नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईँले प्रदर्शन गरेर काठमाडौँ फोहोर गर्नेमात्र हो : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले मंसिर ७ मा शक्ति प्रदर्शन गरेर काठमाडौँ फोहोर मात्र हुने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसंगठन पदाधिकारीहरूको विशेष भेलालाई सम्बोधन गर्दै उनले दुर्गा प्रसाईँलाई इंगित गर्दै प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको र उक्त प्रदर्शनले काठमाडौँ फोहोर हुने  बाहेक केही नहुने बताए । 

Ncell
Extreme Energy

उनले भने, ‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’। 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन्। राष्ट्रपति बनेको एक वर्षको अवधि नपुग्दै राष्ट्रपति पौडेलले कांग्रेस भएर तनहुँ पुगेर अलोकतान्त्रिकता र पक्षपातपूर्ण व्यवहार देखाएको  उनले बताए । 

‘राष्ट्रपतिज्यूले तनहुँ गएर घन्टीको यत्रो बिगबिगि भएको बेलामा कांग्रेसलाई भोट दिएकोमा मतदातालाई धन्यवाद भन्नुभयो।’, उनले भने, ‘रुखमा भोट हालेकोमा धन्यवाद दिनुभयो। कति निष्पक्ष राष्ट्रपति होला? उहाँको निष्पक्षताको कुरा त गर्दै नगरौं। थुप्रै कुराहरू आइसकेका छन्’।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।

भर्खरै