नेभिगेशन
समाज

रास्वपा र राप्रपाका सांसदद्वारा आज पनि संसद बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ति गर्ने थलो बनाउन खोजिएको आरोप लगाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद विनीता कठायतले कुलिङ अफ पिरियड हटाउन खोज्नुले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ति गर्ने थलो बनाउन खोजेको जस्तो देखिएको बताएकी हुन् । 

Ncell
Extreme Energy

कम्तिमा दुई बर्ष कुलिङ अफ पिरियड राख्न खोज्दा एमालेले राख्न नखोज्नुको कारण के रहेछ भन्दै उनले प्रश्न गरिन् । उनले कुलिङ अफ पिरियडलाई जनताले नजिकबाट हेरिरहेको भन्दै होस पुराउन सुझाव दिइन् । सांसद कठायतले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजिएको टिप्पणी गरिन् । यस विषयलाई अन्तराष्ट्रिय जगतले समेत गम्भीरतापूर्व हेरिरहेकाले उच्चस्तरीय छानविन समिति बनाउन उनले माग गरिन् । आफ्ना माग पुुरा नभएकाले आन्दोलन जारी रहेको उनकोे भनाइ छ । 

त्यस्तै बैठकमा राप्रपा सांसद धवल शम्शेर जवराले गत चैत्र १५ गते तीनकुने संविधानले दिएको अधिकार प्रयोग गर्दा राज्यका तर्फबाट अध्याधिक बल प्रयोग भएको दोहोर्याए । घटनालाई लिएर झुटा मुद्धा लगाएको भन्दै उनले न्यायलयबाट न्याय पाउने विश्वास व्यक्त गरे । उनले उक्त घटनाको संसदीय छानविन समिति बनाएर छानविन गर्न मागगरे । 

भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै आन्दोलनरत रास्वपा र राप्रपाका सांसदले शुक्रबार पनि सदन बहिष्कार गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै