नेभिगेशन
समाज

खिलबहादुरलाई भारत लगेर मिर्गौला तस्करी गर्ने एक जना पक्राउ, लिन्थे प्रति व्यक्ति ५० हजार कमिसन

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत पुर्‍याएर मिर्गौला तस्करी गर्ने गिरोहका एक जना पक्राउ परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्रोतका अनुसार भुजेललाई काठमाडौँबाटै सुनौली नाका हुँदै भारत पुर्‍याउने तथा ल्याउने नुवाकोटका समीर परियार पक्राउ परेका हुन् । उनले एक जना व्यक्ति बराबर ५० हजार रुपैयाँ कमिसन लिने गरेको खुलेको छ । 

Marvel

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले पनि एक जनालाई नियन्त्रण लिएर अनुसन्धान थालिएको पुष्टि गरे । 'बुधवार एक जनालाई नियन्त्रणमा लिएर मिर्गौला तस्करीमा उनको भूमिका बारे अनुसन्धान गरिरहेका छौँ, आज थप कानुनी प्रक्रिया अघि बढ्छ' प्रवक्ता कुँवरले भने ।

खिलबहादुरले सुरुमा आफूलाई पोखराबाट अपहरण गरी भारत लगिएको भने पनि अनुसन्धानका क्रममा भने उनलाई काठमाडौँबाटै फकाई फुलाई सुनौली नाका हुँदै भारती पुराइएको पाइएको खिलबहादुरका दाइ मानबहादुर भुजेलले बताए । 

मानबहादुरका अनुसार गिरोहले जडीबुटीबाट खिलबहादुरलाई कीर्तिपुर पुर्‍याएर स्वास्थ्य परीक्षण गरेपछि कंलकीमा खाजा र मदिरा सेवन गराएका रहेछन्, नौबिसेमा खाना खुवाएर सुनौली नाका हुँदै भारत पुराएको रहेछ । साथै खिलबहादुरको मिर्गौला साउन ९ गते नै झिकिएको समेत पाइएको छ । 

यस अघि खिलबहादुरले आफूलाई पोखराबाट राम्रो रोजगारीको प्रलोभन देखाएर भारत लगेको तर कामको पैसा माग्ने बेलामा बेहोस बनाई मिर्गौला झिकेको बताएका थिए । उनले आफू होसमा आउँदा काठमाडौँको कलकीमा भएको बताएका थिए । 

तस्करले बेहोसिमै भारत पुर्याएर किड्नी चोरे !
स्रोतका अनुसार खिलबहादुर सहित ५ जना अन्य व्यक्ती लाई पनि भारत लगिएको आशङ्का गरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जामन्त्री श्रेष्ठ स्वेदश फिर्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ स्वदेश फर्किएका छन् ।
पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकार धरपकडको घटनामा छानबिन गरी दोषिलाई कारवाही गर्न सरकारलाई रास्वपाको निर्देशन

पार्टी कार्यालय बनस्थलीमा शनिबार बसेको रास्वपा सचिवालय बैठकले पत्रकारहरुमाथि भएको धरपकड गलत भएको निष्कर्ष निकाल्दै कुनै ढिलासुस्ती नगरि धरपकडको घटनाको छानबिन गर्दै दोषिलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको...
विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

विवादित न्यायाधीशलाई महाअभियोग लगाउने रास्वपाको तयारी, सदंदीय दललाई प्रक्रिया अघि बढाउन निर्देशन

‘यो क्षेत्र (न्यायालय) को पनि पुनर्संरचना हुनुपर्छ भन्ने महसुस पार्टीले गरेको छ,’ खरेलले भने । औपचारिकरुपमा प्रवक्ता खरेलले न्याय क्षेत्रमाथि उठेका विषहरूको निरुपण गर्ने प्रक्रिया अघि बढाउनका लागि...
संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो केही छैनः रवि लामिछाने

‘यसमा कहिले पनि दुविधा कसैले गर्नुपर्दैन । संविधान र लोकतन्त्र भन्दा माथि कोही पनि छैन । यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने...