नेभिगेशन
मुख्य समाचार

यसरी मनाइयो पहिलोपटक राष्ट्रिय कोदो दिवस (तस्बिरहरु)

भक्तपुर । आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ। भक्तपुरको ताथलीमा कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो। गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याँकमा उल्लेख्य रुपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले जानकारी दिए । 

प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस मनाइएको हो । कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

 

Kodo-Diwas-9-1754034100.jpg

Kodo-Diwas-10-1754034100.jpg

Kodo-Diwas-12-1754034100.jpg

Kodo-Diwas-8-1754034102.jpg

Kodo-Diwas-7-1754034102.jpg

Kodo-Diwas-5-1754034103.jpg

Kodo-Diwas-6-1754034103.jpg

Kodo-Diwas-4-1754034104.jpg

Kodo-Diwas-3-1754034104.jpg

Kodo-Diwas-1-1754034104.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हराएको ४५ वर्षपछि अमेरिकाबाट फर्काइयो एशियाकै ठूलो पौभा चित्र (तस्विरहरु)

हराएको ४५ वर्षपछि अमेरिकाबाट फर्काइयो एशियाकै ठूलो पौभा चित्र (तस्विरहरु)

यस चित्रलाई एशियाकै सबैभन्दा ठूलो पौभा चित्र मानिन्छ। यसले नेपालको सांस्कृतिक, धार्मिक र कलात्मक सम्पदामा उल्लेखनीय योगदान दिन्छ। पर्यटक हेनरीले यो चित्र पहिलोपटक नेपालमै देखेका थिए। पछि अमेरिकामा...
मधेशमा सिँचाइको आशा बोकेको आयोजनाको ३० महिनाको प्रगति ७ प्रतिशत

मधेशमा सिँचाइको आशा बोकेको आयोजनाको ३० महिनाको प्रगति ७ प्रतिशत

मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने गरी २०७७ सालमा शिलान्यास गरी निर्माण अगाडी बढाईएको सुनकोशी...
महोत्तरीका कुवा, इनार र चापाकल सुके, ट्याङ्करबाट वितरित पानीको भरमा दैनिकी

महोत्तरीका कुवा, इनार र चापाकल सुके, ट्याङ्करबाट वितरित पानीको भरमा दैनिकी

वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत प्रणाली...