नेभिगेशन
सबै कुरा

अखाद्य वस्तु बेच्नेलाई डेढ लाख जरिवाना

१० भदौ काठमाडौं । काठमाडौं महाागरपालिकाले अखाद्य वस्तु बेचेको भन्दै काठमाडौंको पुतलिसडकमा अवस्थित कालिञ्चोक ट्रडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरको उक्त संस्थाले ढुसी परेको कोकाकोला बेच्ने गरेके भेटेको थियो । महानगरले ७ दिनभित्र महानगरलाई जरिवाना बुझाउन निर्देशन दिएको छ । साथै अखाद्य वस्तु तुरुन्त फिर्ता लैजान, सिलबन्दी नभएको बोत्तल कम्पनीबाटै रिजेक्ट गर्न, वितरकबाट सामग्री लिंदा पूर्ण रुपमा जाँत गरेर मात्र लिन भनेको छ । 

Extreme Energy


महानगरले बजार व्यवस्थापन अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ र ‘ड’ बमोजिम कारबाही गरिएको बताइएको छ । उक्त ऐनको  दफा १० ले अनुचित ब्यापारिक क्रियाकलाप रोक लगाएको छ भने दफा १९ ले मानव स्वास्थ्यलाई हानि गर्ने सडेको गलेको वा फोहरमैला वा विषादी मिश्रण गरिएको वस्तु विक्रि गर्न रोक लगाएको छ । त्यस्तै तोकिएको मापदण्ड पूरा नगरी ढुवानी, सञ्चय, भण्डारण र विक्रि वितरण  नहुने उल्लेख छ । 

यसो नभएमा दफा २९ ले कसूर मान्ने गरेको छ भने दफ ३० ले जरिवानाको व्यवस्था गरेको छ । सम्बन्धीत कसूर गरेको ठहरिएमा १० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था ऐनले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।