नेभिगेशन
मुख्य समाचार

ख्याल ख्यालमै ८४ मा पत्तासाफ भइन्छ भन्ने भयले कांग्रेसका दुई महामन्त्रीहरू बर्बराउन थालेः उपसभापति डा.स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ का उपसभापति डा। स्वर्णिम वाग्लेले रास्वपाको उदयले कांग्रेसका दुई महामन्त्रीहरू बर्बराउन थालेको बताएका छन् । केन्द्रीय समिति बैठकपछि पार्टी कार्यलयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिँदै वाग्लेले यस्तो बताएका हुन् ।

उनले महामन्त्रीहरुले बोलेको स्तरमा आफ्नो तहबाट जवाफ दिन नपर्ने भन्दै उनीहरूलाई आफ्नो रूपन्देहीका नयाँ उम्मेदवार सुलभ खरेलबाट सिक्न पनि अनुरोध गरे । बुधबारको संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री विश्व प्रकाश शर्माले जेलमा रहेका रास्वपाका महामन्त्री रवि लामिछानेलाई गाली गरेका थिए । सञ्चाकर्मीहरुले त्यसै विषयमा वाग्लेको धारणा माग गरेका थिए । 

CG

‘मैले कांग्रेस छोडेको अढाई वर्षमा कांग्रेसका दुई महामन्त्रीलाई खासै गाली गरेको छैन् तर उहाँहरु किन बर्बराई रहनुभएको छ ? मलाई अचम्म लाग्छ,’ उपसभापति वाग्लेले थपे,‘सायद ख्याल ख्यालमै ८४ मा पत्ता साफ भइन्छकी भन्ने भयले हुनसक्छ । उहाँहरूको स्तरमा गिरेर बोलिरहन खासै जरुरी पनि लाग्दैन ।’

महामन्त्री विश्वप्रकाश शर्माप्रति इगिंत गर्दै उपसभापति वाग्लेले केही समय देखि बेपत्ता अवस्थामा रहेका महामन्त्री अहिले बोलेको बन्दै व्यङ्ग्यात्मक कटाक्ष पनि गरे ।

‘म तनहुँमा चुनाव लडिरहेको बेला दमौलीमा साडी बाँड्दै हुनुहुन्थ्यो । त्यसपछि दुई तीन पटक संसदमा बोलेको सुने । हिमाल चढ्दै गरेको सुने । घोषणा पत्रबारे हाकाहाकी झुट बोल्दिनुभयो । जबकी त्यसको ड्राफ्ट मैले नै गरेको थिएँ, ’ वाग्लेले भने, ‘यो स्तरको जवाफ मेरो लेबलबाट दिनु पर्दैन । भर्खरै रूपन्देही ३ मा चुनाव लड्न आउनु भएका नयाँ उम्मेदवार सुलभ खरेलले दुई तीन साता अघि लेख्नु भएको छ । उहाँहरूलाई त्यही कुरा पढ्न रिडिङ लिस्ट सिफारिस गर्छु ।’ 

पार्टी सभापति रवि लामिछानेको कारागार बसाईबारे सञ्चार माध्यममा आएका कुरा सत्य भएको उनले बताए । आफूले दर्जनौँ पटक रविलाई यस्तै संरचना अघिबाट छाता ओढेर भेटेको वाग्लेले बताए ।

नयाँ पत्रिकाको समाचार आएको फोटो सक्कल र सही विश्लेषणसहितको स्केच भएको वाग्लेले बताए । आफुले ताल्चा लगाएको कारागारको बाहिर बसेर रविलाई भेटेको भन्दै उनले त्यस बखत मन चसक्क भएको बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

अन्तरिम सरकारका मन्त्रीहरु नै चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

बैठकमा विशेष समयमा सांसदहरूले वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीले जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएको विषयमा असन्तुष्टि जनाएका हुन ।
सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

सुदूरपश्चिममा ४८१ मतदानस्थल अतिसंवेदनशील

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रहरीले प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको हो...
जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली  (तस्बिरहरु)

जिल्लामा यसरी पठाइदै छ फोटोसहितको मतदाता नामावली (तस्बिरहरु)

अहिले आयोगमा फोटोसहितको नामावली जिल्लाजिल्ला पठाउने कार्य भइरहेको छ। पहिलो चरणमा यो काम सकिएपछि मतदाता नामावली पनि जिल्ला पठाउने कार्य सुरु हुने आयोगले जनाएको छ।
रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

रास्वपा वरिष्ठ नेता बालेन शाह दार्चुला पुगेपछि....(तस्बिरहरु)

बुधबार उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्...