छन् । खड्का भन्छन् नेताहरूले पीडितलाई राहत दिनेकम भन्दा बढी 'डिजास्टर टुरिजम'कारुपमा रमाएको देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै