नेभिगेशन
सबै कुरा
टिकटकमाथि प्रतिबन्ध :

नेपालले भन्दा पहिल्यै यी आधा दर्जन बढी देशहरुले टिकटकमाथि लगाएका थिए प्रतिबन्ध

सामाजिक सद्‍भाव खल्बलाउने माध्यमको रुपमा टिकटकको दूरुपयोग हुन थालेको भन्दै सोमबार मन्त्रीपरिषद्ले नेपालमा टिकटकको प्रतिबन्ध लगाउने निर्णय गर्यो । मन्त्रीपरिषद्को निर्णयसँगै सामाजिक संजालमा यसको पक्ष र विपक्षमा बहस नै सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अरु त अरु देशका शीर्षस्थ नेताहरु नै मन्त्रीपरिषद्को निर्णय कतिपयले खुलेर स्वागत गरेका छन् त कतिपय विरोधमा उत्रिएका छन् ।

Ncell
Extreme Energy

यसअघि पनि नेपालमा विभिन्न समयमा टिकटकमाथि प्रतिबन्ध लगाउने चर्चा भएको थियो तर पछिल्लो समय भने यो चर्चा चर्चामा मात्रै सिमित रहेन् । मन्त्रीपरिषद्ले नै बन्द गर्नुपर्छ भनेर सहमति जनायो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीका अनुसार टिकटक बन्द गर्ने प्रक्रिया अघि बढिसकेको छ, प्राविधिकहरुले काम गरिरहेका कारण कतिबेलाबाट बन्द हुन्छ भन्ने यकिन छैन ।

त्यसो त टिकटक बन्द हुन नेपाल एक्लो देशमा भने हैन् । विश्वका २ दर्जन बढी मुलुकमा यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकिएको छ । 

अरु त अरु नेपालको छिमेकी मुलुक भारतले समेत सन २०२० मा नै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । उसले गोपनीयतामाथि प्रश्न उठाउँदै टिकटकलगायत अन्य एप एकैसाथ बन्द गरेको थियो ।

त्यस्तै सन २०२३ मै बेलायत, न्युजिल्यान्ड, क्यानडा, बेल्जियम, डेनमार्क, सोमालिया, इरान, अष्ट्रिया, इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, लाटभिया, माल्टा, नर्वे, अस्टे«लिया लगायतका मुलुकमा टिकटक एपलाई प्रतिबन्ध लगाइएको छ भने सन २०२२ मा अमेरिका, ताइवान, अफगानिस्तान, जोर्डन, नेदरल्यान्ड लगायतका मुलुकमा प्रतिबन्ध लगाइएको थियो ।

सन २०२० र २०२१ मा पाकिस्तान, भारत, अर्मेनिया र अजरबैजानमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो भने बंगलादेशमा र इन्डोनेसियामा सन् २०१८ मा यो एप बन्द गरिएको थियो ।  

प्रतिबन्ध लगाएका मुलुकहरु अधिकांशले सुरक्षा, गोपनीयता साथै वितृष्णा फैलाएको आरोपमा टिकटकमाथि प्रतिबन्ध लगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले २०८३ जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो...
नयाँ प्रविधि अपनाउन १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

नयाँ प्रविधि अपनाउन १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी...
‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटिटी प्लेटफर्म’हरूले अनुमति लिनुपर्नेछ । यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका ‘डिजिटल...
एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

यो प्रमाणीकरणले एनसेल डाटा सेन्टरको डिजाइन रेटिङ थ्री को मापदण्डअनुसार रहेको पुष्टि गर्दछ, जसले अत्यावश्यक र सम्वेदनशील कार्य सञ्चालन गर्नका लागि समानान्तर रुपमा मर्मत गर्न सकिने उच्च उपलब्धता,...