नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँले प्रदर्शन गरेर काठमाडौँ फोहोर गर्नेमात्र हो : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले मंसिर ७ मा शक्ति प्रदर्शन गरेर काठमाडौँ फोहोर मात्र हुने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै उनले दुर्गा प्रसाईँलाई इंगित गर्दै प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको र उक्त प्रदर्शनले काठमाडौँ फोहोर हुने  बाहेक केही नहुने बताए । 

Ncell
Extreme Energy

उनले भने, ‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’। 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन्। राष्ट्रपति बनेको एक वर्षको अवधि नपुग्दै राष्ट्रपति पौडेलले कांग्रेस भएर तनहुँ पुगेर अलोकतान्त्रिकता र पक्षपातपूर्ण व्यवहार देखाएको  उनले बताए । 

‘राष्ट्रपतिज्यूले तनहुँ गएर घन्टीको यत्रो बिगबिगि भएको बेलामा कांग्रेसलाई भोट दिएकोमा मतदातालाई धन्यवाद भन्नुभयो।’, उनले भने, ‘रुखमा भोट हालेकोमा धन्यवाद दिनुभयो। कति निष्पक्ष राष्ट्रपति होला? उहाँको निष्पक्षताको कुरा त गर्दै नगरौं। थुप्रै कुराहरू आइसकेका छन्’।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...