नेभिगेशन
समाज

जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई अन्तरराष्ट्रिय ऐक्यबद्धता आवश्यकः उपसभामुख राना

हेनान (चीन) । उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तरराष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज चीनको हेनान प्रान्तमा आयोजित साङ्घाई सहयोग मञ्चको कार्यक्रम ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षा विषयक’ सत्रमा सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका प्रमुखको हैसियतले उपसभामुख रानाले विश्वजलवायु परिवर्तनमा खासै योगदान नभएको हिमाली मुलुक नेपाल सबैभन्दा बढी प्रभावित भई त्यसको प्रत्यक्ष असर सामना गर्नुपरेको बताएकी हुन् ।

Ncell
Extreme Energy

“हामीले यो सङ्कट निम्त्याएका होइनौँ, तर पनि हामी समाधानको हिस्सा बन्न तयार छौँ”, उनले भनिन्, “जलवायु परिवर्तनका असर कम गर्न, हरित ऊर्जा प्रवद्र्धन गर्न र जलवायु न्याय सुनिश्चित गर्न जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित नेपाललाई तत्काल अन्तरराष्ट्रिय ऐक्यबद्धताको खाँचो छ । यसतर्फ विश्वजगतबाट साथ सहयोग प्राप्त हुने विश्वास लिएकी छु ।”  

सम्बोधनका क्रममा उपसभामुख रानाले हिमाली राष्ट्रका रूपमा नेपाल जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहनु, हिमनदी पग्लनु र छिटो मौसम परिवर्तन हुनुका साथसाथै ग्रामीण र हिमाली क्षेत्रमा प्रतिकूल प्रभाव पारिरहेको घटनाक्रम प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण नेपाल अप्ठ्यारो स्थितिमा रहेको भनी अन्तरराष्ट्रिय जगतको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

भाइरल भिडियोबारे शिक्षामन्त्रीः ‘दुईजना व्यक्तिले हल्ला गरेपछि कार्यक्रमस्थलबाट बाहिरिएका हौँ’

सोही सन्दर्भमा उनी शनिबार सिरहा र सप्तरी पुगेका थिए । धेरैभन्दा धेरैका आवाज सुन्ने प्रयास भएपनि २ जनाले हल्ला गरेका कारण निस्कन परेको उनको भनाइ छ । ‘आज...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...

भर्खरै