नेभिगेशन
समाज

युद्धग्रस्त खाडीबाट ८८ हजार नेपालीले खोजे नेपाल सरकारको साथ

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको बताएका छन् । 

सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरुसंग कुरा गर्दैै मन्त्री खनालले मध्यपूर्वको युद्धका कारण कुनै नेपालीलाई समस्या परे स्वदेश फर्काउन सरकारले सहजीकरण लगाएतका कामहरु गम्भीरतापूर्वक गरिरहेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सहजीकरणका लागि ८८ हजार भन्दा बढिको नाम संकलन भएको जानकारी दिदै तुरुन्त नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर आवश्यक काम गरिरहेको बताए ।

Ncell
Extreme Energy

अहिले युद्धका कारण नभइ नेपालीहरुको भिसा, कामको छुट्टी लगाएतका नियमित किसिमका समस्याका कारणह? देखिएको उनको भनाइ छ ।

परराष्ट्रमन्त्री खनालले युद्धकै कारणले अथवा असुरक्षाको कारणले स्वदेश फर्कनुपर्ने दबाव नदेखिएको उल्लेख गरे । मध्यपूर्वको युद्धका कारण हाल पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिकै कारण सार्वजनिक निकायमा छुट्टी दिने निर्णय भएको जानकारी दिदै मन्त्री खनालले आगामी दिनमा देखिन सक्ने अन्य समस्याका बारेमा अध्ययन भइरहेको बताए ।

साथै उनले यस बर्ष मलखादको समस्या पनि देखिन सक्ने भएकाले पूर्व तयारीका लागि समेत सुझावका साथ प्रतिवेदन तयार पारेर मंगलबारसम्म मन्त्रिपरिषद्मा बुझाइने जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।