नेभिगेशन
समाज

माग पुरा नभएको भन्दै शिक्षकहरुले फेरि घोषणा गरे आन्दोलन, यस्ता छन् पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफुहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

Extreme Energy

विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र गितका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । 

उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए । त्यस्तै भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने उनले बताए ।

अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने चेतावनी दिए । 

उनले अवको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुने बताए । सुवेदीले सरकारले आफुसँग गरेको सहमति कार्यान्वयनमा मात्रै महासंघको जोड रहेको धारणा राखे । उनले आफ्ना माग मुद्दाहरु समेटिने गरि संसदमा छलफल भएर विधेयक पारित हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो ।
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’