नेभिगेशन
सबै कुरा

अखाद्य वस्तु बेच्नेलाई डेढ लाख जरिवाना

१० भदौ काठमाडौं । काठमाडौं महाागरपालिकाले अखाद्य वस्तु बेचेको भन्दै काठमाडौंको पुतलिसडकमा अवस्थित कालिञ्चोक ट्रडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरको उक्त संस्थाले ढुसी परेको कोकाकोला बेच्ने गरेके भेटेको थियो । महानगरले ७ दिनभित्र महानगरलाई जरिवाना बुझाउन निर्देशन दिएको छ । साथै अखाद्य वस्तु तुरुन्त फिर्ता लैजान, सिलबन्दी नभएको बोत्तल कम्पनीबाटै रिजेक्ट गर्न, वितरकबाट सामग्री लिंदा पूर्ण रुपमा जाँत गरेर मात्र लिन भनेको छ । 

Ncell
Extreme Energy


महानगरले बजार व्यवस्थापन अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ र ‘ड’ बमोजिम कारबाही गरिएको बताइएको छ । उक्त ऐनको  दफा १० ले अनुचित ब्यापारिक क्रियाकलाप रोक लगाएको छ भने दफा १९ ले मानव स्वास्थ्यलाई हानि गर्ने सडेको गलेको वा फोहरमैला वा विषादी मिश्रण गरिएको वस्तु विक्रि गर्न रोक लगाएको छ । त्यस्तै तोकिएको मापदण्ड पूरा नगरी ढुवानी, सञ्चय, भण्डारण र विक्रि वितरण  नहुने उल्लेख छ । 

यसो नभएमा दफा २९ ले कसूर मान्ने गरेको छ भने दफ ३० ले जरिवानाको व्यवस्था गरेको छ । सम्बन्धीत कसूर गरेको ठहरिएमा १० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।