नेभिगेशन
सबै कुरा

जो बाइडेन र सी चिनफिङबीच भेटवार्ता : उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापना गर्ने सहमति

अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक)को शिखर सम्मेलनमा भाग लिन अमेरिका ‍पुगेका चिनिँया राष्ट्रपति सीले बुधबार क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा राष्ट्रपति बाइडेनसँग भेटवार्ता गरेका हुन्।

Ncell
Extreme Energy

भेटवार्ताका क्रममा उनीहरुबिच चीन र अमेरिका दुईपक्षीय उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क पुनर्स्थापनालगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमत भएको छ । 

त्यस्तै अमेरिकी राष्ट्रपति बाइडेनले दुई शक्तिशाली देशबीचको सम्बन्धमा भविष्यमा आउन सक्ने विवाद संवादमार्फत समाधान गर्न दुबैजना सकारात्मक रहेको समेत बताएका छन्।  

त्यस्तै भेटवार्ताका क्रममा रूस–युक्रेन युद्ध र इजरायल–हमास युद्धका बारेमा पनि दुई राष्ट्रपतिले छलफल गरेको बताइएको छ। 

न्युयोर्क टाइम्सका अनुसार छलफलमा राष्ट्रपति बाइडेनले अमेरिका इजरायलको पक्षमा रहेको बताएका छन् । 

त्यस्तै चिनिँया राष्ट्रपति सी अमेरिका जाँदा त्यहाँका राष्ट्रपति बाइडेनले भव्य स्वागत गरेका थिए। सीलाई अमेरिकामा स्वागत गर्न पाउँदा गौरव र खुसी लागेको बाइडेनले बताएका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।