नेभिगेशन
सबै कुरा

पार्टी र सांसदको मूल्याङ्कन गराउन खाली कागज बोकेर रास्वपाको घरदैलो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रतिनिधि सभाका उम्मेदवारहरू आफ्ना कमजोरी र जनताको सुझाव सुन्न खाली कागज लिएर मतदाताको घरघर जाँदै छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भएको सन्दर्भमा रास्वपा र आफ्ना सांसदलाई जनताबाटै समीक्षा गराउन लागेको हो ।

Ncell
Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार निर्वाचनमा वाचा पत्र बोकेर पुगेका सांसद तथा उम्मेदवारहरू यो पटक भने निर्वाचनपछि जनताले पार्टी र सांसदलाई कसरी मूल्याङ्कन गरिरहेका छन् भन्ने बुझ्न खाली कागज लिएर घरघरमा पुग्न लागेका हुन् ।

रास्वपाका प्रत्यक्ष निर्वाचित ७ सांसद, समानुपातिकतर्फका १३ जना सहित उम्मेदवारले दिएको खाली कागजमा जनताले ३ वटा विषयमा लेख्न पाउने छन् ।

घरदैलोका लागि चितवन जाँदै गरेका सभापति लामिछानेले भने 'निर्वाचनमा वाचा पत्र बोकेर गएका थियौँ, यस पटक जनताले हामीलाई कसरी मूल्याङ्कन गरिरहेका छन्, हाम्रा कमजोरीहरू के के छन् र जनताका लागि हामीले के कुरालाई प्राथमिकता राख्नु पर्ने छ भन्ने जनताबाटै बुझ्न घरदैलो गर्दै छौ'।

सभापति लामिछानेका अनुसार जनताले पार्टी, नेता तथा सांसदको भूमिका र कार्यशैलीमा देखिएका कमीकमजोरी लेख्न पाउने छन् भने दोस्रोमा पार्टी र सांसदले खेल्नु पर्ने भूमिकालाई सुझावका रुपमा राख्नु पर्ने छ ।

यस्तै तेस्रोमा आफ्नो ठाउँमा पार्टी र सांसदले प्राथमिकता दिनु पर्ने ३ वटा विषय लेख्नु पर्ने छ । मंसिर २ देखि ४ गतेसम्म जनताले भरेको कागज सङ्कलन गर्न ५ गते देखि ७ गतेसम्म पुन पार्टीको नेताहरु पुग्ने छन् ।

जनताबाट प्राप्त कमजोरी, सुझाव र प्राथमिकतालाई समेटेर सांसद तथा उम्मेदवारहरूले रिपोर्ट तयार पार्ने छन् । उक्त रिपोर्टहरू माथि मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा हुने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...

भर्खरै