नेभिगेशन
समाज

युट्युबमा तीज गीतको लहर

गण्डकी । लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी...’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण गायिका माझीको गीतलाई दर्शकस्रोताले रुचाएका हुन् । गत वर्ष पनि उहाँको तीज गीत ‘आइन आमा यो तीजमा...’ ले सार्वजनिक भएको दुई दिन नबित्दै युट्युबमा ३० लाख बढी ‘भ्यूज’ बटुलेको थियो । 

Ncell
Extreme Energy

माझीले विगत दुई दशकयता बर्सेनि तीज गीत सार्वजनिक गर्दै आएकी छिन् । कतिपयले त विष्णु माझीको गीत आएपछि बल्ल तीज आएको आभास दिने गरेको टिप्पणीसमेत गर्छन् । तीजमात्र नभएर उनका हरेक लोकदोहोरी गीत सफल छन् ।

सुन्दरमणि अधिकारीको रचना र सङ्गीत रहेको गीत ‘म त नराउरी...’ मा लैङ्गिक असमानताले निम्ताएको नारी बेदनालाई उठान गरिएको छ । गीतमा कुनै बेला नेपाली समाजमा व्याप्त छोरा र छोरीबीचको विभेदको मर्मस्पर्शी कथा छ । गीतले भन्छ– 

‘दाइ र भाइले पिपलगेडी खाको
मैले छाम्दा गोजी रित्तै भाको...’

गीतको म्युजिक भिडियोमा ललिता पौडेललगायत कलाकारको अभिनय रहेको छ । विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएकामा गायिका माझीको गीतले भने तीज गीतको मूल मर्मलाई पक्डेको छ । महिलाको संवेदना र मनोविज्ञान गीतमा मुखरित भएको छ । गीतमा मौलिकताको झझल्को छ ।

चर्चित गायक प्रकाश सपुतको रचना र सङ्गीतमा केही दिनअघि युट्युबमा सार्वजनिक तीज गीत ‘नाइँ भनेसी नाइँ...’लाई पनि हालसम्म झण्डै दश लाख पटक हेरिएको छ । गायिका समीक्षा अधिकारी र एलिना चौहानद्वारा स्वरबद्ध उक्त गीतमा पनि महिला अधिकार र सशक्तीकरणको मुद्दा उठाइएको छ । महिलामाथि हुने हिंसा र अत्याचारविरुद्ध सपुतले आफ्नो सृजनालाई केन्द्रित गरेका छन् । गायक सपुतले यसअघि ल्याएको तीज गीत ‘बदला बरिलै...’ र ‘कुरा बुझ्न पर्छ...’ ले पनि चर्चा पाएको थियो । 

गायक पशुपति शर्मा र टीका पुनले गाएको तीज गीत ‘लाइटै बालेर हेर मायाले...’ लाई पनि दर्शक÷स्रोताले साथ दिएका छन् । चार साताअघि ‘पशुपति शर्मा’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतलाई हालसम्म १२ लाखभन्दा बढीपटक हेरिएको छ । गायक शर्माकै शब्द र सङ्गीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा पनि शर्मा र कलाकार कुञ्जना घिमिरेको अभिनय रहेको छ । गीतमा मायाप्रेमको विषय छ । 

तीज पर्व नजिकिँदै जाँदा यसरी नै युट्युबबाट तीज गीत सार्वजनिक भइरहेका छन् । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ । तीजको याम सुरू भएपछि कलाकारले अरु विधाका गीतलाई थाँती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । तीज आउन अब दुई सातामात्र बाँकी छ । तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो ।

अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान्श्रीमती त कहीँ प्रेमीप्रेमिका बीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ । कतै महिला अधिकार र मुक्तिको आवाज मुखरित भइरहेको छभने कतै नारी बेदनाका स्वर गुञ्जिइरहेका छन् । मनछुने भाका, शब्द र सुरिलो गायकीले कतिपय तीज गीतलाई सरल र श्रुतिमय बनाएको छ । कतिपय गीत सृजनशीलता र मौलिकताको कसीमा औसत स्थानमा छन् । 

पर्व गीतको उपमा पाएको तीज गीतलाई कतिपय कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् । केही वर्षअघि तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले केही गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सृजना भएको थियो । गत वर्ष पनि दर्जन बढी तीज गीत विवादमा मुछिएका थिए । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपरेको थियो । 

वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्छन् । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उनको बुझाइ छ । पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको भन्दै गायिका कोइरालाले तीज गीतले विशेषगरी महिला अधिकार र मुक्तिको आवाज मुखरित गर्नुपर्ने धारणा राख्छन् ।

राम थापा/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा दियौँ ।...
टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

टनेलबाट उद्धार गरिएका संजय र कबिरले अस्पतालको शैय्याबाट सुनाए बाढी आउँदाको त्रासदीपूर्ण स्थिति

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठको टोलीले बुधबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर भेट्न दुबै जनाले बाढी आउनुअघि आफूले भोगेको घटना सुनाएका हुन् ।
देवीघाटमा एक्रो बृजको जडान सकियो

देवीघाटमा एक्रो बृजको जडान सकियो

फल्याक राख्ने काम पनि सकिएसँगै पुलको ९७ प्रतिशत काम सकिएको नेपाली सेनाका वृजिङ्ग   युनिटका  सेनानी  चिरञ्जीवी  चापागाईले जानकारी दिए ।
जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

जेन-जीसँग भएका सम्झौता कार्यान्वयन गर्न रास्वपा सांसद लामाको माग

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद डा‍.लामाले जेन–जी आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच २०८२ मङ्सिर २४ गते भएको सम्झौता स्मरण गराउँदै हुबहु कार्यान्वयन गर्न माग गरेका हुन् । ...