नेभिगेशन
समाज

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरको छ ।
 
सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उल्लिखित पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथ अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ ।
 
कार्यालय प्रमुख सुनील यादवले अनुगमनका क्रममा उद्योगी व्यवसायीले आफूखुसी अनियमित रुपमा ढक तथा तराजु र ‘डिजिटल’ प्रविधिमा आधारित  नापतौलयन्त्रको प्रयोग गरेको भेटिएपछि जरिवानासहित कानुनी दायरामा ल्याएको बताए ।   

Marvel
Extreme Energy

प्रमुख यादवका अनुसार आर्थिक गत वर्षको साउनदेखि असारसम्म गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा इजाजतविना आफूखुसी नापतौल यन्त्रको प्रयोग गरेको तथा कम तौलको सामान दिइ बढी रकम लिने गरेको गुनासोका आधारमा कानुनबमोजिम कारबाही गरिएको हो ।  
 
सो अवधिमा दुई हजार ६३० व्यावसायीको नापतौल यन्त्रको जाँच गरेकामा सर्लाहीको लालबन्दी  तथा  हरिवन नगरपालिका, महोत्तरीको गौशाला,  रामेछापको मन्थली नगरपालिका र  सिन्धुलीको कमलामाई नगरपालिका केही व्यवसायीको नापतौल यन्त्रको प्रयोगमा कैफियत दखिएपछि जरिवानासहित उनीहरूलाई सचेत गराइएको सो कार्यालयले जनाएको छ ।
 
पटकपटक गरिएको एकल तथा संयुक्त अनुगमनका क्रममा सो कार्यालयले रु  ५१ लाख एक हजार ९६० राजस्व सङ्कलन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यालयले रु ४० लाख ६७ हजार दुई ४२ राजस्व सङ्कलन गरेको थियो ।

कार्यालय प्रमुख यादवले पाँच जिल्लाको कार्यक्षेत्र रहेको कार्यालयको आफ्नै भवन नहुँदा अप्ठ्यारो भएको, भाडाको सानो घरमा बस्दा काम गर्ने वातावरण नभएको, डोरको अनुगमन तथा खटनपटनका लागि सवारीसाधनको सुविधा नभएको र कार्यालय सञ्चालनका लागि आवश्यक बजेटसमेत नभएको गुनासो गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
छठको दोस्रो दिन आज ‘खरना’

छठको दोस्रो दिन आज ‘खरना’

मिथिलाञ्चलसहित तराई–मधेसमा छठ पर्वको उल्लास छाएको छ। चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज शनिबार व्रतालुले ‘खरना’ विधि गर्दैछन्।
जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा नेपालको प्रभावकारी उपस्थिति स्थापित गर्न दीर्घकालीन तयारी, अनुभवी वार्ता टोली र निरन्तर कूटनीतिक प्रयास आवश्यक रहेको बताएका छन्।
भारतबाट दैनिक सय हाराहारी हात्ती नेपाल छिर्छन्, रोक्न नयाँ तारबार र ट्याक्टर माग

भारतबाट दैनिक सय हाराहारी हात्ती नेपाल छिर्छन्, रोक्न नयाँ तारबार र ट्याक्टर माग

भारतबाट दैनिक करिब एक सयको संख्यामा जङ्गली हात्ती नेपाल प्रवेश गर्न थालेपछि झापाको मेचीनगरस्थित बाहुनडाँगीका बासिन्दाले सीमा क्षेत्रमा नयाँ सौर्य विद्युतीय तारबार जडान गर्न र हात्ती धपाउन ट्याक्टर...
डलरको भाउ बढ्यो, युरो र पाउन्ड सस्तिए

डलरको भाउ बढ्यो, युरो र पाउन्ड सस्तिए

अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्डसहित केही प्रमुख विदेशी मुद्राको मूल्य घटेको छ।