नेभिगेशन
सबै कुरा

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा ९ रिट दायर : सोमबारका लागि तोकियो पेशी

टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध दर्ता भएका रिटका लागि पहिलो पेशी सोमबारका लागि तोकिएको छ । 

नेपाल सरकारले टिकटकले सामाजिक सद्भाव खल्बलाएको भन्दै टिकटक बन्द गराएको थियो । नेपाल सरकारको उक्त निर्णयउपर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत नाै जनाले सर्वोच्च अदालतमा रिट दायर गरेकाे सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले बताए । 

CG

तिहार सकिएर कार्यालय खुलेकै दिन आधा दर्जन बढी रिट परेपछि शनिबार सार्वजनिक बिदा, आइतबार छठ पर्व भएकाले उक्त रिटको पहिलो पेशी सोमबारका लागि तोकिएको हो । 

सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै सरकारले नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

रवि लामिछाने र छवि जोशीको मुद्दा हेर्न नमिल्नेमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सचापति रवि लामिछानेसँग सम्बन्धीत मुद्दाको सुनुवाई आज पनि नहुने भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आजका लागि तोकिएको पेशी हेर्न नमिल्नेमा परेको हो...
सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

सर्वोच्चले भन्योः दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु, थुन्नुको कारण पेश गर्नु

दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्‍याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।
एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

एकैदिन दुई अदालतमा पेशी चढेपछि रवि लामिछानेका कानुन व्यवसायीद्वारा बुटवलको पेशी स्थगित

लामिछानेसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलास र पाटन उच्च अदालतमा एकै दिन पेसी चढेको हो । बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै...
रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

रवि लामिछानेको निवेदनमा सर्वोच्चबाट प्रमाण मिसिल झिकाउने आदेश

उच्च अदालतका न्यायाधीशद्धय बाशुुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सर्वोच्च अदालतमा भएको मुुल मुद्दाको मिसिल प्रमाण झिकाउने आदेश भएको रविकातर्फबाट कानुनी पैरवी गरिरहेका अधिवत्ता डा. नारायणदत्त कंडेलले जानकारी...