नेभिगेशन
मुख्य समाचार

स्थानीय कच्चा पदार्थको प्रयोग गर्न पाउनुपर्ने माग राख्दै, मझुवागढी नगरपालिकाका मेयर भट्टराई अनसनमा

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बुधबारदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न पाउनुपर्ने माग गर्दै उनले अनसन सुरु गरेका हुन्।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।  उनले पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ, प्रकृतिको विनास हैन, संरक्षण गरौँ, जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर, प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

City Express

त्यस्तै आइतबार उनले माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर सत्याग्रह सुरु गरेका थिए । माग पूरा नभएपछि उनले आमरण अनसन सुरु गरेका हुन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
परदेशिएका नेपालीले साउनमा मात्रै  पठाए एक खर्ब ७७ अर्ब रेमिट्यान्स

परदेशिएका नेपालीले साउनमा मात्रै  पठाए एक खर्ब ७७ अर्ब रेमिट्यान्स

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव आठ प्रतिशतले बढेको थियो ।...
आजको मौसमः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान...
खण्डहर बने प्रमुख तीन राजनीतिक दलका मुख्यालय

खण्डहर बने प्रमुख तीन राजनीतिक दलका मुख्यालय

देशमा बढेको बेथिति, भ्रष्ट्राचारले गर्दा राजनैतिक दल र नेताहरु प्रतिको वितृष्णाले निम्त्याएको  परिणाम थियो जेन जी आन्दोलन ।जसको फलस्वरूप आन्दोलनकारीहरुले तीन ठूला राजनीतिक दलका मुख्यालयमा तोडफोड सँगै आगजनी...
गगन भन्छन्ः सरकार अलमलियो भने खबरदारी गरौँ

गगन भन्छन्ः सरकार अलमलियो भने खबरदारी गरौँ

उनले पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता भएको समेत उल्लेख गरेका छन्  । 'पार्टी पुनर्गठन आजको अनिवार्य आवश्यकता हो। संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरू गरौं,' उनले आह्वान...