नेभिगेशन
समाज

अनशनरत मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आयोगको आग्रह

काठमाडौँ । जैविक विविधता, रैथाने संस्कृति र वातावरण संरक्षणसम्बन्धी विभिन्न मागसहित साउन ११ गतेदेखि माइतीघर मण्डलामा अनशनरत खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले मंगलबार माइतीघर र वीर अस्पताल पुगेर अनशनरत भट्टराईको अवस्थाबारे जानकारी लिएको छ । अनुगमनका क्रममा आयोगले स्वास्थ्यमन्त्री प्रदीप पौडेल, भट्टराई स्वयं र वीर अस्पतालका चिकित्सक तथा प्रशासकहरूसँग छलफल गरेको जनाएको छ।

Ncell
Extreme Energy

मेयर भट्टराईले बाँसको प्रवर्द्धन, जलवायु परिवर्तनको असर न्यूनीकरण, जैविक विविधताको संरक्षण, क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन, खोटाङलाई बाँसको राजधानी घोषणा, निर्माण व्यवसायीलाई काम नसकुन्जेल अर्को काम नदिनेजस्ता मागहरू अघि सारेका छन्। साथै, बाँदरलगायतका वन्यजन्तु नियन्त्रणका लागि नीतिगत पहल गर्नुपर्ने माग उनले राखेका छन्।

अनुगमनका क्रममा भट्टराईले माइतीघरमा नै अनशन बस्ने अडान लिएपछि स्थानीय प्रशासनले रत्नपार्कस्थित शान्तिवाटिका जान आग्रह गरे पनि उनी त्यहाँ जान अस्वीकार गरेका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि साउन १४ गते राति उनलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। अस्पतालका अनुसार उनको रक्तचाप, रगतमा चिनीको मात्रा तथा मुटुको चाल खतराको अवस्थामा पुगेको भए पनि उनी थप उपचार गर्न अस्वीकार गरिरहेका छन्।

सरकारका प्रतिनिधिहरू र भट्टराईबीच वार्ता गर्न अनौपचारिक पहल भइरहेको जानकारी दिँदै आयोगले भट्टराईको जीवन रक्षा गर्न र वार्तामार्फत समाधान खोज्न सरकारसँग अपिल गरेको छ। आयोगले यथाशीघ्र समाधान गरी मेयरको जीवन रक्षामा ध्यान दिन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...