नेभिगेशन
समाज

अनशनरत मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आयोगको आग्रह

काठमाडौँ । जैविक विविधता, रैथाने संस्कृति र वातावरण संरक्षणसम्बन्धी विभिन्न मागसहित साउन ११ गतेदेखि माइतीघर मण्डलामा अनशनरत खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले मंगलबार माइतीघर र वीर अस्पताल पुगेर अनशनरत भट्टराईको अवस्थाबारे जानकारी लिएको छ । अनुगमनका क्रममा आयोगले स्वास्थ्यमन्त्री प्रदीप पौडेल, भट्टराई स्वयं र वीर अस्पतालका चिकित्सक तथा प्रशासकहरूसँग छलफल गरेको जनाएको छ।

Ncell
Extreme Energy

मेयर भट्टराईले बाँसको प्रवर्द्धन, जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक विविधताको संरक्षण, क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन, खोटाङलाई बाँसको राजधानी घोषणा, निर्माण व्यवसायीलाई काम नसकुन्जेल अर्को काम नदिनेजस्ता मागहरू अघि सारेका छन्। साथै, बाँदरलगायतका वन्यजन्तु नियन्त्रणका लागि नीतिगत पहल गर्नुपर्ने माग उनले राखेका छन्।

अनुगमनका क्रममा भट्टराईले माइतीघरमा नै अनशन बस्ने अडान लिएपछि स्थानीय प्रशासनले रत्नपार्कस्थित शान्तिवाटिका जान आग्रह गरे पनि उनी त्यहाँ जान अस्वीकार गरेका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि साउन १४ गते राति उनलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको रक्तचाप, रगतमा चिनीको मात्रा तथा मुटुको चाल खतराको अवस्थामा पुगेको भए पनि उनी थप उपचार गर्न अस्वीकार गरिरहेका छन्।

सरकारका प्रतिनिधिहरू र भट्टराईबीच वार्ता गर्न अनौपचारिक पहल भइरहेको जानकारी दिँदै आयोगले भट्टराईको जीवन रक्षा गर्न र वार्तामार्फत समाधान खोज्न सरकारसँग अपिल गरेको छ। आयोगले यथाशीघ्र समाधान गरी मेयरको जीवन रक्षामा ध्यान दिन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

सिक्टा सिँचाइः ५१ प्रतिशत भौतिक प्रगति, पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी दिए । उनका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत निर्माणको भौतिक प्रगति भएको छ भने...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...

भर्खरै