नेभिगेशन
मुख्य समाचार

आलम प्रकरणका घाइते काठमाडौँमा, भन्छन्,– श्रीमान म जिउँदै छु, म साक्षी होइन स्वयं प्रमाण हुँ

काठमाडौँ । रौतहटको ‘इँटाभट्टा जिउँदै जलाईएको घटनामा’ नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम उच्च अदालतबाट सफाइ पाएपछि उक्त फैसला निकै विवादीत बनिरहेको छ। घटनाका एकजना साक्षी समेत रहेका घाइते गौरीशंकर राम चमार पहिलोपटक सार्वजनिक रूपमा अगाडि आएका छन् ।

भारतको बिहार, सीतामढी घर भई हाल ४३ वर्षका चमारले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफू उक्त बम विस्फोटमा गम्भीर घाइते भएको दाबी गरेका छन् । उनले भने, “म केवल साक्षी होइन, म स्वयं पीडित हुँ ।”

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको भनिएको विस्फोटमा चमारले गम्भीर घाउ बोकेका थिए । उनका अनुसार, राजपुर फरहदवास्थित अफ्ताब आलमको इँटाभट्टामा उनले मजदुरी गर्थे र त्यहीँ पैसा लिन जाँदा बम विस्फोट भएको थियो ।

“घरको ढोकाको छेउ पुग्दै गर्दा बम पड्कियो, अनुहार, घाँटी, छाती जले,” उनले पत्रकारहरूसँग भने, “दुवै कान उडायो बमले ।”

उनले आफूमाथि बम विस्फोटको प्रत्यक्ष असर परे पनि अदालतले त्यसको पुष्टि नभएको भन्दै आलमलाई सफाइ दिएकोमा गम्भीर आपत्ति जनाए । “म आफैँ घाइते छु, अनि कसरी बम पड्किएको छैन भनेर फैसला गर्न मिल्छ ?” उनले प्रश्न गरे ।

चमारले अफ्ताब आलम र उनका समर्थकबाट धम्कीसमेत पाएको दाबी गरेका छन् । “मेरो घरमा मान्छे पठाएर आमालाई धम्क्याएको थियो— ‘तिम्रो छोरा मर्छ’, अहिले पनि मलाई डर लागिरहेको छ,” उनले सुनाए ।

घटनापछि लामो समय भारतको अस्पतालमा उपचार गरेका चमारले उपचार खर्च मात्रै साढे ३ लाख भारतीय रुपैयाँ भएको बताए । तर अफ्ताब आलमले कुनै सहयोग नगरेको र हालसम्म कुनै चासो नदिएको भन्दै उनले आक्रोश पोखेका छन् ।

“सरकारलाई निवेदन गर्छु, यस्तो मान्छेलाई छोड्नुभएन, उसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो,” चमारले आँखाभरि आँसु पार्दै भने ।

उच्च अदालत वीरगन्जको इजलासले आलममाथि लागेको आरोपमा ुयथेष्ट प्रमाण नपुगेकोु भन्दै केही महिनाअघि सफाइ दिएको थियो । तर चमारको सार्वजनिक बयानसँगै यो फैसला फेरि विवादमा परेको छ ।

अब पीडित गौरीशंकर चमारको आग्रह छ— “म न्याय खोज्दै काठमाडौं आएको हुँ, मलाई न इन्कार गरिनुहोस् न बेवास्ता ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

कैलाली जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा...
नानक जयन्ती मनाइँदै

नानक जयन्ती मनाइँदै

यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो...
सञ्चारमन्त्रीको पहिलो निर्णय कार्यान्वयन, काठमाडौँका महत्वपूर्ण १९ स्थानमा निःशुल्क वाइफाइ

सञ्चारमन्त्रीको पहिलो निर्णय कार्यान्वयन, काठमाडौँका महत्वपूर्ण १९ स्थानमा निःशुल्क वाइफाइ

मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो ।