नेभिगेशन
समाज

खिलबहादुरलाई भारत लगेर मिर्गौला तस्करी गर्ने एक जना पक्राउ, लिन्थे प्रति व्यक्ति ५० हजार कमिसन

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत पुर्‍याएर मिर्गौला तस्करी गर्ने गिरोहका एक जना पक्राउ परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्रोतका अनुसार भुजेललाई काठमाडौँबाटै सुनौली नाका हुँदै भारत पुर्‍याउने तथा ल्याउने नुवाकोटका समीर परियार पक्राउ परेका हुन् । उनले एक जना व्यक्ति बराबर ५० हजार रुपैयाँ कमिसन लिने गरेको खुलेको छ । 

Ncell
Extreme Energy

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पनि एक जनालाई नियन्त्रण लिएर अनुसन्धान थालिएको पुष्टि गरे । 'बुधवार एक जनालाई नियन्त्रणमा लिएर मिर्गौला तस्करीमा उनको भूमिका बारे अनुसन्धान गरिरहेका छौँ, आज थप कानुनी प्रक्रिया अघि बढ्छ' प्रवक्ता कुँवरले भने ।

खिलबहादुरले सुरुमा आफूलाई पोखराबाट अपहरण गरी भारत लगिएको भने पनि अनुसन्धानका क्रममा भने उनलाई काठमाडौँबाटै फकाई फुलाई सुनौली नाका हुँदै भारती पुराइएको पाइएको खिलबहादुरका दाइ मानबहादुर भुजेलले बताए । 

मानबहादुरका अनुसार गिरोहले जडीबुटीबाट खिलबहादुरलाई कीर्तिपुर पुर्‍याएर स्वास्थ्य परीक्षण गरेपछि कंलकीमा खाजा र मदिरा सेवन गराएका रहेछन्, नौबिसेमा खाना खुवाएर सुनौली नाका हुँदै भारत पुराएको रहेछ । साथै खिलबहादुरको मिर्गौला साउन ९ गते नै झिकिएको समेत पाइएको छ । 

यस अघि खिलबहादुरले आफूलाई पोखराबाट राम्रो रोजगारीको प्रलोभन देखाएर भारत लगेको तर कामको पैसा माग्ने बेलामा बेहोस बनाई मिर्गौला झिकेको बताएका थिए । उनले आफू होसमा आउँदा काठमाडौँको कलकीमा भएको बताएका थिए । 

तस्करले बेहोसिमै भारत पुर्याएर किड्नी चोरे !
स्रोतका अनुसार खिलबहादुर सहित ५ जना अन्य व्यक्ती लाई पनि भारत लगिएको आशङ्का गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...
घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

बिहीबार राति मधेशकेन्द्रीत दलहरुसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भने, अहिले हिंसा नभड्कियोस् भन्नका लागि सद्भाव कायम रहोस् भन्नका लागि यदी मसँग आगो निभाउन पानी छैन भने म...
राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

राष्ट्रपति निवास पुगे प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन शाह राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न गएका पुगेका हुन् ।
भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

भाइचारा खलबलाउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रुपमा सचेत छ

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित...