नेभिगेशन
समाज

ख्याल ख्यालमै ८४ मा पत्तासाफ भइन्छ भन्ने भयले कांग्रेसका दुई महामन्त्रीहरू बर्बराउन थालेः उपसभापति डा.स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा_ का उपसभापति डा। स्वर्णिम वाग्लेले रास्वपाको उदयले कांग्रेसका दुई महामन्त्रीहरू बर्बराउन थालेको बताएका छन् । केन्द्रीय समिति बैठकपछि पार्टी कार्यलयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा जवाफ दिँदै वाग्लेले यस्तो बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले महामन्त्रीहरुले बोलेको स्तरमा आफ्नो तहबाट जवाफ दिन नपर्ने भन्दै उनीहरूलाई आफ्नो रूपन्देहीका नयाँ उम्मेदवार सुलभ खरेलबाट सिक्न पनि अनुरोध गरे । बुधबारको संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री विश्व प्रकाश शर्माले जेलमा रहेका रास्वपाका महामन्त्री रवि लामिछानेलाई गाली गरेका थिए । सञ्चाकर्मीहरुले त्यसै विषयमा वाग्लेको धारणा माग गरेका थिए । 

Ncell
Extreme Energy

‘मैले कांग्रेस छोडेको अढाई वर्षमा कांग्रेसका दुई महामन्त्रीलाई खासै गाली गरेको छैन् तर उहाँहरु किन बर्बराई रहनुभएको छ ? मलाई अचम्म लाग्छ,’ उपसभापति वाग्लेले थपे,‘सायद ख्याल ख्यालमै ८४ मा पत्ता साफ भइन्छकी भन्ने भयले हुनसक्छ । उहाँहरूको स्तरमा गिरेर बोलिरहन खासै जरुरी पनि लाग्दैन ।’

महामन्त्री विश्वप्रकाश शर्माप्रति इगिंत गर्दै उपसभापति वाग्लेले केही समय देखि बेपत्ता अवस्थामा रहेका महामन्त्री अहिले बोलेको बन्दै व्यङ्ग्यात्मक कटाक्ष पनि गरे ।

‘म तनहुँमा चुनाव लडिरहेको बेला दमौलीमा साडी बाँड्दै हुनुहुन्थ्यो । त्यसपछि दुई तीन पटक संसदमा बोलेको सुने । हिमाल चढ्दै गरेको सुने । घोषणा पत्रबारे हाकाहाकी झुट बोल्दिनुभयो । जबकी त्यसको ड्राफ्ट मैले नै गरेको थिएँ, ’ वाग्लेले भने, ‘यो स्तरको जवाफ मेरो लेबलबाट दिनु पर्दैन । भर्खरै रूपन्देही ३ मा चुनाव लड्न आउनु भएका नयाँ उम्मेदवार सुलभ खरेलले दुई तीन साता अघि लेख्नु भएको छ । उहाँहरूलाई त्यही कुरा पढ्न रिडिङ लिस्ट सिफारिस गर्छु ।’ 

पार्टी सभापति रवि लामिछानेको कारागार बसाईबारे सञ्चार माध्यममा आएका कुरा सत्य भएको उनले बताए । आफूले दर्जनौँ पटक रविलाई यस्तै संरचना अघिबाट छाता ओढेर भेटेको वाग्लेले बताए ।

नयाँ पत्रिकाको समाचार आएको फोटो सक्कल र सही विश्लेषणसहितको स्केच भएको वाग्लेले बताए । आफुले ताल्चा लगाएको कारागारको बाहिर बसेर रविलाई भेटेको भन्दै उनले त्यस बखत मन चसक्क भएको बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै