नेभिगेशन
मुख्य समाचार

ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति एकै परिवारका चार जनाको ज्यान लिने घटनाले जिल्ला स्तब्ध बनेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा ससुराली पुगेका ज्वाइँ राजेन्द्र राईले ससुरा, सासु, श्रीमती र सालोको छुरी प्रहार गरी हत्या गरेको खुलाएको छ।

प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए। उनले भनेका थिए, “ममाथि चक्कु प्रहार भयो, त्यसपछि मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।”

CG

घटनास्थलमा पुगेको प्रहरीले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको शव फेला पारेको थियो। 

हत्या आरोपित राई भने घटना स्थलभन्दा करिब पाँच किलोमिटर टाढा हर्बुभञ्ज्याङमा घाइते अवस्थामा फेला परेका थिए। उनको पेटमा धारिलो हतियारका चोट देखिएको र हाल जिल्ला अस्पतालबाट थप उपचारका लागि विराटनगर रिफर गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

राजेन्द्रले प्रारम्भिक बयानमा राति सुतिरहेको बेला सासूले आफूमाथि छुरी प्रहार गरेपछि आफूले छुरी खोसेर सबैलाई मारेको बताएका छन्। प्रहरीले घटनाको पृष्ठभूमिमा पारिवारिक असमझदारी र प्रेम विवाहलाई जोडेको छ।

राजेन्द्रले झण्डै एक वर्षअघि मनिषासँग प्रेम विवाह गरेका थिए। पहिलेकी पत्नीले छोडेपछि मनिषासँगको सम्बन्ध सुरु भएको र उनलाई भगाएर ल्याएको जनाइएको छ। घटनाको केही समयअघिसम्म मनिषा माइतीमै थिइन् भने राजेन्द्र उनलाई लिन ससुराली गएका थिए, तर उमेर नपुगेको भन्दै ससुराली पक्षले फर्काएका थिए।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि भोजपुर अस्पताल पठाउने तयारी गरेको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री

वाग्लेले पद पाउन वा हत्याउनका लागि उनले छेडखानी र राजनीतिक बेइमानी गरेनन् । वाग्ले नेता बन्ने रहर र लहडले राजनीतिमा आएका व्यक्ति होइनन् भन्ने उनको विगतले देखाउँछ ।...
माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

माहोल सिर्जना गर्न उम्मेदवार र पार्टीको पक्षमा सक्दो पोष्ट गरौंः महामन्त्री पौडेल

यति धेरै सक्रिय कार्यकर्ता अरु दलको नभएको भन्दै उनले यसले नै पार्टीको जितको आधार सुनिश्चित गरेको बताए । पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र ल्याउने...
प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत मियोसबीच शिष्टाचार भेट

उक्त अवसरमा राजदूत मियोसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रुपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरेका थिए ।
भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

भारी हिमपातका कारण ढोरपाटनमा अलपत्र यात्रुको उद्धार

रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार काठमाडौँदेखि रुकुम, जाजरकोट, डोल्पालगायत पश्चिम नेपाल जाने यात्रुलाई सुरक्षाकर्मीको गाडीबाट उद्धार गरिएको छ । यात्रुलाई रुकुमकोटसम्म पुर्‍याएर गन्तव्यमा पठाइने प्रजिअ...