नेभिगेशन
सबै कुरा

हमासका कब्जामा रहेका विपिनको रिहाइका लागि पहल गर्न बाबुआमाको परराष्ट्रमन्त्रीलाई आग्रह

त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले छोरालाइृ फिर्ता ल्याइदिन आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो”, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, “छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्‍यो ।” भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए । 

Ncell
Extreme Energy

भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिउ । “कूटनीतिक माध्यमबाट विपिनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ”, उनले भने । 

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए । गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।