नेभिगेशन
सबै कुरा

पार्टी र सांसदको मूल्याङ्कन गराउन खाली कागज बोकेर रास्वपाको घरदैलो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाका उम्मेदवारहरू आफ्ना कमजोरी र जनताको सुझाव सुन्न खाली कागज लिएर मतदाताको घरघर जाँदै छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा रास्वपा र आफ्ना सांसदलाई जनताबाटै समीक्षा गराउन लागेको हो ।

Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार निर्वाचनमा वाचा पत्र बोकेर पुगेका सांसद तथा उम्मेदवारहरू यो पटक भने निर्वाचनपछि जनताले पार्टी र सांसदलाई कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने बुझ्न खाली कागज लिएर घरघरमा पुग्न लागेका हुन् ।

रास्वपाका प्रत्यक्ष निर्वाचित ७ सांसद, समानुपातिकतर्फका १३ जना सहित उम्मेदवारले दिएको खाली कागजमा जनताले ३ वटा विषयमा लेख्न पाउने छन् ।

घरदैलोका लागि चितवन जाँदै गरेका सभापति लामिछानेले भने 'निर्वाचनमा वाचा पत्र बोकेर गएका थियौँ, यस पटक जनताले हामीलाई कसरी मूल्याङ्कन गरिरहेका छन्, हाम्रा कमजोरीहरू के के छन् र जनताका लागि हामीले के कुरालाई प्राथमिकता राख्नु पर्ने छ भन्ने जनताबाटै बुझ्न घरदैलो गर्दै छौ'।

सभापति लामिछानेका अनुसार जनताले पार्टी, नेता तथा सांसदको भूमिका र कार्यशैलीमा देखिएका कमीकमजोरी लेख्न पाउने छन् भने दोस्रोमा पार्टी र सांसदले खेल्नु पर्ने भूमिकालाई सुझावका रुपमा राख्नु पर्ने छ ।

यस्तै तेस्रोमा आफ्नो ठाउँमा पार्टी र सांसदले प्राथमिकता दिनु पर्ने ३ वटा विषय लेख्नु पर्ने छ । मंसिर २ देखि ४ गतेसम्म जनताले भरेको कागज सङ्कलन गर्न ५ गते देखि ७ गतेसम्म पुन पार्टीको नेताहरु पुग्ने छन् ।

जनताबाट प्राप्त कमजोरी, सुझाव र प्राथमिकतालाई समेटेर सांसद तथा उम्मेदवारहरूले रिपोर्ट तयार पार्ने छन् । उक्त रिपोर्टहरू माथि मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा हुने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।