नेभिगेशन
समाज

अब नर्स र शिक्षकलाई न्यूनतम पारिश्रमिक नदिए कारबाही हुने

काठमाडौँ । सरकारले अस्पतालका नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक र विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकहरूलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिने रोजगारदातामाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै 'तालिमी' का नाममा भइरहेको श्रम शोषणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा श्रम ऐनको अनिवार्य पालना गर्न निर्देशन दिँदै भनिएको छ,'तालिमीका रुपमा काममा लगाइएका व्यक्तिलाई रोजगारदाताले कम्तिमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चयकोष, बीमा लगायतका सामाजिक सुरक्षा कमी नहुने गरी सुविधा दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ।'

Marvel
Extreme Energy

पछिल्लो समय विशेषगरी नर्सिङ स्टाफ र निजी विद्यालयका शिक्षकहरूबाट न्यूनतम पारिश्रमिक नपाएको भन्दै मन्त्रालयमा उजुरी र गुनासाहरू बढेका छन्।

श्रम ऐन, २०७४ को दफा ११ अनुसार तालिमीका रूपमा काम गर्ने व्यक्तिले पनि न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चय कोष र बिमा जस्ता सामाजिक सुरक्षाका सुविधाहरू अनिवार्य पाउनुपर्छ।

ऐनको दफा १६३ र १६४ ले श्रमिकको पारिश्रमिक र सुविधा रोक्ने रोजगारदातालाई बिगो भराई जरिवाना गर्ने र पटक–पटक कानुन उल्लंघन गरेमा वा विभागको निर्देशन नमानेमा श्रम ऐन २०७४को दफा १६७ बमोजिम कैद सजाय समेत हुन सक्ने व्यवस्था गरेको छ।

पछिल्लो समय विशेषगरी नर्सिङ स्टाफ र निजी विद्यालयका शिक्षकहरूबाट न्यूनतम पारिश्रमिक नपाएको भन्दै मन्त्रालयमा उजुरी र गुनासाहरू बढेका छन्। सरकारले सबै रोजगारदातालाई प्रचलित कानुनको पूर्ण पालना गर्न र श्रमिकका हकहित सुरक्षित गर्न अन्तिम मौका दिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, 'न्यूनतम पारिश्रमिक लगायतका सुविधाहरुबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुन आकर्षित हुने व्यहोरा जानकारी गराउँदै उक्त कानुनको स्वतःस्फूर्त परिपालना गर्न सम्बन्धित सबै प्रतिष्ठान, संस्था तथा सरोकारवालाहरुलाई हार्दिक अपिल गरिन्छ।' सरकारले अब 'तालिम' को आवरणमा हुने शोषण रोक्न अनुगमनलाई समेत तीव्र बनाउने संकेत दिएको छ।

665743580_945667795108897_8646180846117724391_n-1775477893.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।