नेभिगेशन
समाज

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

कैलाली । कैलालीको गोदावरी नगरपालिकाका निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले सडकमै वडा कार्यालय सञ्चालन गरेको गोदावरी नगरपालिका प्रमुख वीरेन्द्रप्रसाद भट्टले बताए । 

Ncell
Extreme Energy

वडाध्यक्षहरूले एडभेन्चर थिगिम जेभी र तेडी निर्माण सेवाले सडक निर्माणमा चरम लापरबाही गरेकाले सांकेतिक विरोधस्वरुप वडा कार्यालय सडकबाट सञ्चालन गरेको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताए । उनले दुई दिनभित्र सुनुवाई नभए अत्तरिया चौराहामा विरोधका कार्यक्रम गरिने चेतावनी दिएका छन् । आन्दोलनमा स्थानीयले पनि साथ दिएका छन् । वडाध्यक्षहरूले सुरु गरेको विरोध कार्यक्रमस्थलमा प्रदेशसभा सदस्य तुलसी देवकोट, गोदावरी नगरपालिकाका नगरप्रमुख भट्ट सहभागिता जनाएका थिए ।

प्रदेश गौरवको आयोजना चौकीडाँडा–फल्टुडे सडक अन्तरगत सेतो पुल देखि वडा नम्बर १० को कार्यालय सम्म दुई हजार २०० सय मिटर सडक २०७७ भदौ १८ गते सो कम्पनीलाई ठेक्कामा दिइएको थियो । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने हो । तर हाल सम्म पनि सो सडक निर्माण गरिएको छैन ।

त्यस्तै, वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेखालसम्म तीन किलोमिटर कालोपत्र गर्न २०७९ चैत १८ गते तेडी निर्माण सेवासँग सम्झौता गरिएको थियो । तर उक्त सडक निर्माणको सम्झौता अनुसार १८ महिनामा सक्नुपर्ने काम अझै पूरा भएका छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

भोटेकोशी भेलबाढीपछि ल्हेन्दे खोलाको माथिल्लो जलाधारमा बने दुई नयाँ हिमताल

गत भदौ १० गतेको विनाशकारी बाढीपछि रसुवाको ल्हेन्खे खोलाको माथिल्लो जलाधार क्षेत्रमा दुई नयाँ हिमताल बनेका छन्।
सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

सुन तोलामा १२०० रुपैयाँ बढ्यो, चाँदीको मूल्य पनि उकालो

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको हो।
भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति,  बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा शैक्षिक सम्पत्तिमा मात्रै...