नेभिगेशन
समाज

‘उपसभाुमखले जति अन्तराष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईँहरु जति उफ्रेपनि त्यति माथि पुग्नुहुन्न’ : सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई हटाउन कांग्रेस एमाले सांसदले गरेको हस्ताक्षरको चर्को विरोध गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाको सांसद सन्तोष परियारले कांग्रेस र एमालेको कदमको चर्को विरोध गरेका हुन् । ‘एउटा जनाजाति महिला, रास्वपाले उहाँले अन्तराष्ट्रिय स्तरमा पाउनुभएको सम्मानको सम्मान गर्दै तपाईँहरुले ल्याएको लोकतन्त्रमा उपसभाुमख बनाइएको हो । उहाँले जति अन्तराष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईँहरु जति उफ्रेपनि त्यति माथि पुग्नुहुन्न भन्ने हाम्रो ठम्याई हो ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सांसद आफैँ सार्वभौम भएको भन्दै उनीहरुको विवकेलाई बन्दी बनाएर राजनीतिक स्वार्थ पुरा नगर्न आग्रह गरे । उनले भने, ‘सांसद आफैँ सार्वभौम हो । सांसदको विवेकलाई बन्दी नबनाउ । सांसदको विवकलाई हस्ताक्षरमा परिणत गरेर जुनबेला पायो त्यहीबेला राजनीतिक स्वार्थ पुर्ति गर्ने मुद्दा नबनाउ ।’ 

Ncell
Extreme Energy

उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको अरोप लगाए । तर जति नै निषेध गर्न खोजेपनि नयाँहरुलाई निषेध गर्न संभव नभएको दावी गरे ।  उनले यो देश र व्यवस्था हजारौँ भावी पुस्तालाई चाहिने भन्दै व्यवस्थामाथि यति ठूलो आक्रमण नगर्न पनि आग्र गरे । 

‘यो सम्मानित सदनको अबमूल्यन गर्ने, उपसभाुमख जस्तो पदलाई अबमूल्यन गर्ने र सधैँ लखेटिरहने नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुज्यूहरु क्रिपया गम्भीर भइदिनुस् । यो देश आउने पुस्तालाई चाहिन्छ । यो व्यवस्था नेपाली जनातालाई चाहिन्छ । आज तपाईहरुको निहित स्वार्थको लागि यो व्यवस्थामाथि यति ठूलो आक्रमण नगरिदिनुस् ।’  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

गत भदौ १० गतेको विनाशकारी बाढीपछि रसुवाको ल्हेन्खे खोलाको माथिल्लो जलाधार क्षेत्रमा दुई नयाँ हिमताल बनेका छन्।
सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो।
भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति,  बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा मात्रै...