नेभिगेशन
समाज

ज्वाइँले गरे ससुरालीका ४ जनाको हत्या, प्रहरीलाई फोन गरेर भने 'मैले मान्छे मारे,मलाई पक्राउ गर्न आउनु'

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति एकै परिवारका चार जनाको ज्यान लिने घटनाले जिल्ला स्तब्ध बनेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा ससुराली पुगेका ज्वाइँ राजेन्द्र राईले ससुरा, सासु, श्रीमती र सालोको छुरी प्रहार गरी हत्या गरेको खुलाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार भोजपुर नगरपालिका–२ का ३२ वर्षीय राईले राति १ बजेतिर प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि आक्रमण भएको र त्यसपछि चार जनाको हत्या गरेको जानकारी दिएका थिए। उनले भनेका थिए, “ममाथि चक्कु प्रहार भयो, त्यसपछि मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्।”

Ncell
Extreme Energy

घटनास्थलमा पुगेको प्रहरीले ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र १० वर्षीय सालो सपन गिरीको शव फेला पारेको थियो। 

हत्या आरोपित राई भने घटना स्थलभन्दा करिब पाँच किलोमिटर टाढा हर्बुभञ्ज्याङमा घाइते अवस्थामा फेला परेका थिए। उनको पेटमा धारिलो हतियारका चोट देखिएको र हाल जिल्ला अस्पतालबाट थप उपचारका लागि विराटनगर रिफर गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

राजेन्द्रले प्रारम्भिक बयानमा राति सुतिरहेको बेला सासूले आफूमाथि छुरी प्रहार गरेपछि आफूले छुरी खोसेर सबैलाई मारेको बताएका छन्। प्रहरीले घटनाको पृष्ठभूमिमा पारिवारिक असमझदारी र प्रेम विवाहलाई जोडेको छ।

राजेन्द्रले झण्डै एक वर्षअघि मनिषासँग प्रेम विवाह गरेका थिए। पहिलेकी पत्नीले छोडेपछि मनिषासँगको सम्बन्ध सुरु भएको र उनलाई भगाएर ल्याएको जनाइएको छ। घटनाको केही समयअघिसम्म मनिषा माइतीमै थिइन् भने राजेन्द्र उनलाई लिन ससुराली गएका थिए, तर उमेर नपुगेको भन्दै ससुराली पक्षले फर्काएका थिए।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि भोजपुर अस्पताल पठाउने तयारी गरेको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...