नेभिगेशन
मुख्य समाचार

‘उपसभाुमखले जति अन्तराष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईँहरु जति उफ्रेपनि त्यति माथि पुग्नुहुन्न’ : सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखलाई हटाउन कांग्रेस एमाले सांसदले गरेको हस्ताक्षरको चर्को विरोध गरेको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाको सांसद सन्तोष परियारले कांग्रेस र एमालेको कदमको चर्को विरोध गरेका हुन् । ‘एउटा जनाजाति महिला, रास्वपाले उहाँले अन्तराष्ट्रिय स्तरमा पाउनुभएको सम्मानको सम्मान गर्दै तपाईँहरुले ल्याएको लोकतन्त्रमा उपसभाुमख बनाइएको हो । उहाँले जति अन्तराष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईँहरु जति उफ्रेपनि त्यति माथि पुग्नुहुन्न भन्ने हाम्रो ठम्याई हो ।’ 

उनले सांसद आफैँ सार्वभौम भएको भन्दै उनीहरुको विवकेलाई बन्दी बनाएर राजनीतिक स्वार्थ पुरा नगर्न आग्रह गरे । उनले भने, ‘सांसद आफैँ सार्वभौम हो । सांसदको विवेकलाई बन्दी नबनाउ । सांसदको विवकलाई हस्ताक्षरमा परिणत गरेर जुनबेला पायो त्यहीबेला राजनीतिक स्वार्थ पुर्ति गर्ने मुद्दा नबनाउ ।’ 

उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको अरोप लगाए । तर जति नै निषेध गर्न खोजेपनि नयाँहरुलाई निषेध गर्न संभव नभएको दावी गरे ।  उनले यो देश र व्यवस्था हजारौँ भावी पुस्तालाई चाहिने भन्दै व्यवस्थामाथि यति ठूलो आक्रमण नगर्न पनि आग्र गरे । 

‘यो सम्मानित सदनको अबमूल्यन गर्ने, उपसभाुमख जस्तो पदलाई अबमूल्यन गर्ने र सधैँ लखेटिरहने नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुज्यूहरु क्रिपया गम्भीर भइदिनुस् । यो देश आउने पुस्तालाई चाहिन्छ । यो व्यवस्था नेपाली जनातालाई चाहिन्छ । आज तपाईहरुको निहित स्वार्थको लागि यो व्यवस्थामाथि यति ठूलो आक्रमण नगरिदिनुस् ।’  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बढ्यो डिजेल र पेट्रोलको मूल्य

बढ्यो डिजेल र पेट्रोलको मूल्य

मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको...
युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छः प्रधानमन्त्री

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट...
मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

मासिँदै हात्तीको परम्परागत बसाइसराई बाटो (तस्विरहरु)

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरु बिच द्वन्द बढ्दो देखिन्छ । हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती...