नेभिगेशन
समाज

आलम प्रकरणका घाइते काठमाडौँमा, भन्छन्,– श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ

काठमाडौँ । रौतहटको ‘इँटाभट्टा जिउँदै जलाईएको घटनामा’ नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम उच्च अदालतबाट सफाइ पाएपछि उक्त फैसला निकै विवादीत बनिरहेको छ। घटनाका एकजना साक्षी समेत रहेका घाइते गौरीशंकर राम चमार पहिलोपटक सार्वजनिक रूपमा अगाडि आएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको बिहार, सीतामढी घर भई हाल ४३ वर्षका चमारले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफू उक्त बम विस्फोटमा गम्भीर घाइते भएको दाबी गरेका छन् । उनले भने, “म केवल साक्षी होइन, म स्वयं पीडित हुँ ।”

Ncell
Extreme Energy

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको भनिएको विस्फोटमा चमारले गम्भीर घाउ बोकेका थिए । उनका अनुसार, राजपुर फरहदवास्थित अफ्ताब आलमको इँटाभट्टामा उनले मजदुरी गर्थे र त्यहीँ पैसा लिन जाँदा बम विस्फोट भएको थियो ।

“घरको ढोकाको छेउ पुग्दै गर्दा बम पड्कियो, अनुहार, घाँटी, छाती जले,” उनले पत्रकारहरूसँग भने, “दुवै कान उडायो बमले ।”

उनले आफूमाथि बम विस्फोटको प्रत्यक्ष असर परे पनि अदालतले त्यसको पुष्टि नभएको भन्दै आलमलाई सफाइ दिएकोमा गम्भीर आपत्ति जनाए । “म आफैँ घाइते छु, अनि कसरी बम पड्किएको छैन भनेर फैसला गर्न मिल्छ ?” उनले प्रश्न गरे ।

चमारले अफ्ताब आलम र उनका समर्थकबाट धम्कीसमेत पाएको दाबी गरेका छन् । “मेरो घरमा मान्छे पठाएर आमालाई धम्क्याएको थियो— ‘तिम्रो छोरा मर्छ’, अहिले पनि मलाई डर लागिरहेको छ,” उनले सुनाए ।

घटनापछि लामो समय भारतको अस्पतालमा उपचार गरेका चमारले उपचार खर्च मात्रै साढे ३ लाख भारतीय रुपैयाँ भएको बताए । तर अफ्ताब आलमले कुनै सहयोग नगरेको र हालसम्म कुनै चासो नदिएको भन्दै उनले आक्रोश पोखेका छन् ।

“सरकारलाई निवेदन गर्छु, यस्तो मान्छेलाई छोड्नुभएन, उसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो,” चमारले आँखाभरि आँसु पार्दै भने ।

उच्च अदालत वीरगन्जको इजलासले आलममाथि लागेको आरोपमा ुयथेष्ट प्रमाण नपुगेकोु भन्दै केही महिनाअघि सफाइ दिएको थियो । तर चमारको सार्वजनिक बयानसँगै यो फैसला फेरि विवादमा परेको छ ।

अब पीडित गौरीशंकर चमारको आग्रह छ— “म न्याय खोज्दै काठमाडौं आएको हुँ, मलाई न इन्कार गरिनुहोस् न बेवास्ता ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनाका लागि ५ खर्ब ५९ अर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना...
नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती...
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...