नेभिगेशन
समाज

माग पुरा नभएको भन्दै शिक्षकहरुले फेरि घोषणा गरे आन्दोलन, यस्ता छन् पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफुहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

Ncell
Extreme Energy

विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहेपनि शिक्षक कर्मचारीका मुख्य सरोकार र गितका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । 

उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए । त्यस्तै भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने उनले बताए ।

अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने चेतावनी दिए । 

उनले अवको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुने बताए । सुवेदीले सरकारले आफुसँग गरेको सहमति कार्यान्वयनमा मात्रै महासंघको जोड रहेको धारणा राखे । उनले आफ्ना माग मुद्दाहरु समेटिने गरि संसदमा छलफल भएर विधेयक पारित हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासि ठूलो–ठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याफ्रुबेँसीतर्फ के हेरेका थिए, उनको होसहवास नै...
गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

गृहमन्त्रीले भने– ती तीन–चार जना छन् नि...

आज जेनजी सहिद स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले अझै पनि केही दलका केही नेताले जेनजी आन्दोलनका बारेमा नकारात्मक टिप्पणी गरिरहेको भन्दै उनीहरुलाई सुध्रिन आग्रह...
कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

कांग्रेस अधिवेशनको नयाँ तालिका– असोज ३ र ४ गते वडा अधिवेशन, १० गते क्षेत्रीय अधिवेशन

नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार, असोज ३ र ४ गते देशैभरका वडाहरुमा अधिवेशन हुने छ ।